वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो । यस दिन विद्याकी देवी सरस्वतीको पूजाआराधना गरिन्छ । विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय, मन्दिर विशेषमा उनको उपासना गर्ने गर्छन् । मूर्तिमा, प्रतिमा या उनका चित्र अङ्कित फोटोहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मनपर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाई, कपुर, वस्त्र, भेटी, चन्दन, बेल, मूला, लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन् । विद्या प्रकाश हो, अविद्या अँध्यारो, अज्ञानताको पर्दा नउघारी भक्तिको उदय सम्भव…
पुरा पढौ