धर्म-संस्कृति

बालक कालमा चैते दशैको खुसी

चैते दशैको अष्टमी मासुभात खान पाइने दिन । अझ दिउँसो सेल रोटी ( घुमाउने रोटी ) पकाउने दिन भएकाले खुसीको सिमाना नै छैन । चामलको पिठोमा घ्यू र खुदो हालेर पकाएको घुमाउने रोटी झन् कति मीठो । सधै यस्तै रहिरहोस् जस्तो हुन्थ्यो तर दिन चाँडै बितेको जस्तो लाग्दथ्यो । हाम्रो गलकोटमा नवमीका दिन कोटमा मेला लाग्थ्यो अर्थात कोटमा पञ्चबली दिइन्थ्यो । गलकोट राज्यका तर्फबाट मूख्य पञ्चबली हुन्थ्यो । पञ्चबलीमा बोका राँगा परेवा कुखुरा र हाँस हुन्थे । राज्यको तर्फबाट पञ्चबलीको… पुरा पढौ

‘बागलुङको पहिचान बुट्टेनली हरायो, अब मायाको चिनो के दिने ?’

“अहिले त आँखा देख्नै छोडेँ, पहिले–पहिले दिनमा दुई वटासम्म नलीमा चित्र बनाउने गर्थे, नली पनि प्रसस्त पाइन्थ्यो तर अहिले लेकमा जान पनि सक्दैन, अहिले त बुट्टेनली हरायो, अब मायाको चिनो के दिने ?” ढोरपाटन नगरपालिका–९ का टेकबहादुर घर्ती मगर उमेरले ८३ मा लाग्नु भयो । अहिले पनि उहाँ घर भित्र बाहिरको काम सहजै गर्न सक्नु हुन्छ । आँखा कमजोर हुँदा चित्र कोर्ने रुची हुँदा हुँदै पनि सक्नु हुन्न । चित्र कलामा पोक्त घर्ती मगरले जवानीमा काठ तथा बुट्टे नलीमा धेरै… पुरा पढौ

वि.स. २०८० मा ३५ वटा विवाहको लगन

काठमाडौं : आगामी वर्ष २०८० मा ३५ वटा विवाहको लगन परेका छन्। वैशाखमा ४, जेठमा ९, असारमा ३, मंसिरमा ८, माघमा ६ र फागुनमा ५ दिन गरी ३५ वटा विवाहको लगन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका प्रशासन सहायक खिलहरि घिमिरेले जानकारी दिए। उनका अनुसार वैशाख १५ गते वृहस्पति उदाउने भएकाले १९ गतेपछि मात्र शुभ कार्यका लगन छन्। यस महिनाको १९, २०, २७ र २८ गते विवाहको लगन छ। जेठमा २, ६, ७, १५, १६, २०, २२, २४ र २९ गते… पुरा पढौ

सन् २०१२ मा जापानबाट चोरी भै दक्षिण कोरियाली मन्दिरमा रहेको बुद्ध मूर्तिको स्वामित्व जापानले प्राप्त गर्ने अदालतको फैसला

दक्षिण कोरियाली पुनरावेदन अदालतले सन् २०१२ मा जापानी मन्दिरबाट चोरी भएको बुद्धको मूर्ति जापान सरकारको रहेको फैसला गर्दै दक्षिण कोरियाली मन्दिरको स्वामित्वलाई स्वीकार गरेको तल्लो अदालतको निर्णयलाई उल्टाइ दिएको छ।डेजियोन उच्च अदालतले १४ औं शताब्दीको मानिएकोमूर्ति जापानी मन्दिरमा फिर्तालाई नै फिर्ता गर्नको सो मूर्तिलाई दक्षिण कोरियाली सरकारले आफनो दाबी छाड्न समेत फैसलामा भनेको छ । सियोललाई मूर्ति कब्जामा राखिनु अन्तर्राष्ट्रिय मापदण्डहरू विपरीत हुने हुदा त्यसलाई समेत ध्यानमा राख्न आह्वान गरेको छ ।सन् २०१७मा डेजियोन जिल्ला अदालतले जापानको सुशिमा टापुको कन्नोन्जी… पुरा पढौ

शोगात्सु मनाउँदै: जापानको नयाँ वर्ष परम्पराको पहिलो कदमको यथार्थता

जापानमा परम्परागत रूपमा नयाँ वर्ष तीन दिनसम्म रहन्छ , धेरै मानिसहरूले विस्तारित बिदाहरू प्रयोग गरेर परिवारलाई भेट्न, पुरानो सम्बन्धहरू नवीकरण गर्न वा घरमा आराम गर्न प्रयोग गर्छन्। जापानी लोककथा र शास्त्रीय साहित्यका एक विशेषज्ञले पुरानो चलनको उत्पत्तिलाई उजागर गर्ने प्रयास गरेका छन।नयाँ वर्षको सुरुवात मनाउने विश्वभरि एउटा महत्त्वपूर्ण घटना हो जनवरी १। धेरै देशहरूमा एक मान्यता प्राप्त बिदाको दिन पनि हो जनवरी १, जापानमा गान्तान (नयाँ वर्षको दिन) शोगात्सु भनेर चिनिने तीन दिनको उत्सवको सुरुवात हो। जापानको नयाँ वर्षको परम्पराको… पुरा पढौ

