धर्म-संस्कृति

ग्रहणः नाङ्गो आँखाले देखिने यो अद्भुत खगोलीय घटना के हो र कति किसिमको हुन्छ?

ग्रहणहरू दर्शनीय खगोलीय घटना हुन्। ग्रहण हेर्न इच्छुक मानिसलाई लक्ष्य गरेर पर्यटन पनि फस्टाएको छ।  मंसिर ३ गते शुक्रवार पृथ्वीबाट यो शताब्दीको सबैभन्दा लामो खण्डग्रास चन्द्रग्रहण देखिन लागेको छ।  विज्ञहरूका अनुसार यो ग्रहणको अवधि झन्डै साढे तीन घण्टाको हुनेछ। पाँच सय ८० वर्षपछि यति लामो अवधिको खण्डग्रास अर्थात् आंशिक चन्द्रग्रहण देखिन लागेको बताइएको छ।  यो ग्रहण हेर्न नोर्थ अमेरिकालाई उपयुक्त स्थान मानिएको भए पनि नासाका अनुसार दुवै अमेरिकी महादेश, पूर्वी एशिया, अस्ट्रेलिया र प्रशान्त क्षेत्रबाट देखिनेछ। तर नेपालको आकाशमा भने… पुरा पढौ

आज भाइटीका, बिहान ११ः०२ बजे उत्तम साइत

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।  प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता… पुरा पढौ

बागलुङको घुस्मेलीमा लाग्ने हरिबोधनी एकादशी मेलाको तयारी तिव्र

त्रिशुली युवा क्लव ताराखोला गाउँपालिका–३ घुस्मेलीले संचालन गर्ने हरिबोधनी एकादशी मेला २०७८ को तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ। मेलालाई भव्यताका साथ सम्पन्न गर्नको लागि तयारी वैठक बसि जिम्मेवारी बांडफांड गरिएको छ। घुम्टे हाम्रो सान, पर्यटन विकास हाम्रो अभियान भन्ने मुल नाराका साथ विगतका वर्षहरुमा झै यस वर्ष पनि त्रिशुली युवा क्लव ताराखोला गाउँपालिका वडा नम्वर ३ हिल घुम्मेलीले हरिवोधनी एकादशी मेला भव्यताका साथ सञ्चालन गर्न लागिरहेको छ ।तयारी वैठकले मेघ थापाको संयोजकत्वमा १३ सदस्यीय खेलकुद उपसमिति, रविन्द्र चोखालको संयोजकत्वमा… पुरा पढौ

जापानको जीवनशैली,व्यवहार र हामीले सिक्नुपर्ने कुराहरु

शिष्टाचार: शिष्टाचार,जापानी संस्कृतिको एक महत्त्वपूर्ण अंश हो, भेटघाट गर्दा , बिदा  लिँदा,छुट्टिदा , अनि  केहि कुरा सोध्न पर्दा जापानीहरु  नम्र भएर  एक आपसमा शिष्टाचार आदानप्रदान गर्ने गर्छन। जापानीहरूले हातमिलाउने वा हल्लाउने प्रकृतिको शिष्टाचार बिरलै गर्न गरेको पाइन्छ । जापानीज समाज आपसी शिष्टाचारको बिषयमा अति संबेदनशील हुने गर्छन् । उनीहरु एकअर्काप्रति  शिष्टाचार पूर्ण ब्यबहारको अपेक्षा गर्ने गर्दछन् । जापानीज समाजमा शिर झुकाएर एक आपसमा अभिबादन गर्नु जापानिज समाजको सम्मानको परम्परा हो । जब उनीहरु कसैलाई  शिष्टाचारपूर्ण अभिवादन गर्दै  माफी  माग्छन् भने … पुरा पढौ

बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा पर्व

काठमाडौं- नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम… पुरा पढौ

संसारभरि नेपालीहरु दशैं मनाउँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना संदेश

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंका अवसरमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिकाे कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीको संक्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दशैं मनाउन सबैमा आग्रह पनि गरेकी हुन् । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैं लगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएको बताएका छन् । बडादशैंका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान… पुरा पढौ

यस्तो छ दशैँमा लगाइने टीका र जमराको महत्त्व !

काठमाडौँ – निलो र सफा आकाश । तालु पोल्ने घाम । वर्खा सकिएर भर्खरै सुकिलो बनेका बाटोहरू । ऋतुले नै दसैँ बोलाएको जस्तै । खुलेको आकाश । खेतमा लहलह धानका बाला । बारी भरी कोदाको कपानी अनि फुल्नै लागेका सयपत्रीका गुच्छाहरू । साँच्चि नयाँ ऋतु र दसैँ मनाउने महिना पनि रमाइलो छ । कवि शिरोमणि लेखनाथ पौडेलले कवितामार्फत व्यक्त गरेका छन्– ‘हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा, भवानीको भयो पूजा आनन्दको वर्षा ।’ दसैँलाई नेपालीहरूले राष्ट्रिय तथा महान् पर्वका… पुरा पढौ

महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै

काठमाडौँ- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल… पुरा पढौ

बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिदै

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादशैंका रूपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन्।बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ। यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ। यसै कारण आजको दिन… पुरा पढौ

नवरात्रमा के कस्ता कुराबाट बच्नुपर्छ, यसबारे थाहा पाउनुहोस् ।

असोज २१ बाट शुरु भएको दशैंको अहिले नवरात्र जारी छ । माता दुर्गाको ९ रुपको उपासनाले सुख–समृद्धिको इच्छा पूरा हुने धार्मीक विश्वासमा नवरात्रिमा देवीको ९ दिनको ब्रत र पूजा गरीन्छ । यो ९ दिनमा हरेकले केही विशेष नियमको पालना गर्नुपर्ने धार्मीक विश्वास छ । नवरात्रमा के कस्ता कुराबाट बच्नुपर्छ, यसबारे थाहा पाउनुहोस् । - नवरात्रिका बेला हल्का र सात्विक भोजन गर्नुपर्छ ।– नवरात्रका बेला खानामा प्याज, लसुन र माछा–मासु समावेश नगर्नु राम्रो मानिन्छ ।– नवरात्रिको ब्रत राख्दा खानामा सिधे नुनको… पुरा पढौ