आदिकवि भानुभक्त आचार्यलाई भैरव अर्यालको चिठीको अंश

-


     भैरव अर्याल    
     असार २९ गते २०७८


श्री भानुभक्त आचार्य
नेपाली टोल,मृतात्मा एभेन्यु
अलकापुरी १८७१—१९२६ स्वर्ग
श्रद्धेय कविबाजे,
उप्रान्त त्यहाँ बाजेलाई आरामै होला । बाँच्नुका दुःखले हाल तपाईलाई पिरोलेका नहोलान् भन्ने आशा राखेको छु । तपाईसँग धेरै कुरा गर्नु थियो, धेरै सल्लाह माग्नु थियो, धेरै अर्ती लिनु थियो, तर तपाईले मेरा बाजे पनि नजन्मँदै यो दुःखसार तरिसक्नुभएछ । रामगीता लेखेबापत स्वर्गै पुग्नुभयो होला र अलकापुरी खूब मन पर्ने हुनाले सोही शहरमा डेरा लिनुभयो होला………………….
तपाईका आर्शीवादले मलाई यहाँ सन्चै छ । म अचेल तपाईको उही अलकापुरी कान्तिपुरीका नालभरी गल्लीमा मान्छे, कुकुर, कुखुरा, सुँगुर, हाँस, साँढे सबैको संयुक्त विष्ठा—मूत्रको अभिसिञ्चित षडसुवास सुँघ्दै बाँचिरहेछु । मान पाउँला कि भनी एक मन लगाई चाकरी गर्दा भुक्तमान पाइने तपाईको पालाको प्रवृत्ति अहिलेसम्म झण्डै उस्तै छ

प्रसङ्ग असार २९—भानु जयन्ती

…………………
अचेल कान्तिपुरको आर्थिक स्थिति अत्यन्त कमजोर छ बाजे, झूल किन्यो तन्ना किन्न सकिन्न, तन्ना किन्यो तकियाको खोल हाल्न सकिन्न । त्यसैले लामखुट्टे र उपिँयाका नाचगान बिनाटिकट बर्खाभरी कोठैमा देखिन्छ …………….थाङनो गुन्द्रीबाट बुद्रुक्क उफ्रेका उडुसहरू बडेबेड कुर्सीमा विराजमान हुन पुग्छन्, खाल्टाबाट उम्केका लामखुट्टेहरू हङकङ र बेलायत हुँदै केही दिनमै जगरसेठ भैसक्छन् …………….
तपाई धेरै वर्ष बाँचेको भए नेपाली समाजका धेरै अमिल्दा पक्षहरूमा व्यङ्ग्यवाण चलाइदिन सक्नुहुन्थ्यो । सके यस्तै खस्रा कुरा गर्ने बानीले तपाईले जिन्दगीमा धेरै भुक्तमान खेप्नुपरयो ……..

तपाईले लगाइदिएको हास्यव्यङ्ग्यको बाटो क्रमशः अलि फराकिलो हुँदै गएको छ भन्ने समाचार मात्र तपाईलाई सुनाउनु पाएकोमा पनि मलाई आज तीन मुरी भात खाएजस्तै खुशी लागेको छ । धेरै गन्थन गरियो, अब म पनि उही लामखुट्टे, उपियाँको सांस्कृतिक कार्यक्रम हेर्न कोठानामक दुलाभित्र पस्छु, नमरुञ्जेल बाजेको बिर्के टोपी र छड्के पछ्यौरा सहितको एउटा काल्पनिक अनुहार सम्झेर बस्छु ।
तपाईको उही नाति
भैरव अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?