कला / साहित्य

नेपालबाट जापान आउनुअघि लजालु सृष्टि “वाशोई, वाशोई” भन्दै “तेन्जिनसाई जोसेई ओमिकोशी” को “गल मिकोशी” मा ६० किलोको पोलमा झुण्डिएको झोला उठाउन सक्ने भइन

नेपालको बागलुङ जिल्लाको गलकोट रिश्मीबाट जापान आउनुअघि नै सृष्टि सापकोटा लजालु र कसैसंग कुराकानी नगर्ने स्वभावकी थिइन । त्यसैले १८६ जना आवेदकहरूबाट सबै महिला "गल मिकोशी" पोर्टेबल श्राइन परेडका लागि ८० सहभागीहरूको चयन प्रक्रियामा २३ वर्षीया किशोरीलाई आफ्नो परिचय दिन समेत गाह्रो भयो।अन्य प्रतिस्प्रधीले खुसीसाथ आफ्नो बारेमा अभिव्यक्ति राख्दा सापकोटाले किन उक्त परेडमा सम्मिलित हुन चाहन्थे भनेर मात्र पनि बताउन सकिनन् ।"म चिन्तित थिएँ, धेरै नर्भस भएकोले बोल्ने शब्दहरू फेला पार्न समेत सकिन," बिगतको स्मरण गर्दै उनले जुलाई ८ को… पुरा पढौ

विपिन केसीको प्रस्तुतिमा ‘केही हुँदैन मेरो राजालाई…’ गीत सार्वजनिक

सर्जक तथा गायक विपिन केसीको प्रस्तुति रहेको गीत ‘केही हुँदैन मेरो राजालाई…’ सार्वजनिक भएको छ । विपिनको गीतलाई चर्चित गायिका इलिना चौहान र जया देवकोटाले स्वर दिएका छन् । गीत विपिन केसी युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीत माया गर्ने जोडीको पीडालाई समेटेर तयार पारिएको छ । जीवन सँगै जिउने सपना बुनेर बिहे गरेको प्रेमील जोडीको दुर्घटनाले लुटिएको खुसीलाई शब्दमार्फत बोलिएको गीत निकै मार्मिक बनेको छ । एकअर्काप्रतिको माया तथा ‘केयर’ले सुन्दर बनिरहेको जीवनमा प्रेमी दुर्घटनामा पार्दा सबै सकिएको… पुरा पढौ

जापानको तीन सहरमा नेपथ्य गुन्जिदै, कन्सर्टमा हाउसफुल हुने गरि टिकट बिक्री भएको आयोजकको भनाई

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको लोकरक ब्याण्ड नेपथ्यले जापानको तीन सहरमा लोकरक गुञ्जाउने छ ।राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चहरुमा आफुलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोली यसै अगस्त महिनाको पहिलो साता जापान आउन लागेको भिजोनिया कम्पनीका निर्देशक सुभाष लामिछानेले जानकारी दिए ।“नेपथ्यले टोकियो स्थित ‘तोयोसु पिट’मा अगस्त ८ तारिखका दिन आफुलाई प्रस्तुत गर्नेछ ।” लामिछानेले भने-“ब्याण्डले अगस्त १२ तारिखका दिन ‘फुकुओका सिभिल हल’ र अन्तिममा अगस्त १७ तारिखका दिन ओसाकास्थित ‘नाम्बा ह्याच’मा… पुरा पढौ

पोखरामा अन्तरदोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिता

पोखरामा अन्तरदोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिता हुने भएको छ । विन्दवासिनी दोहोरी साँझ प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । बुधबार पत्रकार सम्मेलन गरी आयोजक संस्थाले दोहोरी पुन संचालनमा आउन लागेको जानकारी गराएको छ । असार २२ देखि २६ गतेसम्म हुने प्रतियोगितामा पोखराका दोहोरी साँझमा गाउने लोकदोहोरी गायकगायिकाबीच प्रतिस्पर्धा हुनेछ । विन्दवासिनी दोहोरी साँझ पुन संचालनमा आएको विषयलाई जानकारी दिने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संचालक विरेन्द्र केसीले बताए । उनका अनुसार दोहोरी साँझ नयाँ व्यवस्थापनका साथ संचालनमा आएको हो… पुरा पढौ

एलिभेटर !

अफिस टाईमको ट्राफिक छल्न छिटो निस्कन्छु घरबाट। पार्किङ्ग लटको तेस्रो तलामा गाडी पार्क गरेर हतार हतार गर्दै अफिस भवन भित्र छिर्छु र एलिभेटर भएनेर पुग्छु। त्यहाँ एकजना अलि ठूलो जिउ भएको मान्छे एलिभेटरको बटन भए नजिकै उभिएको थियो। बटन थिच्न हात बढाउँदै गर्दा उसले रोक्दै भन्छ - "मैले थिचिसकें।""ए, हो!" भन्दै म पछि हट्छु र एकछिन पर्खन्छु।एलिभेटर आउँदैन।बटन थिचेपछी त्यसमा बत्ती बल्नु पर्ने, त्यो बलेको थिएन।"अनि बत्ती बलेको छैन त?" भन्दै म फेरि बटन थिच्ने प्रयास गर्न खोज्दै भन्छु।"ए, त्यो… पुरा पढौ

जापानमा रहेका नेपालीलाई सकारात्कम ऊर्जा प्रदान गर्न “कविताको लय र जीवनका रङ्गहरु” कार्यक्रम हुँदै

