स्पेनको बेनीड्रममा प्रमोद साँझ

-


     घनश्याम गौतम    
     असाेज ३ गते २०८०


मंगलबार मध्यरातमा स्पेनको होटल मारिनामा निकै रम्मझम्म थियो । मारिनाको एउटा हलबाट निस्केको आवाज बाहिरसम्म निकै मज्जाले सुनिन्थो ।

एक भब्य कोठाभित्र नेपाली सुगम संगितका नक्षत्र, बहुचर्चित गायक प्रमोद खरेलले निकै सुमधुर आवाजमा गीत गाइरहनु भयको मात्रै थियन् हलमा रहेका सबै दर्शकलाई झुमाईरहनुभएको थियो । गायक खरेलको संगितमा रमाउने प्रवासी नेपालीले सबै दुख भुलेर आफ्नै देशको कुनै महोत्सव भन्दा कमी महसुष गरेनन् ।

प्रमोद खरेल साँझमा खरेलको प्रस्तुतीले दिनभरिको कामको थकान तथा दुख सबै भुलाएको थियो । नेपाली समाज एसोसिएसन र एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्कको सयुक्त आयोजनामा स्पेनको बेनीड्रममा प्रमोद खरेल साँझ सम्पन्न भएको हो ।

युरोपको एक प्रख्यात तथा पर्यटकीय सहरको रुपमा रहेको बेनिड्रममा आयोजित प्रमोद खरेल साँझमा गायक खरेलले माया गर्ने मुटुले हो निधारले होईन, म विना कसै कसैलाई मुस्कील छ पोखरामा, चाहिदैंन तिमी बिनाको, हगांमा भो कसम हँगामा भो, रातो टिका निधारमा टलक्क टल्कीयो, ओई झुमा–झुमा झुम्कावाली, घटघट गँगा जमुना, यो कुरा गोप्य राखौंला लगाएतका दर्जनौं गीतहरु गाउनुभएको थियो ।

गायक खरेल संग रमाएका प्रवासी नेपाली दर्शकलाई लोक गायक रबिन लामिछानेले पनी रङ्ग भर्नु भएको थियो । केही तीजका भाका त केही लोकगीत र पञ्चेवाजाका गीतहरु प्रस्तुत गर्नुभएका लामिछानेले सबैलाई नचाउन सफल हुनुभयो ।

लामिछानेले हातमा घडि छ, पानपाते ठुली, मेरो माया बसेको ठाँउमा बत्ति बाल्न पदैंन त्यो ठाँउमा, सिरफुल सिरको लगाएतका गीतहरु गाउनुभयो ।

नेपाली भाषा, कला, संस्कृतिलाई संरक्षण तथा प्रबर्द्धनका निम्ती नेपाली चाडपर्वको अवसरमा सँस्थाले सास्कृतिक कार्यक्रम संचालन गर्ने गरेको नेपाल समाज एसोसिएसनका अध्यक्ष नवराज दवाडीले जानकारी दिनुभयो । ‘प्रवासमा रहेर पनी आफ्नो नेपालीत्वको भावना जागृत गर्नु हामी सबैको जिम्मेवारी हो भन्ने लाग्छ’, दवाडीले भन्नुभयो, चाडवाडमा आफ्नो संस्कृतिमा रमाईलो कार्यक्रम गर्दा एक आपसमा भेटघाट हुन्छ, यो आत्मीयताले ब्यस्तताको बिचमा सुख–दुख आदानप्रदान हुने गर्दछ ।

त्यस्तै एनआरएनए क्षेत्रीय समिती कोष्टाब्लाङ्काका अध्यक्ष सुरेश बज्राचार्यले स्पेनवासी नेपालीलाई कार्यक्रममा स्वागत गदैं मौलीकताको संरक्षण, प्रवासी नेपालीका समस्या, सुख दुखको साझेदार बन्ने पर्यत्न नेपाली समाजले गरिरहेको बताउनुभएको थियो ।
एनआरएनए स्पेनका केन्द्रीय उपाध्यक्ष तथा समाजका वरिष्ट सल्लाहकार सुरेन्द्र भुजेल थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रम नेपाली समाज एसोसिएसनका अध्यक्ष नवराज दवाडि र एनआरएनए क्षेत्रीय समिती कोष्टाब्लाङ्काका अध्यक्ष सुरेश बज्राचार्यको सयुक्त अध्यक्षतामा संचालित कार्यक्रमको संचालन एनआरएनए स्पेनका क्षेत्रीय सचिव सन्तोष अर्यालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?