बागलुङ / विश्वब्यापी रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ काे दाेस्राे भेरिएन्ट समुदाय स्तरमा फैलिएकाे भन्दै त्यसलाई लक्षित सरकारले देशमा निषेधाज्ञा जारी गरेपछि नेपाल कै प्रसिद्ध धार्मिक गन्तव्य कालीका भगवती मन्दिर सुनसान हुन पुगेको छ ।दैनिक रूपमा हजारौं धार्मिक पर्यटक भित्रीने धार्मिक आस्थाको केन्द्र यतिबेला निषेधाज्ञाकाे चपेटामा पर्दा मन्दिरको दैनिक रूपमा हुने हजारौंको आम्दानी समेत गुम्न पुगेको छ ।
गण्डकी प्रदेश दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङ नगरपालिका वडा नम्बर १ काे रमणीय जंगलको बिचमाअबस्थित प्रसिद्ध कालीका भगवती मन्दिर काेराेना भाइरस काेभिड १९ लाई लक्षित गरि प्रशासनले लगाएको निषेधाज्ञा कारण प्रभावित बन्न पुगेकाे छ । बैशाख महिनाको पहिलो साता देखि प्रशासनले मन्दिर प्रवेश गर्न नपाइने भनी निषेधाज्ञा जारी गरेपछि मन्दिरमा पुजा गर्न भक्तजन आउन नपाउदा मन्दिरको नियमित आम्दानी समेत घट्न पुगेकाेछ ।
दिनहुँ सयौंकाे संख्यामा धार्मिक पर्यटककाे भिड लाग्ने प्रसिद्ध शक्ति पिठ कालीका भगवती मन्दिरमा यतिबेला निषेधाज्ञाले ठप्प भएपछि मन्दिरको नियमित अाम्दानी समेत प्रभावित बनेको छ ।डेढ महिना भन्दा बढी निषेधाज्ञा भएपछि मन्दिरमा पुजा भक्तजनले गरेका भाकल गरेको बाेका हाँस कुखुरा राँगो समेत पुजा गर्न नपाएको कालीका भगवती मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए ।
यतिबेला नियमित नित्य पुजा अर्चना र नियमित काममात्र हुदै आएकाे छ । सरकारले भिडभाड नगर्नु सामाजिक दुरी कायम राख्न दिएको निर्देशन पालना गर्दै काेराेना भाइरस सम्बन्धि लेखिका जनचेतनामूलक सन्देश ठाउँ ठाउँमा राखेकाे छ ।सरकारले छिटोभन्दा छिटो जनतालाई खाेप लगाएर मन्दिरमा माथि लगाइएको निषेधाज्ञा खुकुलो बनाउनु पर्ने गुठीले जनाएको छ ।काेराेना लाई लक्षित गरि सरकारले धार्मिक पर्यटकीय गन्तव्य कालीका मन्दिर बन्द हुदा बागलुङका हाेटल ब्यवसाय पुर्ण रूपमा प्रभावित बनेको नेपाल हाेटल ब्यबसाय संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चाेखालले बताए ।
निषेधाज्ञाकाे कारण मठ मन्दिर पर्यटन केन्द्र बन्द हुदा बागलुङ सदरमुकाममा रहेका दर्जनाै ठूलो सानो हाेटल बन्द हुनुका साथै गाउँ गाउँ बाट आउने तरकारी फलफूल दूध दही लगायतका सामग्री समेत ले बजार नपाउदा किसान समेत मारमा परेका छन् ।
देशमा निषेधाज्ञा जारी गरेर सबैलाई घर भित्रै सुरक्षित बस्न अनुरोध गरेपछि त्यसको प्रत्यक्ष प्रभाव मन्दिरमापरेको देखिन्छ । कालीका भगवती मन्दिरमा १९ जना युवाले प्रत्येक्ष रूपमा राेजगारी समेत पाइरहेका छन् ।
झण्डै ९ महिनाको बन्दाबन्दी पछि खुलेको कालीका भगवती मन्दिर ५ महिनापछि पुन काेराेनाकाे संक्रमण बढ्ने भन्दै सरकारले निषेधाज्ञा जारी गरेपछि प्रत्यक्ष रूपमा प्रभावित बन्न पुगेको छ ।
प्रसिद्ध धार्मिक शक्ति पिठ कालीका भगवती मन्दिरमा पुजा अर्चना गरे आफ्नो मनाेकांक्षा पूरा हुने जन बिश्वासका कारण देशभरि बाट बर्षमा ६ लाख भन्दा बढी भक्तजन आउने गर्छन् ।