धर्म-संस्कृति

आज एकैदिन रक्षाबन्धन जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए ।… पुरा पढौ

नवलपुर समाज-जापानले तिज धमाका कार्यक्रम आयोजना गर्ने

नेपाली हिन्दू नारीहरूको महान चाड हरितालिका तिजको अवसरमा नवलपुर समाज-जापानले “तिज धमाका विशेष सांगीतिक कार्यक्रम” गर्ने भएको छ ।नेपालका चर्चित तथा जापानमा रहेर सांगीतिक कर्म गर्दै आएका गायक-गायिकाको साथमा यही अगष्ट २९ गते सोमवार सो कार्यक्रम गर्न लागिएको हो । तिजको दर खाने दिन दिउँसो ३ बजेबाट शुरू गर्ने योजना रहेको “तिज धमाका” कार्यक्रम कावासाकी स्टेसनसंगै रहेको व्यापारिक केन्द्र लाजोनाको ५ औं तल्लामा रहेको हलमा राखिएको कार्यक्रम संयोजक प्रेमप्रसाद कँडेलले जानकारी दिनुभयो ।संयोजक कँडेलका अनुसार, कार्यक्रममा सहभागिताका लागि साधारण टिकट… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले तिज धमाका २०२२’ आयोजना गर्ने 

गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा ‘तिज धमाका २०२२’ आयोजना गर्ने भएको छ। तिजको अवसरमा कान्तो क्षेत्रीय समितीले आफ़नो स्थापना कालदेखि नै निरन्तर कार्यक्रम अन्तरगत यस वर्ष सो कार्यक्रम गर्न लागिएको अध्यक्ष राजु बस्नेतले जानकारी गराए। नेपालका ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने उक्त कार्यक्रममा टोकियोमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि समेत अध्यक्ष बस्नेतले अनुरोध गरेका छन । विगतदेखि कार्यक्रम गर्दै आइरहेको कान्तो क्षेत्रीय समितिले कोभिड -१९ को महामारीका कारण… पुरा पढौ

ओन्सेनमा ‘निवस्त्र’ हुदाको त्यो पहिलो क्षण ! संस्मरण

नङ्ग्याउने भए जापानवासी नेपाली मित्रहरूले भन्ने कुराको छनक पाइसकेको थिएँ । प्रकाश पौडेल ‘माइला’ र लोकनाथ वस्तीले जापानी भाषामा ‘ओन्सेन’ भनिने प्राकृतिक रूपमा निस्किने तातोपानीको नुहाउने घरअगाडि पुर्याएपछि मचाहिँ मानसिक रूपमा नाङ्गिन तयार भइसकेको थिएँ । नेपालबाट आएका केही मित्रहरू त्यसबारेमा अनभिज्ञ थिए । वास्तवमा ओन्सेनमा नुहाउन जाँदा लुगा लगाएर प्रवेश गर्न पाइँदैन भन्ने कुरा मलाई थाहा थियो । ओन्सेनका बारेमा थाहा पाएकाले त्यहाँ अनिवार्य रूपमा नाङ्गिनुपर्दछ भनेर बुझिहाल्छन् । हामीलाई अनौठो लाग्ने तर सामूहिक रूपमा नाङ्गै नुहाउने त्यो परम्परा… पुरा पढौ

पूर्वजले बनाएको जिर्ण चौतारीलाई नया रूप दिएरै छाडे जापानमा कार्यरत राम थापा काजीले

उबेला चौतारीमा भरिया सुस्ताउँथे, बटुवाले बिसाइ मार्थे । खेतीपाती र घाँसदाउरा गर्नेहरु थकान मेट्थे । चौतारीमा वरपीपल हुन्थे । तिनले धार्मिक विश्वास बोक्थे । चौतारी लोकजीवनका साझी थिए । पछि विकास आयो । मानिसका आनाबानी फेरिए । चौतारी बेवास्तामा परे । कति सडकले मासे । कुनै सम्भार नपाई भत्के । गाउँको चिनारी बोकेका चौतारी सङ्कटमा पर्दै गए । समयसालमा लोपै भएर पो जाने हुन् कि भन्ने पीरलो थपियो । गाउँलाई सडकले छिचोलेपछि चौतारी ओझेलिए । रेखदेख पनि भएन । यस्तो… पुरा पढौ

