अमृत गुरुङ तथा उनको ब्याण्ड नेपथ्यले आउँदो अगस्ट ८ तारिख टोकियोमा कन्सर्ट गर्ने

-


     जनहित न्युज    
     जेठ २६ गते २०८०


जापान।लामो समयदेखि नेपाली गीत संगितको क्षेत्रमा सदावहार गायक र ब्याण्डको रुपमा स्थापित अमृत गुरुङ तथा उनको ब्याण्ड नेपथ्यले आउँदो अगस्ट ८ तारिख टोकियोमा कन्सर्ट गर्ने भएको छ।

सन २०१८ पछि,पहिलो पटक जापानका डेढ लाख नेपालीहरुसँग सांगीतिक भेट गर्न मानवताको लागि संगीत भन्ने नारा सहित नेपथ्य जापान आउने भएको हो ।नेपथ्यले टोकियोको तोयोसु पिटको सांगितिक अडिटोरियम हलमा कन्सर्ट गर्नेछ।

यसपटक टोकियोमा नेपथ्य ब्याण्डलाई भिजोनिया कम्पनीले लिएर आउन लागेको हो।आयोजक कम्पनीका निर्देशक सुभास लामिछाने भने-“अगष्ट ८ तारिख नेपथ्य व्याण्डको कन्सर्ट तय भएको छ ।हामीले अहिलेसम्मकै भव्य हल, व्यवस्थापन र तयारी सहित नेपथ्यको कन्सर्ट आयोजना गर्दैछौँ।”

लामिछानेलेका अनुसार यसपटक टिकट प्रिन्ट गरेर विक्रि गरिनेछैन। सबै टिकट अनलाईन मार्फत विक्रि हुनेछ। टिकेट डिसिइप्रोजेक्टको वेवसाईट मार्फत विक्रि भइरहेको जानकारी दिइएको छ। डेस्टिनी क्रियशन(डिसि)ले भिजोनिया कम्पनीको सहायक कम्पनीको रुपमा कन्सर्ट व्यवस्थापन लगायतको काम गरिरहेको छ ।

अनलाइन मार्फत सामान्य टिकट तर्फ ६,००० येन र नेपथ्य व्याण्डको लोगो तथा अमृत गुरुङको तस्विर अंकित विशेष टिसर्ट सहितको मूल्य १० हजार येन तोकिएको छ ।अनलाइनमा बुकिगं गराएर हलमा टिकट लिन चाहनेहरुका लागि भने ७,००० येन शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।

टोकियोको कोतो सिटिमा रहेको तोयोसु पिटमा हुने कन्सर्ट जापानी समय अनुसार ठिक ६ः३० बजे तोकिएकै समयमा सुरु हुनेछ । दर्शक प्रवेशको लागि कन्सर्ट स्थल डेढ घण्टा पहिलेनै खुला हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?