
केही दिन अघि रिलिज भएको ग़ज़ल ‘म चन्द्रमा हुँ’ चर्चाको शिखरतिर छ । छोटो समयमा संगीत पारखीहरुलाई मोहित पारेको छ । ‘म चन्द्रमा हुँ’ को शब्द, संगीत र स्वर धेरैको मनमा बसेको छ ।ग़ज़ल युटुबको ट्रेडिंगमा रहेको छ ।
अमेरिका बस्ने बागलुङका सर्जक जिवनदास सुनारले ग़ज़ल लेखे । अनि गायक/ संगीतकार सिडी विजय अधिकारीले संगीत गरे ।
ग़ज़लकार स्वर समिक्षा अधिकारीले भरिन् । साहित्यकार सुनारले केही दिन अघि यिनै गायिका समिक्षाको अन्तरवार्ता हेरेपछी यो ग़ज़ल जन्मेको हो । उनका उतार चडाबहरु र दुःख पीडा गजलमा शेर बनेर उभिएका छन् ।
आफ्नो जिवनका अप्ठ्यारा पाटाहरु ग़ज़लका शब्द र संगीतमा पाएपछि मन पराएर ग़ज़ल रेकर्ड गरिन समिक्षाले । हुन् पनि ग़ज़ल र संगीत अति मिठो गरी उनिएको छ । ग़ज़ल युटुबको ट्रेडिंगमा रहेको छ ।
बजारमा ग़ज़ल राम्रो चलेपछि सर्जक सुनार पनि मख्ख छन् । उनले आफुहरुको सिर्जना मन पराएकोमा स्रोता/दर्शकलाई धन्यवाद दिएका छन् ।
युटुब लिङ्क –



