कला / साहित्य

काममा फर्किए कलाकार

बागलुङ-सारङ्गीवादक कमलकुमार विक दुई महिनापछि बुधबार ‘डिजिटल काठमाण्डू’ रेकर्डिङ स्टुडियो छिर्नुभयो । निषेधाज्ञाका पट्यारलाग्दा दिन घरमै कटाएर स्टुडियो फर्कनुभएका उहाँले त्यसदिन तीजको गीतमा धुन भर्नुभयो । धेरैपछि पुरानै दैनिकी पछ्याउँदा उत्साह मिलेको र स्थिति थप सहज हुनेमा आशा पलाएको विकले सुनाउनुभयो । “निषेधाज्ञा खुकुलो भएसँगै रेकर्डिङको काममा व्यस्तता बढेको छ”, उहाँले भन्नुभयो, “बाद्यवादनको काम एक्ला–एक्लै गरिने भएकाले जोखिम पनि कम छ ।” यातायात र हिँडडुलमा रोक नलागे स्टुडियोको काममा कुनै बाधा नहुने विकको भनाइ छ । उहाँ सारङ्गी बनाउने पेसामा… पुरा पढौ

🔹🔸✨मुक्त मन✨🔹🔸

🔹🔸✨मुक्त मन✨🔹🔸आंखा खोल्यो की नजरमा तस्विर देख्छुजूनघाम हराए झै सधै जसो पीरमा देख्छुमेहनती माहुरीहरुका हुल लाहुर पसे पछिगलकोट तिमीलाई नीरश र गम्भिर देख्छु ॥+++++++++++++++++++++हर सपनीमा तिमीलाई नै देख्न मन छयादका आंशुहरु आंखामै छेक्न मन छतस्विर लिई एक्लै एकान्तमा बस्दा तिम्रै यादका कविता लेख्न मन छ ॥ सन्चै त छौ नी गलकोट बाडुल्की लायोसम्झियौ सायद मलाई खुलदुली लायोतिम्रा यादहरु पनि यति जव्वर छन् कीअत्याहरुको तिर्खाले तलतली लायो ॥———————————————-पसिनामा कलम चोप्दै लेख्छु गलकोटढुंगामा छिनोले ठोक्दै लेख्छु गलकोटमसी नभए नी लेख्नलाई,रगत छ मसंगैकलेजीमा… पुरा पढौ

🌧✨✨बरिखा✨✨🌧

बर्खाभर निश्मन भएर परिवेशलेगोघुलीमा झ्याउकिरीको मनहरदिन न्याउलीको दिल भत्काउछनिस्तव्ध आकाश अटुट भत्किदाअविरल मुसलधारे झरीलेबाढी ल्याउछ र सबथोक भत्काउछपुल,पुलेसाहरु बग्दा, समन्ध भत्किन्छहेर्दाहेर्दै खेतहरुका फाँट बग्छन्,परिश्रमका गास र आंटहरु भत्किन्छस्कुल,मन्दिर बग्दा,आस्था भत्किन्छबस्ति,आफन्त र जायजेथा सारा बग्दा,जीवन,जगत र सहारा भत्किन्छहर बरिखा भर म सोचिरहन्छु~यै निमर्म बाढीले किन भत्काउदैन होला ?कोशी ब्यारेजका यामान बांधहरु ?सारा घाती सम्झौता सन्धि र घातहरुकिन भत्काउदैन,ह~?!अन्धा शासकहरुका चुरीफुरीसिंहदरवार नामको स्यालदरवारशासकहरुका इमान,जमान र अभिमानकिन भत्किदैनन् किन बगाउदैनन् ?!ओसेपमा परेका पिरपिडाहरु भेल बनेरहरबर्खाका झरीहरुले खाली जनताकाआंखाहरुका आलीहरु मात्र किन भत्काउछ?खुसी,सपना,आशा र… पुरा पढौ

‘तँलाई जेसुकै होस्, मतलव छैन, काममा हन्ड्रेड पर्सेन्ट चाहियो!’

