धर्म-संस्कृति

टोकियोमा नोभेम्बर ८ देखि १५ तारिखसम्म ज्ञान महायज्ञ ‘टोकियो सप्ताह’हुँदै, आवश्यक तयारी तिव्र पारियो

टोकियो – जापानमा एकिकृत नेपाली घरः बहु साँस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक स्रोत जुटाउन सप्ताहब्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ ।गैर आवासीय संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुसँगको सहकार्यमा आगामी नोभेम्वर ८ तारिखदेखि १५ तारिखसम्म टोकियोको शिन्ज्युकुमा उक्त सप्ताहव्यापी ज्ञान महायज्ञ हुन लागेको एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले जानकारी दिए। "ज्ञान महायज्ञका लागि नेपालबाट वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल र महान बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछे जापान आउने निश्चित भइसकेको छ।"… पुरा पढौ

बडा दशैँ बिशेष कार्यक्रम स्पेनमा सम्पन्न

बेनिड्रम सहरको होटल मारिनामा बडा दशैँको निकै रम्मझम्म थियो । नेपालीहरुको महान पर्व बडा दशैँको दिन प्रवासी भुमी स्पेनको बेनिड्रममा साँझ पर्न लाग्दा नेपालीहरुको चहलपल सुरु भएको थियो । नेपाली भेषभुषामा सजिएर निधारमा रातो टिका र शिरमा जमरा लगाएर मारिना पुगेका नेपालीहरुको खुसीमा बिदेशीहरुले समेत चासो दिएका थिए । उनिहरुले टिका जमरा र नेपाली पहिरनप्रति चासो दिदै खुसी ब्यक्त गरे । सो दिन नेपाली चाडपर्व भएको खबर पाउँदा बिदेशी नागरिकले खुलेर शुभकामना मात्रै दिएनन् रमाउन अनुरोध समेत गरे । अक्टोवर… पुरा पढौ

गाउँघरमा हुँदैछ ‘लोप’, सहरबजारमा बन्दैछ ‘सोख’

नेपाली हिन्दुहरुको ठुला चाडपर्वहरु तीज, दसैँ तथा तिहार सुरु हुनेबित्तिकै केही वर्ष अघिसम्म पहाडी जिल्लाका गाउँघरहरुमा भिन्नै किसिमको उत्साह, उमङ्ग तथा वातावरण सुरु हुन्थ्यो । तिज, दसैँ तथा तिहार मान्नका लागि लाहुर गएका परदेशीहरु गाउँ फर्कन्थे । सहरबजार गएकाहरु पनि सबैजना गाउँ फर्कन्थे । चाडपर्व संस्कार र संस्कृति तथा परम्परा मात्र नभएर वर्षौँसम्म टाढा भएका साथीभाइसँग र घरपरिवारसँग मिलन र भेटघाट हुने मौका पनि हुने गथ्र्यो ।     परदेश र सहर बजारबाट गाउँघरमा आएका युवाहरु जम्मा भएर सार्वजनिक स्थलहरुमा पिङ… पुरा पढौ

दसैँमा जमराको महत्त्व: देवीको आशीर्वाददेखि आयुर्वेदसम्म

दसैँको जमरा देवीको आशीर्वाद मात्र होइन, स्वास्थ्य र आयुर्वेदको खजाना पनि हो । यसले धार्मिक आस्था, सांस्कृतिक परम्परा र आयुर्वेदिक उपचारलाई एकैसाथ जोडेर जीवनलाई शक्ति, सन्तुलन र समृद्धि दिन्छ ।  काठमाडौँ । दशैँको समयमा जमरा नेपाली हिन्दु धर्मावलम्बीका लागि मात्र धार्मिक मान्यता नभई स्वास्थ्य र आयुर्वेदसँग पनि जोडिएको तत्त्व मानिन्छ । विशेष गरी दशैँमा घरमा राखिने जमरालाई लक्ष्मी, दुर्गा र देवी–देवताका आशीर्वादको प्रतीकका रूपमा लिइन्छ । पुरानो परम्पराअनुसार जमरामा रहेको बिउ र बोटले नकारात्मक ऊर्जा हटाउने र सकारात्मक ऊर्जा ल्याउने विश्वास… पुरा पढौ

चाडपर्वमा महिलालाई घरायसी कामको बोझ

दसैंको समयमा घरबाहिर रहेका वा रोजगारीमा रहेकाहरू घर फर्किएका छन्। यो समयमा परिवारका सबै सदस्य जम्मा हुने, खानपान तथा रमाइलो गर्ने चलन छ। यस्तो बेलामा घरायसी काम बढ्ने गर्दछ। घरायसी काम बढ्दा महिलालाई कामको बोझ बढ्ने गरेको महिलाहरू बताउँछन्। चाडपर्व भनेपछि प्रायजसो सबैलाई रमाइलो गर्न मन पर्छ। नेपाली समाजमा महिलाहरू घरायसी कामले पिल्सिने, पुरुषहरू रमाइलो गर्ने, फुर्सदिला भएकाजस्तो देखिन्छ। भजनी नगरपालिकाकी साधना साउँदका घरमा अहिले दसैंको रौनक छ। विदेशमा भएका श्रीमान् घर आएपछि घर आफन्त तथा पाहुनाले भरिएको छ। सबैलाई… पुरा पढौ

