बागलुङको घुस्मेलीमा लाग्ने हरिबोधनी एकादशी मेलाको तयारी तिव्र

-


     जनहित न्युज    
     कार्तिक १८ गते २०७८


त्रिशुली युवा क्लव ताराखोला गाउँपालिका–३ घुस्मेलीले संचालन गर्ने हरिबोधनी एकादशी मेला २०७८ को तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ।

मेलालाई भव्यताका साथ सम्पन्न गर्नको लागि तयारी वैठक बसि जिम्मेवारी बांडफांड गरिएको छ।

घुम्टे हाम्रो सान, पर्यटन विकास हाम्रो अभियान भन्ने मुल नाराका साथ विगतका वर्षहरुमा झै यस वर्ष पनि त्रिशुली युवा क्लव ताराखोला गाउँपालिका वडा नम्वर ३ हिल घुम्मेलीले हरिवोधनी एकादशी मेला भव्यताका साथ सञ्चालन गर्न लागिरहेको छ ।
तयारी वैठकले मेघ थापाको संयोजकत्वमा १३ सदस्यीय खेलकुद उपसमिति, रविन्द्र चोखालको संयोजकत्वमा ३ सदस्यीय आर्थिक उपसमिति, सविता खत्री शान्ति र दर्पण मगरको संयोजकत्वमा सञ्चार उपसमिति, निरज वस्नेतको अध्यक्षतामा ८ सदस्यीय यायायात उपसमिति, सुस्मिता घर्ती र रविन विकको संयोजकत्वमा सांस्कृतिक उपसमिति, दर्पण मगर र सरोज चालिसेको संयोजकत्वमा विद्युत् उपसमिति, कर्ण वहादुर भण्डारीको संयोजकत्वमा ३ सदस्यीय मञ्च व्यवस्थापन उपसमिति, सुमन कार्की र दिपक खत्रीको संयोजकत्वमा स्लो वाईक रेश उपसमिति गठन गरिएको क्लवका सचिव गणेश वहादुर कार्किले जानकारी दिनुभयो ।
वैठक क्लवका अध्यक्ष जिवन वस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कात्तिक २६ गतेदेखि २९ गतेसम्म संचालन हुने मेलाको अवसरमा खुल्ला वडा स्तरीय पुरुष भलिबल , सामुहिक नृत्य , त्यस्तै कार्यक्रममा सोलो बाईक रेस, लगाएतका प्रतियोगिताको आयोजना गरिएको छ।

कार्यक्रमको अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुतको साथमा त्रिशुली नदीमा लोक बाजा, भजन सहित ३ सय ६५ हात लामो तोरण तारेर मेला समापन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?