सांगीतिक सफलताको बाटोमा लम्किदै सीता परियार

-


     जनहित न्युज    
     असार ३ गते २०८०


लोक तथा दोहोरी गायिका सीता परियारले स्टार म्युजिक एन्ड फिल्म अवार्ड २०८० मा सर्बोत्कृष्ठ लोकदोहोरी गायिकाको अवार्ड प्राप्त गरेकी छन ।
‘बलेवामा घर छ’ नामक पन्चेबाजा गीतमार्फत सांगीतिक आकाशमा चम्किएकी सीतालाई यहि गीतले नै अवार्ड जिताएको हो । सरगम घतानको शब्द रबि कार्कीको लयमा सृजना भएको उक्त गीतमा सीता परियार रबि कार्की र सुनिल बिसीको स्वर रहेको छ ।
बिर्सु मिडिया प्रा.लि . द्वारा २०८० असार २ गते चलचित्र बिकास बोर्ड चाबाहिलको सभाकक्षमा आयोजित एक समारोह बिच उक्त अवार्ड बितरण गरिएको थियो ।८० भन्दा बढी बिधामा बितरण गरिएको सो कार्यक्रममा परियारसंगै नेपालका चर्चित कलाकारहरुले फरक फरक बिधामा अवार्ड प्राप्त गरेका थिए ।

नेपाली गीत संगीतको ब्यापार डिजिटल प्लेटफर्म संगै विश्व बजारमा पुगेको पछिल्लो परिवेशमा नेपाली सगीतले पनि राम्रो ब्यपार गरिरहेको छ । अहिलेको सांगीतिक बजारमा प्रत्यक्ष नेपाली लोक दोहोरीले आम दर्शकहरुको मन जितिरहेको पाइएको छ । यही माध्यामबाट धेरै लोकदोहोरी गायक गायिकाहरु उत्पादन भइरहेका छ्न भनें कति स्थापित भएर यही पेशालाई जीवन यापनको माध्यम बनाएर व्यावसायिक रूपमा लागिपरेका छन ।
प्रत्यक्ष लोक दोहोरी गायन हेर्दा र सुन्दा रमाइलो र सजिलो जस्तो देखिए पनि यो एक अदभुत क्षमता हो ।शब्द ,संगीत र स्वरलाई तत्कालका तत्काल छोटों समयमा आम दर्शक श्रोताहरुको मन जित्ने गरि सवाल जवाफ गर्नुलाई असामान्य ज्ञान सीप र क्षमताको समिश्रण भन्न सकिने देखिन्छ ।

यही क्षेत्रको दोहोरी गायिका सीता बिगत १६ बर्षदेखि यहि क्षेत्रमा क्रियाशील रहेकी छन । विस २०६८- ०६९ तिर नेपालका विभिन्न दोहोरी प्रतियोगीतामा बिजयी प्राप्त गरेकी उनले २०७० मा काठमाडौंमा सम्पन्न राष्ट्रिय हाइलाइटस नेपाल लोकदोहोरी अवार्डमा प्रातियोगी दोहोरी गायिका बिधामा सर्बोत्कृष्ठ गायिकाको अवार्ड हात पार्न सफल भएकी भाएकी थिईन ।
केहि वर्षको विश्रामसंगै उनले आफ्नो स्वरमा दर्जनौं लोक दोहोरी गीतहरू बजारमा ल्याएकी छन ।परिवारिक ब्यबस्थापन र सांगीतिक जीवनलाइ संग संगै हिडाएकी परियारले ठीक १० बर्ष पछि फेरि उही लोकप्रियता फर्काउन सफल भएसंगै उक्त अवार्ड हात पारेकी हुन।
२०७९ सालमा पोखरा सभागृहमा सम्पन्न कल्याण शेरचरन स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपालकै ठूलो राशी भएको राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा उत्कृष्ट दोहोरी गायिका बन्न सफल सीता शलिन र अनुशासित गायिकाको छवि समेत बनाउन सफल रहेकी छन ।
सुमधुर स्वरकी धनि सीता निरन्तर प्रत्यक्ष दोहोरी गायनमा ब्यस्त छिन् ।बागलुङको गल्कोटमा जन्मेर परिवार सहित पोखरा बस्दै आएकी उनको ब्यस्तता काठमाडौंमा समेत बढिरहेको छ । दिनमा ६/७ओटा सम्म एपिसोर्ड दोहोरी छायांकन गर्न सक्ने परियारको प्रखर क्षमताका कारण व्यावसायिक रुपमा दोहोरी संचालन गरिरहेका चर्चित कम्पनीहरुले उनको स्वर र शब्दमा धमाधम प्रत्यक्ष दोहोरी रेकर्ड गराउदै आएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?