
जापान क्रिकेट एसोसियसनद्वारा अक्टोबर ३० र ३१ तारिक तोचिगी प्रान्तमा रहेको सानो अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न भएको एम्बेसी कप-२०२१ प्रतियोगितामा नेपाल एम्बेसीको तर्फबाट विजयी खेलाडी,व्यवस्थापक तथा सहयोगदाताहरूलाई प्रमाण पत्र वितरण तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानका अध्यक्ष शिवप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नेपाली राजदूतावासको प्रतिनिधित्व गर्दै एम्बेसी कप-२०२१ प्रतियोगितामा सहभागी खेलाडी, व्यवस्थापक सहित १६ जनालाई प्रमाण पत्र तथा आर्थिक सहयोग गर्ने एनआरएनए जापान, एनआरएनए तोचिगी, कान्साइ र नागोया क्षेत्रीय समितिलाई संस्थागत र ददिवल खड्का, दिपक नेपाल, बुद्धि शेरचन, दिपक कार्की, प्रदिप थापा, महेश भट्टराई, एमआरआर जापान, श्री गुरुङ र मगर समाज जापानलाई सम्मानपत्र वितरण गरिएको थियो ।
आर्थिक सहयोग गर्ने खर्स्यांग तामांङ, नर बहादुर थापा, तिलक मल्ल र बाग्लुंग समाज जापानलाई समेत सो अवसरमा टोकियो राइनो क्रिकेट क्लबका अध्यक्ष विनम्र खत्रीले आभार व्यक्त गर्दै नेपाली दुतावाससँगको सहकार्यको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि निरन्तरताको अपेक्षा गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले टोकियो नेप्लीज क्रिकेट क्लबले खेलको माध्यमबाट नेपाल र नेपालीको पहिचानलाई उजागर गर्नको लागि योजनाबद्द रूपमा लाग्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले जापानमा रहेरपनि क्रिकेट खेलमार्फ़त युवाहरूलाई राष्ट्र र राष्ट्रियताप्रति जागरूप गराएकोमा खुशी व्यक्त गर्दै खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । यसरी बोल्नेहरूमा एनआरएनए जापानका अध्यक्ष पौडेल, महासचिव सिद्धार्थ श्रेष्ठ, एनआरएनए आइसीसी सदस्य ददिवल खड्का, समाजसेवी दिपक नेपाल, खेलाडी तथा पूर्व प्रशिक्षक श्री गुरुङ एनआरएनएका अभियन्ता सरोज खत्री लगायत रहेका थिए ।
एम्बेसी कप २०२१ प्रतियोगिताका नेपाली टोली म्यानेजर नेत्र रोकाले हालसम्मको आर्थिक विवरण प्रस्तुत गरेका थिए ।
एम्बेसी कप-२०२१ प्रतियोगितामा नेपाल एम्बेसीको तर्फबाट खेलेका खेलाडीले ग्रेट ब्रिटेन एम्वेसीलाई ८ विकेटले पराजित गर्दै विजयी भएको थियो ।
अक्टोबर ३० र ३१ मा भएको प्रतियोगिताको लागि अजय ठाकुरको कप्तानीमा सिद्धान्त खत्री, अर्जुन गौतम, बिनम्र खत्री, विक्रम रानामगर, पंकज चन्द, उपहार रायमाझी, क्षितिज पाठक, सन्तोष पौडेल, शक्ति क्षेत्री, रोशन दंगाल,सुजन बास्तोला, उज्वल रायमाझी, दिपक सुनार , अभिषेक केसी र विकास के.सी सम्मिलित १६ सदस्यीय टिमको सहभागी भएको थियो । टिमको म्यानेजर नेत्र रोका रहेका थिए ।



