अहिले गाउँ गाउँमा बाटो पुग्यो । सेवा सुविधा घरदैलोमा पुगिसकेको कारण बिगतमा हाम्रा बाबा हजुरबाहरुले तराईका विभिन्न बजारहरुबाट अत्यावश्यक नुन महिनौ लगाएर पहाडका आफना वस्तिहरुमा पुराउँथे । गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका मानिसहरु बुटवल (बटौली) देखि नुन बोकेर गाउँ आउँदा बाटोमा खाना पकाएर खाने र विश्राम गर्ने चलन थियो ।त्यो जमानाको दुर्लभ तस्वीरको एक झलक यहाँ प्रस्तुत गरिएको छ ।
घरदेखि हिँड्थे नुन,
बटौली जानी भन्दै।
खर्च पर्च डोकोमा बोकी,
सबै मिली जाऊ भन्दै।।
बास बस्थे बटुवाहरु,
पाटी पौवा चौतारीमा।
बटौली पुगी फर्किन्थे घरमा,
दश बाहार दिनमा।।
सबै मिली पकाउथे खाना,
बटुवाहरु ले बीच बाटोमा।
खोजी ल्याउँथे दाउरा पानी,
बसेर खान्थे दोबाटोमा।।
भारी बोक्दै सुस्केरो हाल्दै,
चढ्थे उकालि पसिना पुछ्दै।
गह्रुङ्गो भारी पिठ्यूँमा राखी,
सारा शरीर पसिनाले भिजाउँदै।।
विसाउथे भारी चौतारी पेटीमा,
वर पिपलुको त्यो छहारीमा।
बस्थे सबै पसिना पुछ्दै,
शितल दिने त्यो छहारीमा।।
*मनको यात्रा मनदेखि मनसम्म
स्रोत याम मगर