कला / साहित्य

तनहुँ जिल्ला अदालतबाट पाए पल शाहले सफाइ

नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै अभिनेता शाहलाई सफाइ दिएको हो । शाहविरुद्धको सुनुवाइमा अदालतले अभियोग दाबी नपुग्ने फैसला सुनाएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । “तनहुँ जिल्ला अदालतमा दर्ता भएको शाहविरुद्धको मुद्दामा अदालतले सफाइ दिने फैसला सुनाएको छ”, उहाँले भन्नुभयो, “फैसलाउपर चित्त नबुझे पीडित पक्षलाई पुनरावेदन जाने छुट छ ।” अभिनेता… पुरा पढौ

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ…

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा? गायिका नीरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै। ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो। कस्तो दुर्भाग्य! प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा नीराले जवाफ फर्काएकी थिइन्– ‘हे...सब मरिन्छ, त्यही अन्तिम वर्षमाबाँचुञ्जेली बाँचम् न हर्षमा...’ जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै नीरा आज आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफू भने भौतिक संसारबाट अलप भएकी छन्। २२ वर्षको अल्पायुमै उनको इहलीला सकिएको हो।  पोखराको सेतीखोँचमा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँगै नीराको मखमली आवाज पनि… पुरा पढौ

जापानको सांगीतिक कार्यक्रममा प्रकाशले गाउदा परदेशी नेपाली दर्शकको भक्कानो छुट्यो, इश्वरले सबैलाई नचाए

एकातिर गीत र अर्कातिर गीतमार्फत सन्देशप्रद विचार राखेर गलकोट समाज जापानद्वारा आयोजना गरिएको सांगीतिक धमाका-२०२३ मा कलाकार प्रकाश सपुतले दर्शकको मन जितिरहे । राजनीतिज्ञ र प्रशासकलाई देशको वर्तमान अवस्थाका कारण लाखौ नेपाली जनशक्ति विदेशिन वाध्य हुनुपरेको बारेमा चोटिलो प्रहार गर्दै त्यस तर्फ विशेष ध्यान पुर्याउन आग्रह गर्दै भने- मेरो पनि हैन र यो देश मेरो पनि हैन र ……..प्रकाशले कोही पनि नेपाली रोजरोटीका लागि विदेश जान नपरोस् भनेर गीत संगीतमार्फत अनुनय गरे। विदेशमा जतिसुकै सुविधायुक्त वातावरण रहेपनि पनि हरेक नेपालीलाई… पुरा पढौ

वर्षकै सर्वाधिक सफल चलचित्र महापुरुष जापानमा प्रदर्शन हुने

टोकियो, जापान । यस बर्षकै सर्वाधिक सफल चलचित्रको रुपमा नेपाली चलचित्र उद्योगमा किर्तिमान बनाउन सफल महापुरुष चलचित्र जापानमा प्रदर्शन हुने भएको छ । नेपाली हांस्य कलाकारिताका सर्वाधिक लोकप्रिय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायत कलाकारहरुको अभियन रहेको चलचित्र राजधानी टोकियोको नाकानो जेरो हलमा जनवरी ७ तारिख शनिवार प्रदर्शन हुने भएको हो । चलचित्रलाई पर्वत समाज जापानले प्रदर्शन गर्न लागेको अध्यक्ष सुभास लामिछानेले जानकारी दिनुभयो ।चलचित्र नाकानो जेरोहलमा जनवरी ७ तारिख शनिवार दिउँसो ३ र साँझ ६ बजे गरेर दुई… पुरा पढौ

लाइभ दोहोरीमा ‘फोहोरी’ : बालकलाकारको बढ्दो प्रयोगबारे के भन्छन् सरोकारवाला?

हे जानु है बेलुकी पानी पिएर घुम्न जाउँ तलतिर दश लाख लिएर बालगायिका कमला घिमिरेले टुक्का सुनेर सबै हाँस्छन्। कमला पनि खित्का छाडेर हाँस्छिन्। एकछिन रोकिन्छिन् अनि सँगै दोहोरी गाउनेहरुले लय तान्दै गीत अघि बढाउँछन्। त्यसपछि गीत गाउने पालो आउँछ - सुमन परियारको। उनले कमलाको गीतको जवाफ दिँदै भन्छन: नानीको कुराले सातो गयो नि दश लाखको माया त मंहगो भयो नि यतिमै मात्र सीमित हुँदैन उनीहरुका दोहोरी। यस्तै हो छोडिदेऊ अब संसार चल्न त परिगो कोही - कोही अनुसार फेरि… पुरा पढौ

मञ्जुलको कामी, मन्जुको साकुराको देशबाट र पारखीको मनको मन्दिर कर्मभूमि नया वर्षसंगै विमोचन हुने

