धर्म-संस्कृति

गाईको शोकमा किरिया……..

रत्ननगर । आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् । भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन् । गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको बताइएको छ । उनी विगत १४ वर्षदेखि गाईको संरक्षण गर्दै आएका थिए । उनी विगत नौ दिनदेखि हिन्दू… पुरा पढौ

चैत्र २४ गतेदेखि चैत्राष्टमी मेला

बागलुङ – कोभिड–१९ ले दुई वर्षयता मेला, महोत्सव प्रभावित छन् । यहाँको ऐतिहासिक चैत्राष्टमी मेला पनि त्यसबाट अछुतो रहनसकेन । विसं २०७५ पछि रोकिएको मेला यो वर्ष हुने भएको छ । आउँदो चैत २४ देखि २८ गतेसम्म मेला गर्न लागिएको हो । पाँच दिनसम्म चल्ने मेलाको तयारी थालिएको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा मेलाको मूल आयोजक समिति बनेको छ । अध्यक्ष खड्काका अनुसार विगतकाझैँ खेलकूद र मनोरञ्जन क्रियाकलाप मेलामा समेटिनेछन् ।… पुरा पढौ

कालिका भगवती मन्दिरमा अब क्युआर कोडबाट भेटी

नेपालकै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा आधुनिक बैकिङ्ग प्रणाली क्युआर कोड सुरु गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको आवश्यकतालाई ध्यान दिँदै डिजिटल बैंकिङ प्रविधि क्युआर कोडको सुरु गरिएको हो । ब मन्दिरमा आउने भक्तजनहरुले दान दक्षिणा एवं भेटी क्युआर कोडको प्रयोग गरि चढाउन पाउने भएका छन् प्रभु बैंक बागलुङ शाखाले शनिबार एक कार्यक्रमको आयोजना गरि मन्दिर व्यवस्थापन समिति उपाध्यक्ष लिला देवी खड्कालाई क्युआर कोड हस्तान्तरण गरेको हो । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले सरकारी तथा गैरसरकारी… पुरा पढौ

हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रतको आज साङ्गे

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने कामको पनि आजैदेखि अन्त्य गरिँदैछ । विधिपूर्वक एकमहिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८… पुरा पढौ

सुस्ताएका पर्यटकीय क्षेत्रलाई ब्युझाउन सहयोगी बन्दै टिकटक एप्स

पछिल्लो समय नेपालमा टिकटक एप प्रति मानिसहरुको रुची बढ्दै गएको छ । मनोरञ्जनका लागि तथा सूचना समाचारका लागि समेत यो माध्यम प्रभावकारी बन्दै गएको पाइन्छ । यस संगै टिकटकको माध्यमबाट सुस्ताएका पर्यटकीय क्षेत्र, ग्रामिण बस्ती तथा प्राकृतिक सौन्दर्यले भरिपुर्ण क्षेत्रहरुको प्रचार प्रसार संगै पर्यटकको आगमन बृद्धि गर्न पनि फाईदा पुगेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।प्रतिभा प्रदर्शन गर्न, कलाकारिता, राजनीति देखि व्यक्तिगत समस्याका बिषय पनि टिकटक एप्समा अहिले छरपस्ट देख्न पाइन्छ । अहिले टिकटक सबैको रुचीको बिषय समेत बन्दै गएको छ… पुरा पढौ

वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा, यस्तो छ पौराणिक महत्त्व 

वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो । यस दिन विद्याकी देवी सरस्वतीको पूजाआराधना गरिन्छ । विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय, मन्दिर विशेषमा उनको उपासना गर्ने गर्छन् । मूर्तिमा, प्रतिमा या उनका चित्र अङ्कित फोटोहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मनपर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाई, कपुर, वस्त्र, भेटी, चन्दन, बेल, मूला, लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन् । विद्या प्रकाश हो, अविद्या अँध्यारो, अज्ञानताको पर्दा नउघारी भक्तिको उदय सम्भव… पुरा पढौ

