घर अगाडिको सडकमा सवारी साधन गुडीरहन्छन् । सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन् । सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी देखिन्छ । यो दृश्य पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने दिच्याम गाउँको हो । यहाँका दिच्याम, निस्कोट, रुम, देविस्थानलगायत गाउँमा हिजोआज यस्तो दृश्य देखिन थालेको छ । करिब डेढ दशक अघिसम्म म्याग्दीका यी गाउँहरु रमाइला दखिन्थ्ये । गाउँघरमा वरपर, तल–माथि बस्ती बाक्लो थियो । सबै घरमा मानिस भरिभराउ हुन्थे…
पुरा पढौ