मसँग जुरुक्क उठेर हिँड्नुको विकल्प थिएन। बस्‍न मन हुने कुरै भएन। भइरहेको कुराकानी अनावश्यक तन्काउनु पर्ने कारण पनि बाँकी थिएन। भारी मन अनि रसिला आँखा बिसाउन मन थियो तर त्यहाँ रुनु थिएन। त्यतिबेला थियो त केवल एउटा आकृति, ठीक अघिल्तिर अनुहारभरि आक्रोश बोकेर बसेको। मेरा आँखा टिलपिल हुनुअघि उसले भनेको थियो – 'मलाई कसैको 'मेन्टल, इमोसनल स्टेट'को मतलव छैन। बस् काममा 'हन्ड्रेड पर्सेन्ट' चाहियो।' पक्का भयो, कामका अगाडि मैले झेलिरहेका प्रश्नहरू, प्रश्नका कारण दिमागमा चलेको आँधी अनि मलाई लागेको चोट… पुरा पढौ

हार्दिक श्रद्धाञ्जली !पूर्णबहादुर दाइ

पृय थबाङ तिम्रो धिरता ,तिम्रो खुबी - तेम्रो बीरता संगैतिम्रो आगनमा जनमुक्ति सेनाबन्दुकसंग परेट खेलिरहेका हुन्थे ।मधुर उज्यालो मझेरीमाआटो र भात पाकिरहेकै हुन्थ्यो ।तिम्रो छानो देखि अलि माथी नांगो डाडोमाजनवादी स्कूलजहाँ कमरेड क ´र खम्बाख´ भनेर पढ्नेनयाँ युग बोक्ने खम्बासिंहहरु जुर्मुरिदै थिए ।स्कूल वरिपरि स्याउ बगान हुर्किदै थियो ।मिलिसिया चिर्को दाइहरुहरियो बगान भित्र सुरुङ खनिरहेका हुन्थे ।शिखर दाइहरु बर्को बुनिरहन्थे ।सम्झना दिदिहरु जेरी पकाउनु हुन्थ्यो ।लाबाङ , गुनाम र गुराँसेमा जनसेनाकाभिमकाय किल्लाहरु थिए ।त्यसैले तिमी अजम्बरी गाउँ थियौ ।त्यति मात्र… पुरा पढौ

दुर्लभ फोटा: जुन बेला बटौलीबाट नुन बोकिन्थ्यो

अहिले गाउँ गाउँमा बाटो पुग्यो । सेवा सुविधा घरदैलोमा पुगिसकेको कारण बिगतमा हाम्रा बाबा हजुरबाहरुले तराईका विभिन्न बजारहरुबाट अत्यावश्यक नुन महिनौ लगाएर पहाडका आफना वस्तिहरुमा पुराउँथे । गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका मानिसहरु बुटवल (बटौली)  देखि नुन बोकेर गाउँ आउँदा बाटोमा खाना पकाएर खाने र विश्राम गर्ने चलन थियो ।त्यो जमानाको दुर्लभ तस्वीरको एक झलक यहाँ प्रस्तुत गरिएको छ । घरदेखि हिँड्थे नुन,बटौली जानी भन्दै।खर्च पर्च डोकोमा बोकी,सबै मिली जाऊ भन्दै।। बास बस्थे बटुवाहरु,पाटी पौवा चौतारीमा।बटौली पुगी फर्किन्थे घरमा,दश… पुरा पढौ

यो समाजलाई अनियन्त्रित र छाडा लिंगहरु बाट जोगाऊँ !