सहरमा बस्ने मोह 

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार अहिले नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । दस वर्षअघि गरिएको जनगणनामा कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । दस वर्षको अवधिमा नेपालमा २६ लाख ९७ हजार ९७६ जनसङ्ख्या बढेको छ । उक्त सङ्ख्यालाई प्रतिशतमा नाप्दा १०.१८ हुन्छ । यस अवधिमा नेपालको जनसङ्ख्याको वार्षिक वृद्धिदर ०.९३ प्रतिशत भएको छ । जुन दस वर्षअघि १.३५ प्रतिशत थियो । कुल जनसङ्ख्यामा पुरुष ४८.९६ प्रतिशत र महिला ५१.०४… पुरा पढौ

यसकारण सजाइन्छ ‘क्रिसमस ट्री’

डिसेम्बर २५ विश्वभर सद्भाव र प्रेमका साथ प्रभु येशुको जन्मदिनको उत्साहको रूपमा क्रिसमस मनाइन्छ । क्रिसमसमा, चर्च जाने, प्रार्थना गर्ने, घर सजाउने र केक काट्ने चलन छ, जुन संसारभरका मानिसहरू गर्छन् । तर, यससँगै क्रिसमसको अवसरमा मानिसहरू घरमा ‘क्रिसमस ट्री’ ल्याएर सजाउने गर्छन् । घरमा हुने वास्तु दोषलाई रोक्न क्रिसमस ट्रीले महत्वपूर्ण भूमिका खेल्छ भन्ने मान्यता छ । यसकारण क्रिसमस ट्रीचिनियाँ वास्तुशास्त्रअनुसार घरको नकारात्मक ऊर्जालाई हटाउन क्रिसमस ट्री विशेष मानिन्छ । जुन परिवारमा नकारात्मक ऊर्जाको छायाँ हुन्छ, त्यस परिवारमा क्रिसमस… पुरा पढौ

अक्सफोर्ड विश्वविद्यालयको संग्रहालयमा भेटियो नेपालबाट चोरी भएको १३ सय वर्ष पुरानो मूर्ति

काठमाडौँ – नेपालबाट चोरी भएको कम्तीमा १३ सय वर्ष पुरानो मूर्ति बेलायतको एक संग्रहालयमा फेला परेको छ। सातौँ–आठौँ शताब्दीको अवलोकितेश्वर/बोधिसत्व पद्मपानीको ढुंगाको मूर्ति काठमाडौँको लगन टोल तः बहामा रहेको बौद्धबिहारबाट चोरी भएको थियो। सन् १९८० को दशकमा चोरी भएको सो मूर्ति इंग्ल्याण्डस्थित अक्सफोर्ड विश्वविद्यालयको एश्मोलिएन म्युजियम अफ आर्ट एण्ड आर्किओलोजीको संग्रहमा फेला परेको नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ। लगन टोलको बौद्धबिहारबाट सो… पुरा पढौ

हेलिकोप्टरबाट नदेखिने छाउगोठका दर्दनाक कहानी

एक जना वृद्धाले सुदूरपश्चिममा भनेकी थिइन्, ‘मलाई त छाउ हुने बेला आएपछि पिर पर्न थाल्थ्यो। वर्षातको बेलामा त कुन गोठ चुहिँदैन भनेर खोज्नु पर्थ्यो। गाउँका धेरै महिला एकै चोटी छाउ हुँदा त गोठमा पनि बस्न गाह्रो हुन्थ्यो। चुहिने गोठमा बस्दा बस्दा घरका मानिससँग छाता माग्दा, ‘तिमी छाउपडीलाई छाता चाहिने’? भनेर हप्काउँथे। जाडो र वर्षामा धोएको लुगा नसुकेर घरका मानिसँग सुकेको लुगा माग्दा ‘तिमी छाउपडीलाई किन सुकेको लुगा चाहियो?’ भन्थे। धेरै जना महिला एकै ठाउँमा बस्दा खुट्टा तन्काउने ठाउँ पनि हुँदैनथ्यो।… पुरा पढौ