दुई साता अगाडिसम्म सुनसान गाउँमा दसैँ सुरु भएपछि चहलपहल बढ्यो

सुनसान थिए । बुढापाका र बालबालिका मात्रै रहेका अधिकांश गाउँमा दसैँ नजिकिएसँगै चहलपहल बढ्न थालेको छ । रोजगार, पढाइ र अन्य कामले सहरबजार र विदेश गएका गाउँ फर्किन थालेपछि यतिबेला गाउँमा दसैँको रौनक छाएको छ । टोल, छरछिमेक र चौतारामा गाउँ फर्किएका भेटिन्छन् । युवा शक्ति पलायन हुँदा सुनसान बनेको गाउँ चाडपर्वमा भने चहलपहल बढेको छ । रोजगारीको सिलसिलामा विदेश गएका मात्रै नभएर अध्ययनका लागि काठमाडौँ, पोखरा, बुटवल, चितवनलगायत सहरमा रहेका पनि दसैँ मनाउन घर आएका छन् भने कोही आउने… पुरा पढौ

बडा दशैँ विशेष कार्यक्रमको प्रवेश शुल्क नलाग्ने

स्पेनको वेनिड्रममा हुने बडा दशैँ विशेष कार्यक्रमको प्रवेश शुल्क नलाग्ने भएको छ ।गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति कोष्टाब्लाङ्का र नेपाल समाज एसोसिएसनल बडा दशैँ विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।हामी नेपालीहरुको महान पर्व विजया दशमी २०८२ को पावन अवसरमा शुभकामना आदानप्रदान सहित दशैँ बिशेष कार्यक्रम आयोजना गरिएको एनआरएनए कोष्टाब्लाङ्काले जनाएको छ ।अक्टोवर २ तारिखमा संचालन हुने कार्यक्रममा निशुल्क प्रवेश गर्ने गरि ब्यवस्था मिलाईएको कार्यक्रम संयोजक नवराज दुवाडीले जानकारी दिनुभयो । कोष्टाब्लाङ्का सहयोगी तथा समाजसेवि व्यवसायीहरूको उत्साह जनक… पुरा पढौ

अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’

ढोरपाटन (बागलुङ)- अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरु । माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो । यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौँ मानिस जम्मा भएका थिए । यसलाई निसीवासीले नांखा (गाउँ) पूजा भन्छन् । यो पूजा एक हजार वर्ष पुरानो भएको स्थानीयको विश्वास छ । हरेक दुई/दुई वर्षमा हुने गाउँ पूजा पछिल्लो… पुरा पढौ

BJN International Hamamatsu द्वारा आयोजित “तीज धमाका जापान २०२५” – तयारी अन्तिम चरणमा

BJN International Hamamatsu ले आयोजना गर्न लागेको बहुप्रतिक्षित सांस्कृतिक कार्यक्रम “तीज धमाका जापान २०२५” को तयारी अन्तिम चरणमा पुगेको छ।कार्यक्रमको श्रृंखला अगस्ट १९ मा गुम्मा केनको मायाबाशी बाट सुरु भई, २१ मा ओसाका, २२ मा हामामाचु, २३ मा नाकानो जिरो हल टोक्यो, २४ मा शिवा पार्क टोक्यो, र २६ मा नुमाजु मा सम्पन्न हुँदै समापन हुनेछ।यस सांगीतिक यात्रामा लोकप्रिय कलाकारहरू पशुपति शर्मा, पूर्णकला बिसी, र नारायणी खत्री ले आ-आफ्ना दमदार प्रस्तुति दिनेछन्।BJN International का प्रबन्ध निर्देशक बिशाल शर्मा का अनुसार,… पुरा पढौ

तीजको रौनक जिग्री दोहोरी साझँ ओशाकामा

परदेशको व्यस्त जीवनशैलीबीच पनि नेपाली संस्कृतिको उज्यालो फैलाउने उद्देश्यसहित जापानको ओसाका स्थित जिग्री दोहोरी साँझमा “दर खुवाउने विशेष कार्यक्रम” भव्य रूपमा सम्पन्न गरिएको छ। हरितालिका तीजको अवसरमा आयोजित उक्त कार्यक्रमले ओसाका र आसपासका शहरहरूमा बसोबास गर्दै आएका नेपाली महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता बटुल्दै नेपाली संस्कार, भाव र समर्पणलाई जीवन्त बनाएको देखियो। कार्यक्रममा सहभागी महिला दिदीबहिनीहरूले परम्परागत तीज गीतमा नाच्दै, दरका परिकारहरू सँगै रमाइलो गफगाफ, अनुभव साटासाट र आत्मीय भेटघाटमार्फत आफ्नो घरदेशको सम्झनामा झल्किएको भावनालाई साझा गरे। तीजको सांस्कृतिक महत्त्व र… पुरा पढौ