जापानमा नेपाली समुदायमा बढिरहेको नैराश्य तथा यसले निम्त्याइरहेको दूर्घटना न्यूनीकरणका लागि कविता र जीवन दर्शन तथा प्रेरणादायी कथाहरुको कार्यक्रम "कविताको लय र जीवनका रङ्गहरु” कार्यक्रम गरिने भएको छ ।अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टर र एनआरएनए जापानको संयुक्त आयोजनामा २१० औ भानु जयन्तीको अवसर पारेर जुलाई ९ तारिखमा हुन लागेको विशेष कार्यक्रममा सकारात्मकता तथा प्रेरणादायी कथाका वक्ता सुधन ज्ञवालीसहित कविहरू आनन्द अधिकारी, सविना रेग्मी र सुरज हुक्पा चोङवाङ लगायतका स्रष्टाहरूको उपस्थितिमा कार्यक्रम गर्न लागिएको अनेसास जापानका अध्यक्ष रबिन शर्माले जानकारी… पुरा पढौ

टोकियोमा नेपथ्य व्याण्डको लाईभ कन्सर्ट तयारी तिब्र

टोकियो । जापानका नेपाली माझ यस बर्षकै बहुप्रतिक्षित सांगितिक कार्यक्रमको रुपमा हेरिएको नेपथ्य व्याण्डको लाईभ कन्सर्ट आयोजनाको तयारी आयोजकले तिब्र पारेको छ । डिसिइप्रोजेक्ट मार्फत अनलाइनमा मात्र टिकट विक्रि गरिरहेको आयोजक भिजोनिया कम्पनीले अनलाईन प्रयोग गर्न असमर्थ धेरै व्यक्तिबाट टिकटनै खरिद गर्न मिल्ने व्यवस्थाको माग भएपछि टोकियोमा दुई स्थानमा टिकट विक्रि थालनी गरेको जनाएको छ । हाल टोकियोको लोकल सिबुया र काठमाडौं लाउञ्ज बार नेवा डाइनिगं ओकुबोमा टिकट उपलब्ध गराइएको कन्सर्ट आयोजक कम्पनी भिजोनियाका प्रमुख सुभास लामिछानेले जानकारी दिनुभयो ।दुवै… पुरा पढौ

सांगीतिक सफलताको बाटोमा लम्किदै सीता परियार

लोक तथा दोहोरी गायिका सीता परियारले स्टार म्युजिक एन्ड फिल्म अवार्ड २०८० मा सर्बोत्कृष्ठ लोकदोहोरी गायिकाको अवार्ड प्राप्त गरेकी छन ।‘बलेवामा घर छ’ नामक पन्चेबाजा गीतमार्फत सांगीतिक आकाशमा चम्किएकी सीतालाई यहि गीतले नै अवार्ड जिताएको हो । सरगम घतानको शब्द रबि कार्कीको लयमा सृजना भएको उक्त गीतमा सीता परियार रबि कार्की र सुनिल बिसीको स्वर रहेको छ ।बिर्सु मिडिया प्रा.लि . द्वारा २०८० असार २ गते चलचित्र बिकास बोर्ड चाबाहिलको सभाकक्षमा आयोजित एक समारोह बिच उक्त अवार्ड बितरण गरिएको थियो… पुरा पढौ

नेपाली गीत, संगीत, सस्कृति र सबै सर्जक अटने गरि बमबहादुर कार्कीको अध्यक्षतामा जन्म्यो-सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’

नेपाली गीत, संगीत, सस्कृति र त्यससंग सम्बद्ध सबै सर्जकहरू अटाउने बृहत् खालको संस्थाको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’ नामक संस्था दर्ता भएको छ।लामो छलफलपछि अग्रज र अनुजसहितका सर्जक स्रष्टाहरूको साझा फोरमको रूपमा नेपाली गीत संगीतका क्षेत्रमा विशिष्ट कार्य गर्नका लागि वरिष्ठ लोकगायक बमबहादुर कार्कीको अध्यक्षतामा नयाँ संस्थाको स्थापना गरिएको परिषद्का उपाध्यक्ष समेत रहेका लोक स्रष्टा विष्णु खत्रीले जानकारी दिए ।प्रशासन कार्यालयमा दर्ता गरिएको गरिएको परिषद्मा नौ सदस्यीय तदर्थ समिति रहेको छ । जसको उपाध्यक्षमा… पुरा पढौ

जब मुराकामीको कार हामागुचीले हाँके

अघिल्लो हप्ता सन् २०२२ को कान्स विजेता ‘द एइट माउन्टेन्स’ माथि लेखिरहँदा सन् २०२१ को ओस्कारमा उत्कृष्ट विदेशी चलचित्र र २०२१ कै कान्समा उत्कृष्ट पटकथा जित्न सफल जापानी फिल्म ‘ड्राइभ माइ कार’ लाई पृष्ठभूमिमा सम्झिरहेकी थिएँ। अघि पनि दुईपटक हेरिसकेको फिल्ममाथि लेख्ने आँट भने आइरहेको थिएन। जापानी फिल्म निर्देशक युसुके हामागुचीले जापानी लेखक/साहित्यकार हारुकी मुराकामी लिखित कथामाथि बनाएको यो फिल्म दर्शक मात्र होइन समीक्षक समेतलाई उत्तिकै मोहनी लगाउन सफल मानिएका थोरै फिल्ममध्येको एक गनिन्छ। मुराकामीका कथा यसै जादुयी त्यसमाथि पनि… पुरा पढौ