नयाँ वर्ष २०२३ को अवसर पारेर अनेसास जापानले एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ । जनवरी ३ तारिक टोकियोको सिनओकुबोमा शुभारम्भ साहित्य कार्यक्रम सम्पन्न गर्न अनेसास जापान आवश्यक तायरी थालेको छ। सो कार्यक्रममा जापानलाई कर्मथलो बनाएर साहित्य सिर्जना गरिरहेका मञ्जुल मितेरीको कविता संग्रह ‘कामी’, के बी पारखीको मुक्तक संग्रह ‘मनको मन्दिर’ र मञ्जु गिरीको कविता संग्रह ‘साकुराको देशबाट’ को कर्मभूमि विमोचन समेत गरिने भएको हो । कार्यक्रममा जापानमा बसेर मुक्तक सिर्जना गरिरहेका मुक्तककारहरूको विशेष मुक्तक वाचन ‘मुक्तक मञ्जरी… पुरा पढौ

जर्मनीकी जस्मिनलाई मिस इन्टरनेसनलको उपाधि , नेपालकी न्यान्सी अन्तिम १५ मै परिनन्

मिस इन्टरनेसनल २०२२' को उपाधि जस्मिन सेलबर्गले जितेकी छिन्। मंगलबार जापानको टोकियोमा आयोजित फिनालेमा जर्मनकी २२ वर्षीया सेलबर्गले ताज पहिरिएकी हुन्। त्यसैगरि, काबो भर्डेकी स्टेफनी अमाडो फस्ट रनरअप, पेरुकी ट्याटियाना काल्मेल, कोलम्बियाकी नतालिया लोपेज कार्डोना थर्ड र डोमिनिकन रिपब्लिककी सेलिनी सान्तोस फोर्थ रनरअफ भए। मिस इन्टरनेसनलको ६० औं संस्करणको प्रतिस्पर्धामा विश्वका ६६ सुन्दरीले सहभागिता जनाएका थिए। यसपटकको पेजेन्टको नारा दिगो ‘विकासका लागि सौन्दर्य’ राखिएको थियो। जस्मिन विजेता बनेसँगै मिस इन्टरनेसनलले तीन वर्षपछि नयाँ सुन्दरी पाएको हो। सन् २०२० र सन् २०२१ को… पुरा पढौ

टोकियोमा रोजिना मल्लको ‘फेशन शो’ हुँदै

टोकियो - फेशन डिजाइनर रोजिना मल्लले यहि डिसेम्बर २३ तारिखका दिन टोकियोमा एकल 'फेशन शो' कार्यक्रम गर्ने भएकी छिन् । जापानमै रहेर फेशन डिजाइन पेशालाई आफ्नो करियरकारुपमा अगाडि बढाउदै आएकी मल्लले एकल प्रयासमा टोकियोमा 'फेशन शो' गर्न लागेकी हुन् । टोकियो आओयामा ओमोतेसान्दोस्थित एक होटलको प्रेक्ष्यालयमा हुन गईरहेको उक्त फेशन शो कार्यक्रमको लगभग तैयारी पूरा भएको उनले बताईन् ।भाषा विद्यार्थीकारुपमा सन् २०१४ मा जापान आएकी मल्ल २ वर्षको भाषा कोर्स पश्चात फेशन डिजाइनमा ४ वर्षे कोर्स पूरा गरी विगत २… पुरा पढौ

‘गयौ तिमी दरम पुल तरेर, कहिलै मेरी नहुनी गरेर’ भन्दै बिष्णु खत्रीले भावुक मुद्रामा भूपू मायालाई गुनासो पोखे 

नेपाली सांगीतिक आकाशको लोकसंगीत क्षेत्रमा सुपरिचित नाम हो बिष्णु खत्री । नेपाली लोकसंगीतको क्षेत्रमा मैलिक लोकगीतदेखि लिएर आफ़ना गीत संगीतमा आंचलिकता प्रस्तुत गरि परिचित बनाउनका लागि उनका गीतसंगीतले महत्वपूर्ण योगदान पुर्याएका छन । कहिले नेपाली समाजको चरित्रलाई आफ़ना सृजनामा उतारेर सचेतना फैलाउनका लागि त कहिले गरिब दीनदुःखीका भावनालाई समेटेर सरोकारवाला निकायलाई झकझकाउन उनका सृजनाले भूमिका निर्वाह गरेका छन ।  दुई दशक भन्दा लामो आफ़नो सांगीतिक यात्राका क्रममा खत्रीले आफ़नो जन्मभूमिको परिवेशलाई समेटेर पछिल्लो आफ़नो लोक लयमा आधारित ‘गलकोटमा बग्यो दरम’… पुरा पढौ

जापानको नागोयामा साहित्य उत्सव कार्यक्रम २०२२ सम्पन्न

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको आयोजनामा नागोया साहित्य उत्सव २०२२ सम्पन्न भएको छ।नागोयामा संस्थाका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम पुस्तक बिमोचन कार्यक्रम, गहज मेहफिल, बहस र खुला रचना वाचन लगायतका खण्डहरूमा विभाजन गरी सम्पन्न गरिएको थियो। कार्यकममा उपस्थिति भई कार्यकम सफल बनाई दिनु भएकोमा संस्थाका पूर्वअध्यक्ष तथा कार्यक्रमका संयोजक विष्णु प्रसाद घिमिरेले सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। सुबिन न्यौपाने कान्जिभाइको कबिता संग्रह कमरेडको… पुरा पढौ