नेपाल तामाङ समाज, जापानले वृहत सास्कृतिक साँझ-२०२३ कार्यक्रम गर्ने

तामाङहरूको राष्ट्रिय पर्व मञ्जुश्री सम्वत २८५९ सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ समाज, जापानले वृहत सास्कृतिक साँझ-२०२३ कार्यक्रम गर्ने भएको छ ।प्रवासमै रहेर पनि आफ्नो भाषा, धर्म, परम्परा, संस्कार, संस्कृति र पहिचानलाई जगेर्ना गर्ने उदेश्यले मञ्जुश्री सम्वत २८५९ सोनाम ल्होछार (तावर ल्हो/बिरालो वर्ष) राष्ट्रिय पर्वमा नेपालबाट आमन्त्रित र स्थानीय कलाकारहरुको साथमा जनवरी २२ मा सास्कृतिक कार्यक्रम गरिन लागेको समाजका अध्यक्ष कर्साङ तामाङले जानकारी दिए ।टोकियोको नाकानो जिरो हलमा गरिने उक्त कार्यक्रमले आफ्नो जातीय पहिचानसहित सस्कृति र परम्परालाई बचाई राख्न पुस्तान्तरण गर्न… पुरा पढौ

शुक्रबार कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ। असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ। हरिबोधिनिका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ। एकादशीहरूमा सबैभन्दा ठूलो हरिबोधिनी एकादशीेलाई मानिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन्। अशाढ शुक्ल एकादशीको दिन भगवान विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ। विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह… पुरा पढौ

मौलिकता गुमाउँदै देउसी र भैलो : बज्दैनन् मादल र खैँजडी, नाचिँदैन सोरठी र मारुनी 

तिहारमा दीप प्रज्वलन जत्तिकै महत्त्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ । तिहार शुरु भएसँगै टोल टोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् । तर आधुनिक शैली अङ्गाल्दा  मौलिकता भने गुमाउँदै गएको छ । देउसी र भैलोमा बज्नुपर्ने मादल, खैँजडी र बाँसुरीको साटो अचेल रेकर्डेड पप, आधुनिक र र्‍याप गीत बज्न थालेका छन् । साथै, सोरठी र… पुरा पढौ

जापानमा कसरी मनाए त नेपालीले तिहार ?

टोकियो - जापानबासी नेपालीहरुले नेपालमा रहेका घरपरिवारहरुले जस्तै गरि परम्परागत ढंगले आफ्नो रीतिरिवाज अनुसार तिहार मनाएका छन् । जापानका टोकियो, ओसाका, नायोगा योकोहामा,सेन्दाई लगायतका सहरमा रहेका नेपालीहरुले लक्ष्मीपूजा, देउसीभैलो र भाइटीका लगाइ आपसी सत्भाव आत्मियता र बन्धुत्व साटासाट गर्दै तिहार मनाएका हुन् । व्यस्त देशको रुपमा परिचित जापानमा आफ्नो कामलाई केहि थाती राखेर भेट्न सम्भव परिवारजन साथीभाइहरुका बिचमा गाउँघरमा जस्तै गरि टिकाटालो गरेर सेल रोटी लगाएतका परिकारहरु खादै साथीभाइहरु मिली देउसी र भैलो खेलेर यसपालिको तिहार मनाएको दोलखा समाज जापानका… पुरा पढौ

उज्यालोे पर्वः तिहार

हिन्दू नेपालीहरुको दसैँ पछिको दोस्रो ठुलो चाड तिहार (दीपावली) हो ।यो शरद ऋतुको कार्तिक कृष्ण त्रयोदशी तिथिदेखि कार्तिक शुक्लपक्षको द्वितीया तिथिसम्म धुमधामका साथ मनाइन्छ । यो पन्छी काग,जनावरहरु कुकुर,गाई,गोरु तथा दाजुभाइलाई पूजा गरेर अध्यारोबाट उज्यालोतर्फ लैजाने प्रकाशको उत्सव हो । तिहारलाई दीपावली, यमपञ्चक, दीपमाला, दीपमालिका, ज्योतिपर्व, प्रकाशपर्व पनि भन्ने गरिन्छ । संविधानत नेपाल धर्म निरपेक्ष मुलुक भएपनि बहुसङ्ख्यक नेपालीहरु तिहारलाई सांस्कृतिक तथा धार्मिक दुवै दृष्टिले महत्वका साथ मनाउने गर्दछन । हिन्दु सभ्यतामा प्रत्येक शुभ कार्य दीयो बालेर शुभारम्भ गरिने भएको… पुरा पढौ