प्रवास

प्रवासी नेपालीहरूलाई डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न अर्थ मन्त्री शर्माको आग्रह

लण्डन - नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीहरुलाई नेपालमा डलर खाता खोलेरनेपालको समृद्धिमा योगदान गर्न र आफै लाभान्वित हुन आग्रह गरेका छन्।गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेद्वारा सोमबार आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै मंत्रीशर्माले एनआरएनहरुले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताए। "तपाईंहरुले थोरै सेवा गर्दिनोस्, मेवा पनि प्राप्त हुन्छ, तपाईहरुलाई पनि फाइदा पुग्ने छ।"अर्थमन्त्री शर्माले सरकारले वैदेशिक लगानीको वातावरण सहज बनाइ रहेको बताए। नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्न वर्षेनी अरबौं डलर… पुरा पढौ

डेलिगेट्स विवाद सुल्झाउन कुनै सहमति भएको छैन: आचार्य

काठमाडौँ - गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले ६ महिनादेखि जारी डेलिगेट्स विवाद सुल्झाउने सम्बन्धमा कुनै सहमति नभएको खुलासा गरेका छन्।जीएनएनसंग कुरा गर्दै आचार्यले भने, "संस्थालाई एकजुट राख्न र हाल जारी गतिरोधलाई निकास दिन मैले हरसंभव प्रयास गरिरहेको सबै साथीहरुलाई अवगत नै छ। त्यसैले डेलिगेट्स विवाद नसुल्झाएर कथित सहमति भयो भन्ने प्रचार प्रायोजित र झुट्ठा हो ।"'डेलिगेट्स विवाद सुल्झाउने भनेको नव निर्वाचित राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुले पठाएको डेलिगेट्स सूचीलाई मान्यता दिने हो। त्यसो नगरिंदा सम्म कथित सहमतिको… पुरा पढौ

गैर-आवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खोल्ने भनिएको ७ बुँदे सहमति पत्रमा अध्यक्षका प्रत्यासी कुल आचार्यले गरेनन हस्ताक्षर

लामो समयदेखि विवादमा अल्झिएको गैर-आवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खुलाउने उद्देश्यले गरिएको ७ बुँदे सहमतिपत्रमा अध्यक्षका प्रत्यासी तथा सल्लाहकार कुल आचार्य र उपसमिति कै सदस्य बिश्वआदर्श पण्डितले हस्ताक्षर नगरेपछि अब पनि १०औं महाधिवेशनको लागि लामो समयसम्म रहेको प्रतिनिधि विवाद साम्य पार्न संघभित्र निर्वाचन हुने कुरा अझै अनिश्चित भएको देखिएको छ । गैर-आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तद्वारा गठित विवाद समाधान उपसमितिले सात बुँदे सहमति गर्दै विवादलाई टुंग्गोमा पुर्‍याएको पुर्याइएको भनिएपनि प्रत्यासी आचार्यले सहमति पत्रमा हस्ताक्षर नगरेपछि त्यसको औचित्य के… पुरा पढौ

जापानको फकुओकामा एक नेपालीको शंकास्पद मृत्यु, दुईजना नेपाली पक्राउ गरि अनुसन्धान जारी

जापानिज भाषाको अध्ययनका लागि विद्यार्थी भिषामा तीन वर्षअघि जापानको फुकुओकामा आएका एक नेपाली विद्यार्थीको बिहिबार आफनै कोठामा शंकास्पद मृत्यु भएको छ ।नेपाल गोरखा घर भएका बर्सिला थरका ती नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएको भन्दै जापान प्रहरीले संगै बस्ने दुईजना नेपालीलाई पनि पक्राउ गरेर अनुसन्धनका गरिरहेको नेपाली राजदूतबास टोकियोले जानकारी दिएको निष्पक्ष अनलाइनले आफ़नो समाचारमा जनाएको छ ।बिहिबार राती तीन जना संगै बसेको र मध्यरातमा झै झगड़ा भई हातपात हुदा निजको मृत्यु भएको हुनसक्ने आशंकामा जापान प्रहरीले ढकाल र मगर थरका… पुरा पढौ

नाजायज माग राखेको भन्दै एनआरएनए जापानले असन्तुष्ट पक्षलाई साथमा नलिइ अघि बढ़ने निष्कर्षमा

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, जापानले सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने भावना हुँदाहुँदै पनि असंगतिपूर्ण मागहरु राख्ने पक्षलाई साथमा नलिई अगाडि बढाउने निचोडमा पुगेको बताएको छ । ५ महिने आफ़नो प्रगति तथा आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै एनआरएनए जापानले जुलाई ३० मा सम्पन्न निर्वाचनबाट उत्पन्न गराइएको असहज परिस्थितिमा पनि धैर्यता र संयमता अपनाउँदै असन्तुष्ट पक्षलाई पनि समेटेर उनीहरूको बिचारलाई सम्वोधन गर्दै अगाडि बढ्ने हरसम्भव प्रयास गरिएको तर नाजायज माग र पराजयको प्रतिशोधमात्रै साँध्नेगरि उठाईएका विषयहरु एनआरएनए जापानले र आईसिसिले… पुरा पढौ

