🔹🔸✨मुक्त मन✨🔹🔸

-


     बेलुकाजी थापा    
     असार २० गते २०७८


🔹🔸✨मुक्त मन✨🔹🔸
आंखा खोल्यो की नजरमा तस्विर देख्छु
जूनघाम हराए झै सधै जसो पीरमा देख्छु
मेहनती माहुरीहरुका हुल लाहुर पसे पछि
गलकोट तिमीलाई नीरश र गम्भिर देख्छु ॥
+++++++++++++++++++++
हर सपनीमा तिमीलाई नै देख्न मन छ
यादका आंशुहरु आंखामै छेक्न मन छ
तस्विर लिई एक्लै एकान्तमा बस्दा तिम्रै यादका कविता लेख्न मन छ ॥

सन्चै त छौ नी गलकोट बाडुल्की लायो
सम्झियौ सायद मलाई खुलदुली लायो
तिम्रा यादहरु पनि यति जव्वर छन् की
अत्याहरुको तिर्खाले तलतली लायो ॥
———————————————-
पसिनामा कलम चोप्दै लेख्छु गलकोट
ढुंगामा छिनोले ठोक्दै लेख्छु गलकोट
मसी नभए नी लेख्नलाई,रगत छ मसंगै
कलेजीमा छुराले खोप्दै लेख्छु गलकोट॥
**
यति धेरै आदर गर्छु मांया गर्छु गलकोट
यादसंगै उडदा उडदै बेशी झर्छु गलकोट
दरमसंगै मिसीएर तिमी खोज्दै बगिरहन्छु
गुरांससंगै सजीएर स्वागत गर्छु गलकोट ॥
•••••••••••••••••••••••••••••••
हर शुभ साईतहरुमा पंचेबाजा बजाउछ
ढकमक्क गुरांससंग गुलाफ नै लजाउछ
गीतसंगीतको पहिचानले मेरो ठाउ भरिलो छ
मुग्ध धुनले गलकोटलाई मेहफिल बनाउछ॥


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?