
जापानमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू यसपालीको भाइ टिकामा निराश हुनु नपर्ने भएको छ ।
नेपालीको महान चाड तिहारमा परिवारबाट टाढा भएर एक्लो महसुश गर्ने नेपाली दाजुभाइलाई दिदीबहिनीले टोकियोको शिन ओकुबोमा सामूहिक भाइ टिका लगाई दिएर तिहारलाई यस पटकदेखि जापानमा विशेष बनाउन लागिएको दिदीबहिनी समूह जापानले जनाएको छ ।
जापानमा लामो समयको बसाईबाट नेपाली समाजमा देखेको भोगेको कुराहरूमा बिशेष गरी हामी नेपालीहरूको विभिन्न चार्ड पर्व आउदा हुने एक्लोपनलाई नयूनिकारण गर्दै जापानबासी नेपालीहरुले आ-आफ्नो धर्म सस्कृतिलाई निरन्तरता दिन सहयोग पुर्याउने उद्देश्यले सामूहिक भाइ टिकाको आयोजना गरिएको एनआरएनए संरक्षक तथा सामाजिक अभियन्ता अनिता गुरुङले बताईन ।
“तिहारको बेला पनि विभिन्न संघ सस्थाले शुभकामना आदनप्रदानको कार्यक्रम आयोजना गरी रहेको पाईन्छ । तर यही तिहारको बिशेष दिन भाइटीकाको भने कसैले आयोजना गरेको खासै देखिएन” गुरुङले भनिन- उक्तदिनको सामाजीक संजालहरूमा दाजुभाइले टिका लगाउन नपाएको अथवा दिदीबहिनीहरुले पनि सामाजिक संजालबाट नै शुभकामना दिएको वर्षौदेखि गरेको अनुभवका आधारमा यस वर्षबाट सामूहिक भाइटिका आयोजना गरेका हौ ।
२७ अक्टुबर बिहिबार अर्थात् भाइटिकाको दिन टोकियोको सिनओकुबु रोयल गार्डेन रेष्टुरेण्टमा दिनको १२ः १५ देखि साँझको ५ बजेसम्म सो सामूहिक भाइटिका गरिने र त्यसका लागि अनिता, इन्दिरा र लक्ष्मीलाई सम्पर्क गर्न सकिने पनि सो समूहले जनाएको छ ।
पछिल्लो तथ्यांक अनुसार जापानमा नेपालीको जनसंख्या १ लाख २५ हजार ९ सय ९८ पुगिसकेको र यसमा नया पिंढीको जनसंख्या पनि उल्लेख्य रहेकोले हाम्रो संस्कार सस्कृति बिस्तारै लोप हुनबाट बचाउनको लागि पनि प्रवासमा यस खालका कार्यक्रम अपरिहार्य रहेको आयोजकको भनाइ छ ।
सामूहिक भाइटिका भएकोले उक्त कार्यक्रममा जो कोहिले पनि सहभागिता जनाउन सक्ने पनि बताईएको छ । यो कार्यक्रमले भाइटीकाको न्यास्रो मेटाउन मद्दत पुग्ने विश्वास पनि आयोजकले लिएको छ ।
साथै बिदेशमा भएको नेपाली हुनुको नाताले जापानी सहित बिदेशी नागरिकहरु पनि सो कार्यक्रममा आएमा पनि स्वागत गर्ने र यसले नेपालीहरूको सास्कृति बारेमा विदेशीलाई जानकारी भै नेपाल भ्रमणमा जान उत्प्रेरित गराउन सहयोग उत्साहित हुने पनि अपेक्षा गरिएको छ ।