घुम्टे युवा परिवार जापान शाखाको दोस्रो अधिवेशन जनवरी ११ तारिक हुने

सामाजिक सेवा, मानवीय सेवा र खेलकुदको क्षेत्रमा जापानमा आफ़नो छुट्टै पहिचान बनाएको बागलुङ ज़िल्ला कै पुरानो संस्था घुम्टे युवा परिवार मल्म अन्तरगत जापान शाखाको दोस्रो अधिवेशन जनवरी ११ तारिकका दिन हुने भएको छ ।बागलुङ जिल्ला गलकोट नगरपालिका ७ र ९ तत्कालिन मल्म गाविसबाट विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा अध्ययनको शिलशिलामा जापानमा रहेकाहरू बिचमा सामाजिक सत्भाव, आपसी एकता, खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले गठन गरिएको जापान शाखाको दोस्रो अधिवेशन जापानको टोकियोस्थित इकेबुकरोको चन्द्रसूर्य रेष्टुरेण्टमा गर्न लागिएको अध्यक्ष दिलबहादुरथापा रामुले जानकारी… पुरा पढौ

गैर आवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय समितिले प्रशिक्षाणात्मक कार्यक्रम सहित नव वर्षको शुभकामना आदानप्रदान गर्यो

गैर आवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय समितिले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।भर्च्युअल रूपमा आइतबार सम्पन्न सो कार्यक्रममा समग्र एनआरएनएको उद्देश्य, आवश्यकता,औचित्यको बारेमा जानकारीमूलक प्रशिक्षणका साथै एनआरएनए जापानको आगामी कार्ययोजना, संचालित कार्यक्रमको असर र प्रभाव, क्षेत्रीय समितिसँगको अन्तरसम्बन्ध, अन्तराष्ट्रिय समन्वय समितिमा जापानबाट प्रतिनिधित्व गर्नेहरूको भूमिका नेपाल फेष्टिवलको आवश्यकता र औचित्यका बारेमा प्रशिक्षात्मक कार्यक्रम सम्पन्न भएको क्षेत्रीय अध्यक्ष अर्जुन बगालेले जानकारी गराए ।कार्यक्रममा बोल्ने वक्ताहरूले एनआरएनएका अभियन्ताहरूले उद्देश्य अनुरूप बिधि विधानको… पुरा पढौ

निलुवा समाज चमुवा जापानको नया कार्यसमिति चयन, अध्यक्षमा मोहनराज सुबेदी

निलुवा समाज चमुवा जापानको चौथो अधिवेशनले मोहनराज सुवेदीको अध्यक्षतामा २०२१-२०२३ कार्यकालको लागि १५ सदस्यीय नया कार्यसमिति चयन गरेको छ ।  अधिवेशनले समितिको बरिष्ठ उपाध्यक्षमा रामु खत्री, उपाध्यक्षमा जि आर सेवेदी, सचिवमा भुमिराज सुवेदी, सह–सचिवमा विष्णुप्रसाद सुवेदी, कोषाध्यक्षमा कृष्ण प्रसाद सुवेदी, सह–कोषाध्यक्षमा भुमिराज सेवेदी (विष्णु), प्रवक्ता दिपक सुवेदी, युवा संयोजक भोजराज सुवेदीलाई चयन गरेको हो । त्यस्तै सदस्यहरुमा शिवलाल सुवेदी, अन्जान सुवेदी, भिमलाल सुवेदी, अनिता सुवेदी, सञ्जु खत्री, पुरुषोत्तम सुवेदी चयन भएका छन ।  कार्यक्रममा बोल्ने वक्ताहरूले कर्मभूमिमा रहेर पनि आफ़नो… पुरा पढौ

गुल्मी आपचौर सेवा समिति जापानको सातौ अधिवेशन सम्पन्न, अध्यक्षमा कृष्णप्रसाद पोखरेल बाबु चयन

नेपालमा कफी उत्पादनमा आफ़्नो छुट्टै पहिचान बनाउन सफल रहेको गुल्मीको आपचौरबाट जापानमा विभिन्न पेशा व्यावसाय अध्ययन र रोजगारीका लागि आएकाहरूको संस्था गुल्मी आपचौर सेवा समिति जापानको सातौ अधिवेशन शनिबार सम्पन्न भएको छ ।नेपालको पहिचानलाई विश्वसामु परिचित गराउनका लागि आपचौरमा उत्पादित कफीको प्रवर्द्धनलाई विश्व बजारमा पुर्याउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता सहित सम्पन्न अधिवेशनले कृष्णप्रसाद पोखरेल बाबुको अध्यक्षतामा दोस्रो कार्यकालको लागि १५ सदस्यीय नया कार्यसमितिको समेत चयन गरेको छ ।अधिवेशनबाट भरतप्रसाद अर्याल, विष्णु खरेल, गणेश खरेल, विष्णु गैरे र नेत्रप्रसाद अर्याल उपाध्यक्षमा… पुरा पढौ

गलकोट संस्कृति संरक्षण तथा समाज विकास मंच जापान शाखाको दोस्रो अधिवेशनबाट डम्मर खत्री अध्यक्षमा चयन

विकृति तिरस्कार गरौ संस्कृति जोगाउन हातेमालो गरौ भन्ने मान्यताका साथ स्थापना भएको गलकोट संस्कृति संरक्षण तथा समाज विकास मंच जापान शाखाको दोस्रो अधिवेशन शनिबार जापानको इबाराकीमा सम्पन्न भएको छ ।सम्पन्न अधिवेशनले २०२२-२०२४ कार्यकालको लागि डम्मर खत्रीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमितिको चयन समेत गरेको छ । निर्वाचित हुने वरिष्ठ उपाध्यक्षमा तेजिन्द्र के.सी उपाध्यक्षमा असिम खत्री र विरबहादुर साहनी महासचिवमा नविन कुवँर (खिम), सचिवमा शुशिल खत्रीर सोम परियार, कोषाध्यक्षमा नइन्द्र कुवँर (नविन) र सह-कोषाध्यक्षमा सन्त बहादुर खत्री रहेको निर्वाचन संयोजक डोलबहादुर खत्रीले… पुरा पढौ