
गैर आवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय समितिले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।
भर्च्युअल रूपमा आइतबार सम्पन्न सो कार्यक्रममा समग्र एनआरएनएको उद्देश्य, आवश्यकता,औचित्यको बारेमा जानकारीमूलक प्रशिक्षणका साथै एनआरएनए जापानको आगामी कार्ययोजना, संचालित कार्यक्रमको असर र प्रभाव, क्षेत्रीय समितिसँगको अन्तरसम्बन्ध, अन्तराष्ट्रिय समन्वय समितिमा जापानबाट प्रतिनिधित्व गर्नेहरूको भूमिका नेपाल फेष्टिवलको आवश्यकता र औचित्यका बारेमा प्रशिक्षात्मक कार्यक्रम सम्पन्न भएको क्षेत्रीय अध्यक्ष अर्जुन बगालेले जानकारी गराए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले एनआरएनएका अभियन्ताहरूले उद्देश्य अनुरूप बिधि विधानको पालना गर्दै र एनआरएनए स्थापना गर्दा देखेका सुदुर सपनाको परिपूर्तिमा लागि आफूहरूलाई समर्पित गर्दै जानुपर्नेमा जोड दिएका थिए ।
जापानको सन्दर्भमा एनआरएनए जापानले २०२१-२०२३ को कार्यकालमा गरिने कार्यक्रम र योजनाका बारेमा जानकारी गराउदै अध्यक्ष शिवप्रसाद पौडेलले एनआरएनएको मर्म र भवाना अनुरूप नेपाली समुदायको हितमा समर्पित रहेर हरेक क्रियाकलाप संचालन गरिने बताए ।
कार्यक्रममा एनअरएनए आइसीसी सदस्य लक्ष्मण बानियाले एनआरएनए र नेपाल फेस्टिवलको सम्बन्ध, एनआरएनए आइसीसी सदस्य सुपेन्द्र घिसिंङले एनआरएनए जापान र आईसीसीसँगको भूमिका, एनआरएनए जापानका उपाध्यक्ष राम कृष्ण श्रेष्ठले एनआरएनए जापान र क्षेत्रीय कार्यसमिति भूमिका, एनआरएनए जापानका सचिब देवराज उप्रेतीले एनआरएनए जापानका कार्यक्रमको बारेमा, एनआरएनए आइसीसी निवर्तमान सदस्य टंक गैरेले एनआरएनएमा कर्तव्य र दायित्वको महत्व, हाम्रो नेपाल हामी नेपाली अभियानका प्रमुख संयोजक धर्म राज अधिकारीले एनआरएनएमा अनुशासन आवश्यकता र एनआरएनए जापान क्युस्यु पूर्व संयोजक किरण बर्मा एनआरएनएको महत्वको बारेमा प्रशिक्षणमूलक भनाइ राखेंका थिए ।
एनआरएनए क्युस्यु क्षेत्रीय समितिद्वारा गठित विभिन्न २१ ओटा उपसमितिले काम गर्दा आफ़नो विभाग अन्तर्गत परेका समस्या एवं एनआरएनएका बारे उपसमिति इन्चार्ज, सह इन्चार्ज एवं सदस्यहरुले जिज्ञासा समेत राखेका थिए ।
कार्यक्रममा एनआरएनए जापानका सदस्य हेमा पाण्डे, प्रकाश लामिछानेज्, मोहनसिंह मडैज्, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जापान शाखा बरिष्ठ उपाध्यक्ष पुर्षोत्तम सिग्देल, फुकुओका नेपाल सोसाइटी अध्यक्ष माधब सिग्देलज्, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबका प्रथम उपाध्यक्ष भागिरथ पौडेल, एनआरएनए क्युस्यु सल्लाहकार प्रदिप श्रेष्ठ, एनआरएनए क्युस्यु सूचना केन्द्रका बिनोद सुनार, एनआरएनए जापान तोचिगीका सल्लाहकार राजु पनेरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता संयोजक अर्जुन बगालेले गरेका थिए भने संचालन श्रीकृष्ण पाठकले गरेका थिए ।