हामी छोरालाई खेलौनाको रूपमा बन्दूक किनिदिन्छौं, छोरीलाई पुतली (डल) ! त्यही बिन्दु बाट नै विकसित हुन्छ- दमनको मनोविज्ञान ! पहिले एकजाना युवतीलाई रूपमा राम्री भएकै कारण भाइरल बनाइयो । कारण: उनले डोकोमा तरकारी बोकिन । रूपको बजार चलाएर महिला माथि विभिन्न शोषण र दमन गर्ने यस्तो शृंखला आजको हैन । विडम्बना, अधिकांश महिलाहरुले आफू माथि शोषण भइरहेको पत्तो नै पाउँदनन ! ‘डजन्ट म्याटर’ भन्न सम्म पछि पर्दैनन ! हुन त यो अभिव्यक्ति स्वतन्त्रताको युग हो । व्यक्ति आफ्ना रुची र… पुरा पढौ

फलिङ लभ विथ डेथ

……रउ नजिकै आयोनिधार छाम्यो ज्वरो बुलन्द थियोनाडी छाम्योधड्कन मन्द थियोसारा शरीर छाम्योशरीर क्लान्त थियो । म निद्राबाट ब्युँझिएँउसले मुसारिरहँदाम बिरालोले चाटिरहेको मुसो झैँडल्लो परेर कामिरहेँथेउसले मलाई उत्तानो पार्योहाम्रा आँखा जुधेम कम्पन सहित मुस्कुराएँम मुस्कुराएको देखेर उ तीन छक्क पर्दै बोल्योकिन हाँसिस्? मलाई चिनिनस्? चिने नि! किन नचिन्नु? उ अवाक भएर हेर्दै सोध्यो कसरी ?मैले भने, हजुरसँग पहिले पनि भेट भएको हो नि!ऊ अलमलिएको देखेर पुन: मै बोलेँ!`केही बर्ष अगाडि जब म बाँच्न नसक्ने अवस्थामा मृत्युसैयामा लडिरहेको थिएँ । पीडा सहन… पुरा पढौ

राष्ट्रवादको मुकुण्डो छताछुल्ल

कहिले चुच्चे नक्सा देखाएर कहिले अयाेध्या देखाएर राष्ट्रवादी छवि बनाउन सफल धुर्त स्यालकाे पर्दा फास भएको छ आफू सक्कली अरू नक्कली भनाउदै प्रभु संग टक्करकाे नाटक मन्चन गर्दै ३ बर्ष नेपाली जनतालाई गुमराहमा राख्न सफल भेडाको छाला आ‌ेढेका ब्बाँसाकाे छाला आज छरपस्ट रूपमा सडकमा झरेको छ जनताको आँखामा छारो हाल्न सफल तथाकथित राष्ट्रवादकाे मुखुण्डो उत्रिएको छ हिजो नेपाली जनताले बनाएको संविधानजलाउनेहरू संबिधान पुरै कालाे भनेर दक्षिण पत्ति पुगेर ढुंगा हान्नेहरू रातारात परिवर्तन भएछन् संसद विघटन भएको बेला काम चलाउन सरकार… पुरा पढौ

युवाहरूबीच चे ग्वेभारा

विश्व युवा जगतमा क्रान्तिकारी भावनाको उत्साह सञ्चार गर्ने एउटा लोकप्रिय नाम हो – अर्नेस्टो चे ग्वेभारा । क्रान्तिकारी विचारले मान्छेलाई साँच्चैको युवा बनाउँछ भन्नुहुने चे अमेरिकी साम्राज्यवाद र उपनिवेशवादविरुद्ध लड्ने एक योद्धा हुनुहुन्थ्यो । अर्जेन्टिनामा जन्मनुभएका चेले डाक्टरी पढ्दै गर्दा र डाक्टर बनिसकेपछि ल्याटिन अमेरिकाका अधिकांश देशहरूमा स्टेथस्कोपसहित भ्रमण गर्नुभयो । उहाँले ल्याटिन अमेरिकामा अमेरिकी साम्राज्यवादको दबदबा र अत्याचारलाई नजिकबाट हेर्नुभएको थियो । ल्याटिन अमेरिकामा व्याप्त असमानता, शोषण, अन्याय, बेरोजगारी, भोक, गरिबी र मानवसमाजका दुखान्तहरूसँगको साक्षात्कारले उहाँभित्र पलाएको साम्राज्यवादविरोधी भावना… पुरा पढौ