आज नवरात्रको आठौं दिन। नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ। श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः।महागौरी शुभं दद्यान्महादेवप्रमोदया।। महादेवको प्रिय महागौरीको स्वरुप अनुपम रहेको छ। महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने र वर्ण पनि गोरो रहेको छ।महागौरीको पूजाआराधनाले मनुष्यमा रहेको अनेक दोष हट्ने पूर्वजन्ममा गरेका पापसमेत नाश हुने विश्वास रहेको छ। महागौरीको भक्तिले अलौकिक सिद्धि प्राप्त हुने जनविश्वास छ। नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ…
पुरा पढौ