यूट्यूबभरि छाउन लागे तीज गीत, सधैँ चलिरहने लोकदोहोरीलाई पारे ओझेलमा

दश दिनमै ३० लाख बढी ‘भ्युज’ बटुल्दै तीज गीत ‘झमझम झम्काना’ युट्युब ‘ट्रेन्डिङ’को शीर्षस्थानमा कायम छ । म्युजिक भिडियोले ६६ हजार लाइक पाएको छ भने छ हजार बढीले गीतमाथि टिप्पणी गरेका छन् । भगिरथ चलाउने र सुनिता बुढा क्षेत्रीले स्वर दिएको उक्त गीत दर्शक,स्रोताको रुचाइमा परेको हो । बमबहादुर गाहा मगरको शब्द रहेको गीतमा सङ्गीत पनि गायक चलाउनेले नै दिएका छन् । गीत टिकटक प्रयोगकर्तामाझ पनि लोकप्रिय बनेको छ । मनछुने भाका, शब्द र सुरिलो गायकीले गीतमा प्राण भरेको छ… पुरा पढौ

जापानमा गोल्डेन विक (GOLDEN WEEK) छोटो जानाकारी

जापानमा अप्रिल २९ देखि मई ५ सम्मको अबधिलाई सुनौलो हप्ताका रूपमा मनाईन्छ । शनिबार र आईतबार नपरेमा मई १ र २ मा भने सरकारी कामकाज हुन्छन् । मई १ मा अन्तराष्ट्रिय श्रमिक दिवश परे पनि कार्यलयहरू बन्द हुँदैनन् ।अप्रिल २९ ,र मई ३,४,५ मा सार्वजनिक बिदा दिईन्छ । छोटो परिचय : अप्रिल २९ (राष्ट्रिय बिदा)शोवा दिवस (शोवा नो ही )पूर्व सम्राट शोवाको जन्मदिन अप्रिल २९ मा हो ।२००७ भन्दा पहिले, अप्रिल २९ लाई नै हरियाली दिवसका रूपमा पनि मनाईन्थ्यो भने… पुरा पढौ

बागलुङको चर्चित चैते दसैं मेलाको मौलिकता हराउँदै 

बागलुङको बडिगाड गाउँपालिका–४ जलजलाका शशिराम विक २८ वर्षदेखि चैते दसैं मेलामा चोयाका सामग्री डाला, नाग्ला र डाली बेच्न बागलुङ बजार नजिकै रहेको कालिका मन्दिर परिसरमा आउँछन्।   बिहीबारदेखि सुरू भएको चैते दसैं मेलामा उनले जम्मा ४० थान मात्रै डाला बिक्रीका लागि ल्याएका छन्। बर्सेनि डालाको व्यापार घट्दै गएपछि विकलाई डाला उत्पादनमा त्यति जाँगर नलाग्ने गरेको बताइएको छ।  कोरोना भाइरस संक्रमणले दुई वर्ष चैते दसैं मेला नभएका कारणबाहेक २८ वर्षदेखि मेलामा चोयाका सामग्री बिक्री गर्न आएका विकले चैते दसैंको मौलिकता हराउँदै गएको बताए। परम्परा धान्नकै लागि जलजलाबाट… पुरा पढौ

जापानको अनौठो नग्न पर्व अर्थात् हादाका माचुरी

जापानमा एउटा अनौठो पर्व छ । हादाका माचुरी भन्ने । यसलाई नाङ्गो मानिसको उत्सव पनि भनिन्छ जुन सबैभन्दा विलक्षण जापानी चाडहरू मध्ये एक हो । यसमा विश्वभरका मानिसहरू उपस्थित हुन्छन् । जापानको सैदाइजी मन्दिरमा हरेक वर्ष फेब्रुअरी महिनाको तेस्रो शनिबार हुने यो पर्व छिट्टै जापानी संस्कृतिको एउटा उल्लेखनीय पक्ष बनेको छ । लगभग पूर्ण नग्न १० हजार पुरुषहरूले राति चिसो खप्दै ५०० वर्ष पुरानो रीतिरिवाज मनाउने गर्दछन ।  महोत्सवको उत्पत्ति image credit – screen shot via thadpope.com ओकायामाको सैदाइजी मन्दिरमा भएको… पुरा पढौ

यसकारण मनाइन्छ होली 

होली पर्व रंगहरुको पर्व हो । हिन्दू धर्म अनुसार यो पर्व फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । यो पर्वले खराबीमाथि राम्रोको विजयको प्रतीक हुनुका साथै होली पर्वले भगवानप्रतिको हाम्रो आस्थालाई पनि बढाउँछ किनभने यस दिन भगवान विष्णुले आफ्ना भक्त प्रह्लादको अटल भक्तिका कारण रक्षा गरेका थिए । होली पर्वलाई भक्त प्रह्लाद र राजा हिरण्यकश्यपुको कथासँग जोडिएको हुँदा यही कथाका कारण होली पर्व मनाइन्छ । होलीको इतिहासको बारेमा कुरा गर्दा हिन्दू धर्ममा राजा हिरण्यकशिपु, उनकी बहिनी होलिका र राजाका छोरा प्रह्लादको… पुरा पढौ