प्रवास

एनआरएनएको निर्वाचन कार्यतालिका स्थगित, विवाद समाधानका लागि समिति गठन

लण्डन (जीएनएन) -- गैरआवासीय नेपाली संघ (एनआरएनए ) १० औं महाधिवेशनका लागि प्रतिनिधि सम्बन्धी विवाद सर्वसम्मतिका आधारमा समाधान गर्नका लागि अध्यक्ष कुमार पन्तले चार सदस्यीय उच्चस्तरीय समिति गठन गरेका छन् ।उक्त समितिमा संघका सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार डा. यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबि क्षेत्री छन् ।उक्त समितिको ‘टर्म्स अफ रेफरेंस’ र समयावधि भने सार्वजनिक गरिएको छैन।अध्यक्ष पन्तद्वारा बुधबार जारी गरिएको वक्तव्यमा संघभित्र देखिएको बिषम परिस्थितिको सर्वसम्मत समाधान खोज्न प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु र आइसीसी… पुरा पढौ

प्रमुख निर्वाचन आयुक्त पौडेलले दिए राजीनामा, निर्वाचन कार्यपालिकामा हेरफेर गर्दै उम्मेदवार मनोनयन १६ तारिक

गैर आवासीय नेपाली संघमा डेलिगेट्स छनोटमा अनियमितता भएको पाईएपछि निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेलले आफ्नो पदबाट राजीनामा दिएका लगत्तै अध्यक्ष कुमार पन्तले स्विकृत गरिदिएका छन् । निर्वाचन आयुक्तमा नेपाल बार एसोसिएसनका महासचिव अधिवक्ता लिलामणी पौडेल थिए । पौडेलले आज नेपाल बार एसोसिएसनले सर्बोच्च अदालतका प्रमुख न्यायधिश चोलेन्द्र शमशेर राणाबिरुद्दको आन्दोलन चर्काउनुपर्ने र अत्यन्त ब्यस्तताका कारण एनआरएनए निर्वाचन आयुक्तकारुपमा समय दिन नसकेको कारण देखाउँदै राजिनामा दिएको एनआरएनए अध्यक्ष कुमार पन्तले बताए । उनले भने “पौडेलजीले नेपाल बार एसोसिएसनको आन्दोलनमा… पुरा पढौ

बेलायतका चार पत्रकारलाई बिएनसिसी सम्मान

लन्डन । ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसिसी) ले बेलायतमा कार्यरत चार नेपाली पत्रकारलाई सम्मान गरेको छ । बिहीबार बेलुका लन्डन इलिङस्थित हिल्टन होटेलमा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरिएको हो। बिएनसिसीको सम्मान प्राप्त गर्नेहरुमा पत्रकारहरु ध्रुवराज अर्याल, नवीन पोखरेल, शिव भण्डारी र डा जगन कार्की छन् । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल र बिएनसिसी अध्यक्ष डा कपिल रिजालले सम्मानपत्रसहित सम्मान गरेका थिए ।बेलायतमा रहेर मिडियाको क्षेत्रबाट नेपाल र नेपाली समुदायमा पुर्‍याएको योगदानको कदर… पुरा पढौ

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुले महाधिवेशनका लागि डेलिगेट्स सम्बन्धी विवाद नसुल्झिंदासम्म शुल्क नबुझाउने चेतावनी

काठमाडौँ (जीएनएन)-- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुले दशौँ महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) सम्बन्धी विवाद नसुल्झिंदा सम्म एनसीसीहरुले केन्द्रलाई बुझाउने शुल्क नबुझाउने चेतावनी दिएका छन्। टिम कुलद्वारा बिहीबार आयोजित खुला डबलीलाई सम्बोधन गर्दै राष्ट्रिय समन्वय परिषद (एनसीसी) युकेका अध्यक्ष प्रेम गाहा मगरले एनसीसी युकेले विधान सम्मत ढंगले १७७ जना प्रतिनिधिको सूची अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) लाई पठाएको र केन्द्रले त्यसलाई स्वीकार्नु पर्ने बताए। "यदि हाम्रो सूचीलाई जस्ताको तस्तै स्वीकारिएन भने हामीले पनि सदस्यता शुल्क केन्द्रलाई पठाउने छैनौं," उनले… पुरा पढौ

एनआरएनए भित्रको विवाद समाधान गरेर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन सुझाव

काठमाडौं (जीएनएन) -- गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सल्लाहकारहरुले संघभित्रको जारी विवाद समाधान गरेर मात्र दशौं महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन् । हाल काठमाडौँमा जम्मा भएका लगायत सात जना सल्लाहकारहरुले दशौँ महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) छनोट सम्बन्धी विवाद समाधान गरेर मात्र निर्वाचनको प्रक्रिया अगाडि बढाउन जोड दिएका हुन् । गैरआवासीय नेपाली संघ आइसीसी सल्लाहकारहरू विश्व आदर्श पण्डित, कुल आचार्य, जमुना घले, यम कुमार गुरुङ (त्रिलोक), सोम सापकोटा, एसी शेर्पा र हरिबोल भण्डारीले निर्वाचनको शुद्धता र विश्वसनीयता… पुरा पढौ

नेपाली जनप्रगतीशील मंच जापान ओकिनावा क्षेत्रीय समितिको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द पौडेल (अनिष) निर्वाचित

