नेपाली गीत, संगीत, सस्कृति र सबै सर्जक अटने गरि बमबहादुर कार्कीको अध्यक्षतामा जन्म्यो-सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’

-


     जनहित न्युज    
     असार ३ गते २०८०


नेपाली गीत, संगीत, सस्कृति र त्यससंग सम्बद्ध सबै सर्जकहरू अटाउने बृहत् खालको संस्थाको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’ नामक संस्था दर्ता भएको छ।
लामो छलफलपछि अग्रज र अनुजसहितका सर्जक स्रष्टाहरूको साझा फोरमको रूपमा नेपाली गीत संगीतका क्षेत्रमा विशिष्ट कार्य गर्नका लागि वरिष्ठ लोकगायक बमबहादुर कार्कीको अध्यक्षतामा नयाँ संस्थाको स्थापना गरिएको परिषद्का उपाध्यक्ष समेत रहेका लोक स्रष्टा विष्णु खत्रीले जानकारी दिए ।
प्रशासन कार्यालयमा दर्ता गरिएको गरिएको परिषद्मा नौ सदस्यीय तदर्थ समिति रहेको छ । जसको उपाध्यक्षमा विष्णु खत्री, महासचिवमा वैकुण्ठ महत, सचिवमा राजु परियार, कोषाध्यक्षमा टीका पुन, सदस्यहरुमा खड्ग गर्बुजा, शिव आले र केशरी घर्ती छन् । यो तदर्थ समितिको बैठकले भदौभित्र अधिवेशन बोलाउने भएको छ ।

उपाध्यक्ष खत्रीले संस्था दर्ता प्रक्रिया समाप्त भएको बताए । ‘दर्ता प्रक्रिया सिद्धियो । अब हामी लोकदोहोरीका सबै विधालाई समेटेर वृहत रुपमा अघि बढ्ने तयारीमा छौं,’ खत्रीले भने, ‘विदेश र काठमाडौं तथा ७७ जिल्लामै शाखा स्थापना हुनेछ । हामी यसका लागि विचार विमर्श गरिरहेका छौं ।’

यसअघि प्रतिष्ठानको पूर्वमहासचिव समेत रहेका गायक खत्रीले संस्थामा नरहेको घोषणा गरेका थिए । उक्त घोषणासँगै उनले आफू नयाँ ढंगले अघि बढ्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?