हार्दिक श्रद्धाञ्जली !पूर्णबहादुर दाइ

-


     जनहित न्युज    
     असार २ गते २०७८


पृय थबाङ तिम्रो धिरता ,
तिम्रो खुबी – तेम्रो बीरता संगै
तिम्रो आगनमा जनमुक्ति सेना
बन्दुकसंग परेट खेलिरहेका हुन्थे ।
मधुर उज्यालो मझेरीमा
आटो र भात पाकिरहेकै हुन्थ्यो ।
तिम्रो छानो देखि अलि माथी नांगो डाडोमा
जनवादी स्कूल
जहाँ कमरेड क ´र खम्बाख´ भनेर पढ्ने
नयाँ युग बोक्ने खम्बासिंहहरु जुर्मुरिदै थिए ।
स्कूल वरिपरि स्याउ बगान हुर्किदै थियो ।
मिलिसिया चिर्को दाइहरु
हरियो बगान भित्र सुरुङ खनिरहेका हुन्थे ।
शिखर दाइहरु बर्को बुनिरहन्थे ।
सम्झना दिदिहरु जेरी पकाउनु हुन्थ्यो ।
लाबाङ , गुनाम र गुराँसेमा जनसेनाका
भिमकाय किल्लाहरु थिए ।
त्यसैले तिमी अजम्बरी गाउँ थियौ ।
त्यति मात्र होइन
हामी तिमीलाई यनानले पनि बोलयौ ।
तिम्रो घर वरिपरि लका खोल्साहरुमा कति रगत बग्यो ।
तिम्रा आगन मुनीका सोताहरुमा
सयौं कंकालहरु लमतन्न सुतिरहेका छन ।
फुन्तीबाङ र चुनबाङ
तिम्रो आदेश पर्खिरहेका हुन्थे ।
कहिले काहीं म बिस्मित हुन्छु ।
तिमीले यी प्राप्ती गुमायौ !
या सम्हाल्यौ !?
मुटु छोएर भन्छु
तिम्रो आकार चित्रले आकाश छुदै थियो ।
तिम्रो निष्ठा र बलिदानले विश्व हल्लाउँदै थियो ।
जमिन डगमगाउने हुंकार थियो तिम्रो ।
म फागुन १ जनयुद्ध दिवश
तिम्रो समिपमा उभिएं!!
थोरै उदास , निराश टकले हेरे ।
रेशम र हृ दाइलाई देखें ।
र सम्झिए क्रान्ति नायकलाइ !
“पूँजीवादको बाटो विकृतिपूर्ण हुन्छ ,
त्यसैले आमूल परिवर्तन गर्नुपर्छ ” ।
थवाङ ! फेरि भन्छु ।
तिमी ओरालो घिसारिन छुट छैन ।
तिमी रोएको सुहाउँदैन ।
हामी दर्जनौं शालिक बोकेर आउनेछौ ।
फेरि एउटा तुफानी झोक्मा ।
दुई थुङ्गा गुराँस लिएर बस ।
हर्दिक श्रद्धाञ्जली ! पूर्णबहादुर दाइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?