नेपाली जनप्रगतीशील मंच जापान ओकिनावा क्षेत्रीय समितिको बुधवार सम्पन्न प्रथम अधिवेशनले गोबिन्द पौडेल (अनिष) को अध्यक्षतामा १५ सदस्यीय क्षेत्रीय कार्य समिति गठन गरिएको छ ।नेपाली जनप्रगतीशील मंच जापानको राष्ट्रिय कमिटीका अध्यक्ष हवलचन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनले ज्ञान कुमार श्रेष्ठ, ज्ञान थापा प्रकाश जंग तामाङलाई उपाध्यक्ष बिश्व नाथ यादबलाई सचिव, अमृत खडकालाई सह सचिव र संम्झना पोखरेललाई कोषाध्यक्षमा चयन गरिएको छ ।त्यसैगरि अधिवेशनले अप्सरा दाहाल, टिस्टा राइ, निरज उप्रेती, मोहन पाठक, निर्मल गिरी, प्रतिमा लामिछाने, निरज जोशी र खगेन्द्र… पुरा पढौ

नेपाली जनप्रगतिशील मंच जापानको सेन्दाइ क्षेत्रीय समिति गठन, अध्यक्षमा तेजप्रसाद दाहाल

नेपाली जनप्रगतिशील मंच जापानले आफ़्नो राष्ट्रिय अधिवेशन डिसेम्बर १२ मा सम्पन्न गर्नु अघि क्षेत्रीय समितिका अधिवेशन धमाधम गरिरहेको छ ।आक्रामक रूपमा संगठन विस्तारलाई जोड दिइरहेको मंचले मंगलबार जापानको सेन्दाइमा प्रथम अधिवेशन सम्पन्न गर्दै तेजप्रसाद दाहालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गर्दै सेन्दाइ क्षेत्रीय समितिको गठन गरिएको छ ।नेपाली जनप्रगतीशील मंच जापानका राष्ट्रिय समितिका अध्यक्ष हवलचन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनले उपाध्यक्षमा रमेश देवकोटा, सचिवमा छिरिङ तामाङ, सह सचिवमा सबित्रा नेपाली र कोषाध्यक्षमा युघिर भुजेललाई चयन गरिएको संयोजक दाहालले जानकारी… पुरा पढौ

पन्चेबाजाको तालसंगै सम्पन्न भयो नेपाली जनप्रगतिशील मंच,कान्साइ क्षेत्रीय समितिको अधिवेशन

मानिसहरू भित्र बाहिर गरिरहेका थिए, कोही पाहुनाहरूको स्वागतमा लागिरहेका थिए त, कोहि मंच व्यवस्थापनका लागि खटिरहेका त कतै पन्चेबाजाको धुनले ठूलो उत्सवको झल्को दिइ रहेको थियो । मंचमा झुण्डिरहेको ठुलो ब्यानर लेखिएको थियो “सम्पूर्ण प्रवासी नेपाली एक हौ”मंचमा लहरै अतिथिहरू बसेका छन, उद्घोषकले कार्यक्रमको सुरुवात गर्दै नेपालको सामाजिक,राजनैतिक परिवर्तन गर्न आफ़नो प्राण आहुति दिने शहिदप्रति मुठी उठाएर श्रद्धानजली अर्पण गर्दा विगतको नेपालका क्रान्तिकारी प्रगतिशील राजनैतिक दलले गरेको भव्य कार्यक्रम भन्दा कमि थिएन ।नेपाली जनप्रगतिशील मंच जापानले आफ़नो महाधिवेशन डिसेम्बर १२… पुरा पढौ

एनआरएनएको चुनाव रोक्न परराष्ट्रले दिएको निर्देशन कार्यान्वयन नगर्न उच्च अदालतको आदेश,तोकिएकै मितिमा अधिवेशन र निर्वाचन हुन्छ-संस्थापन पक्ष

काठमाडौँः उच्च अदालत पाटनले गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया रोक्ने परराष्ट्र मन्त्रालयको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको संयुक्त इजलासले यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।  यसअघि मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले मंसिर १९ गतेसम्म आदेश कार्यान्वयन रोक लगाउँदै अन्तरिम छलफलका लागि बोलाएको थियो।  उक्त मुद्दामाथि संघका अध्यक्ष पन्तको तर्फबाट डा भिमार्जुन आचार्य, शेर बहादुर केसी, विपिन सुवेदी र सतिस कृष्ण खरेलले  बहस गरेका थिए। सरकारको तर्फबाट… पुरा पढौ

नेपाल सरकारविरुद्ध एनआरएनएद्वारा दायर मुद्दा फिर्ता लिन माग (प्रेस विज्ञप्ति सहित)

काठमाडौँ -- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अध्यक्षहरुको दोश्रो विश्व भेलाले नेपाल सरकारविरुद्ध मुद्दा हाल्ने केन्द्रको कार्य दुर्भाग्यपूर्ण भन्दै फिर्ता लिन आव्हान गरेको छ । भेलाले संघको दशौं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि (डेलिगेट्स) हरु सम्बन्धी विवाद सम्बोधन नै नगरी निर्वाचन समितिले एकपक्षीय रुपमा निर्वाचन कार्यक्रम प्रकाशन गर्ने कामले अदालतको मानहानी भएको ठहर पनि गरेको छ । 'यस्तो कार्यले संस्थाभित्र विवाद बढ्दै जानुका साथै अन्ततः संघलाई विभाजनको बाटो तर्फ धकेल्ने खतरा देखिएको छ', भर्चुअल भेलाको निष्कर्ष छ, 'त्यसैले… पुरा पढौ