पत्रकार सज्जनको पोखरामा… गीत रिलिज (भिडियो सहित)

-


     जनहित न्युज    
     जेठ १७ गते २०८०


बहुप्रतिभाशाली गायक, कलाकार तथा पत्रकार सज्जन कुमार सिंहको नयाँ गित/भीडियो पोखरामा… सार्वजनिक भएको छ ।

‘’पोखरामा दुई कुराको भर हुन्न रे एउटा पानीको अर्को नानीको’’ गितको मुल थेगो रहेको छ ।

पोखराको मौसम जस्तै नानीहरुको भर हुन्न भन्ने भाव प्रति यहाँका केही महिलाले विरोध पनि जनाएका छन् । गितमा भनिएको छ, ‘’एकै छिनमा वादल लाउने एकैछिनमा पानी, पोखराको मौसम जस्तै रैछ तिम्रो बानी ।”

पोखराको मौसम र प्रेमलाई बिषयवस्तु बनाएर तयार पारिएको गितको शब्द, संगित सज्जनको छ । गितमा सज्जन र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । गित विनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।

बागलुङ घर भएका सज्जन न्युज पोर्टल इलाकाखबर डटकमका सम्पादक/सन्चालक हुन् । उनी प्रेस सेन्टर नेपाल बागलुङका उपाध्यक्ष समेत छन् ।

गितको भीडियोलाई इश्वर बाबुले निर्देशन र सम्पादन गरेका हुन् । राजेश घिमिरेको छायाङ्कन रहेको भिडियोमा गायक सज्जन, जुना गुरुङ र सरिता धनकोटीको अभिनय देख्न सकिन्छ ।

भिडियोमा पोखराको फेवाताल र यहाँका पर्यटकीय ठाउँमा छांयाकन गरिएको छ ।

(भिडियो) :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?