वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड अन्तरगत रहेको वैदेशिक रोजगार कल्याणकारी कोषलाई विदेशमा रहेका नेपाली आप्रबासीको अधिकतम हितमा उपयोग गर्नका लागि उपयुक्त नीति बनाएर कार्यान्वयन गराउन आवश्यक पहलका लागि नेपाली जनप्रगतिशील मंच जापानले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।मंचका अध्यक्ष भवानी पन्तले प्रत्यक्ष रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर लाखौको संख्यामा बिदेशमा रहेका नेपालीहरूमध्य कतिपयको मृत्यु हुने, गम्भिर प्रकृतिका स्वास्थ्य समस्यामा पर्ने, दुर्घटनामा पर्ने दलालहरूबाट ठगीमा पर्ने लगायतका समस्यामा पारेकालाई प्राथमिकतामा राखेर वैदेशिक रोजगार कल्याणकारी कोषको व्यवस्थित कार्यान्वयनमा…
पुरा पढौ