प्रवास

उच्च अदालत पाटनले दियो ‘अल्पकालिन अन्तरिम आदेश,’ ५ डिसेम्बरमा फेरि बहस हुने

काठमाडौँ -- गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औ महाधिवेशन संरक्षक परिषदलाई गराउन दिनु भन्ने परराष्ट्र मन्त्रालयको निर्देशन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।परराष्ट्र मन्त्रालयले गत १९ नोभेम्बरमा दिएको निर्देशन गैरकानुनी छ भन्दै संघका कुनै पनि निकायमा छलफल र निर्णय नगराएर एकपक्षीय रुपमा कामचलाउ अध्यक्ष पन्त उच्च अदालत पुगेका थिए।उक्त मुद्दामाथि निवेदकको तर्फबाट अधिवक्ताहरु शेर बहादुर केसी, डा. भिमार्जुन आचार्य, सतीशकृष्ण खरेल, बिपिन सुवेदी र ताराप्रसाद लामिछानेले बहस गरेका थिए । त्यस्तै प्रमुख… पुरा पढौ

नेपाल सरकार विरुद्ध कुमार पन्तले हाले मुद्दा, ‘गैर जिम्मेवार’ कदमको चौतर्फी विरोध

गैर आवासीय नेपाली संघ (एनआरएनए) को इतिहास मै पहिलो पटक संघले सरकार विरुद्ध मुद्दा दायर गरेको छ। संघका कामचलाउ अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णय विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ। उक्त कार्यको संघका संस्थापक समेत पदाधिकारी र अभियन्ताहरुले कडा विरोध गरेका छन्। अदालत सूत्रका अनुसार मुद्दामा दशौँ महाधिवेशन गराउन संरक्षक परिषदलाई जिम्मा दिने मन्त्रालयको निर्णय गैर कानूनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ। गत मंगसिर ३ गते परराष्ट्र मन्त्रालयले संघलाई एक पत्र लेख्दै… पुरा पढौ

अष्ट्रेलियाले पूर्ण खोप लगाएकाहरुलाई डिसेम्बर १ देखि प्रवेश अनुमति दिने

कोरोना महामारीका कारण देशभित्र प्रवेशका लागि कडाइ गरेको अष्ट्रेलियाले डिसेम्बर १ देखि पूर्ण खोप लगाएकाहरुलाई प्रवेश अनुमति दिने भएको छ । सोमबार आफ्नो यात्रा नियम थप खुकुलो पार्दै उसले पूर्ण खोप लगाएका पर्यटकलाई यात्रा छुटको लागि आवेदन नै नगरी देश प्रवेश गर्न अनुमति दिने जनाएको हो। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एक विज्ञप्तिमा जनाएअनुसार आगामी डिसेम्बर १ देखि पूर्ण खोप लगाएका योग्य भिसा धारकले यात्रा छुटको लागि आवेदन नगरी अष्ट्रेलिया जान सक्नेछन् । योग्य भिसा धारकमा दक्ष र विद्यार्थी समूह, साथै… पुरा पढौ

परराष्ट्रले एनआरएनएको चुनाव गराउने जिम्मा दियो संरक्षक परिषदलाई

काठमाडौँ - गैर आवासीय नेपाली संघको महाधिवेशन र चुनावबारे अन्यौल कायमै रहंदा परराष्ट्र मन्त्रालयले संघको विधान अनुसार संरक्षक परिषदलाई चुनाव गराउने जिम्मा दिएको छ। एक उच्च परराष्ट्र श्रोतका अनुसार मन्त्रालयले अध्यक्ष कुमार पन्तले नेतृत्व गरेको अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकाल गत अक्टोबर १८ मै सकीइ सकेको र संघको विधान अनुसार कार्यकाल थप्ने कुनै प्रावधान नरहेकाले महाधिवेशन र चुनाव गराउन संरक्षक परिषदलाई जिम्मा दिएको हो। बिभिन्न राष्ट्रिय समनवय परिषद र अन्तरराष्ट्रिय समन्वय परिषदका ३ जना पदाधिकारीहरुले महाधिबेशन प्रतिनिधि चयन विधान बिपरित अलग… पुरा पढौ

प्रतिनिधि छनौट विरुद्ध परराष्ट्र र एनआरएनएलाई सर्वोच्चको कारण देखाउ आदेश (रिट निवेदन र आदेशसहित)

गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आगामी डिसेम्वर १५ मा हुने मिति तोकिएकै बेला एनआरएनए अमेरिकाको महाधिवेशन प्रतिनिधी छनौटमा धाँधली र विधान बिपरित भएको भन्दै दर्ता गरिएको उजुरीमा सर्बोच्च अदालतले परराष्ट्र मन्त्रालय र एनआरएनएलाई कारण देखाउ आदेश जारि गरेको छ । अमेरिकाको न्युयोक निवाशी रवीनराज बज्राचार्यले एनआरएनए र परराष्ट्र मन्त्रालयलाई बिपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेपछि सर्बोच्चले बिपक्षी दुबैका नाममा कारण देखाउ आदेश जारि गरेको हो । सर्वोच्च अदालतमा रिट दिएपछि असोज ६ गते सर्वोच्च अदालतका न्यायधिश दिप… पुरा पढौ

एनआरएनएको निर्वाचनमा अनुहारको पहिचान गर्ने वा ‘फेसियल रिकग्निशन’ प्रविधि लागू नगर्न माग

लन्डन गैरआवासीय नेपाली संघको आसन्न निर्वाचनमा अनुहारको पहिचान गर्ने वा 'फेसियल रिकग्निशन' प्रविधि लागू नगर्न एनआरएन अभियन्ता तथा विज्ञहरुले माग गरेका छन्। जीएनएनसंग कुरा गर्दै संघका एक पदाधिकारीले गत १७ जुलाई २०२१ को आइइएसको बैठकमा सचिव गौरी जोशीले ‘फेसियल रिकग्निशन' अनिवार्य गर्न प्रस्ताव राखेको तर त्यस बारे कुनै निर्णय नभएको बताए।अमेरिकामा आइटी व्यवसायमा संलग्न जोशीले त्यस्तो प्रस्ताव राख्नु नै 'स्वार्थको द्वन्द्व' ( conflict of interest) भएको जानकारहरु बताउंछन्।गत जुलाई महिनामा भएको निर्वाचनमा साउदी अरेबियामा 'सेल्फी' अनिवार्य गरिंदा सैयौं मतदाताहरु मतदान… पुरा पढौ

एनआरएनए जर्मनीको विवाद म्युनिख अदालतमा पुग्यो

जर्मनीको म्युनिखस्थित जिल्ला अदालतले एनआरएनए जर्मनीका नाममा कारण देखाउ आदेश जारी गरेको छ  । गैरआवासीय नेपाली संघ (एनआरएनए)जर्मनीको गत जुलाईमा भएको निर्वाचनमा गैर कानूनी रुपमा आफ्नो उम्मेद्वारी खारेज गरिएको भन्दै उपाध्यक्ष पदका उम्मेद्वार राजकुमार खड्काले मुद्दा दायर गरेपछि म्युनिख अदालतले त्यस्तो आदेश दिएको हो। फ्र्यांकफर्ट निवासी  खड्काले आफ्नो उम्मेद्वार हुन पाउने अधिकारको हनन भएको र निर्वाचन समितिले त्यसको चित्त बुझ्दो कारण उपलब्ध नगराएको भनेर रिट हालेका थिए । तत्कालिन अवस्थामा निर्वाचन समिति, एनसिसी जर्मनी र केन्द्रीय अध्यक्ष कुमार पन्त लगायतलाई… पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च, जापान च्यूबु/मिए क्षेत्रीय समितिको आठौ अधिवेशन सम्पन्न, अध्यक्षमा हरिबाबु तामाङ

नेपालको राष्ट्रीयता, स्वाधीनता, समानुपातिकता, समानता र वर्गीय मुक्तिका लागि माओवादीले नेपाली समाजमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोले पछिल्ला दिनमा कम्युनिस्टप्रति नेपाली जनताको आकर्षण बढिरहेको वक्ताहरूले बताएका छन ।नेपाली जनप्रगतिशील मञ्च, जापान च्यूबु/मिए क्षेत्रीय समितिको आठौ अधिवेशनको उदघाटन समारोह बोल्ने अधिकांश वक्ताहरूले नेपाली समाजको रूपान्तरण र नया सम्विधानमार्फ़त नया नेपालको निर्माणमा नेकपा माओवादीको मुख्य भूमिका रहेको र जनयुद्द र जनआन्दोलनमार्फ़त प्राप्त उपलब्धिको रक्षाका लागिपनि माओवादी पार्टीको नेतृत्व आवश्यक रहेकोमा बताएका थिए ।श्रमजिवी नागरिकको पक्षमा आफ़नो आन्दोलनलाई केन्द्रित गर्न माओवादी नेतृत्वलाई आग्रह गर्दै… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोले गलकोटका १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री बाढ्यो

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोले गलकोट क्षेत्रमा रहेका विद्यालयका १०० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र पठनपाठनमा सहयोग पुर्याऊने उद्देश्यले समितिले गलकोट नगरपालिका र ताराखोला गाँउपालिका भित्रका प्रत्येक विद्यालयका १÷१ जना गरि १०० जना विद्यार्थीलाई औषतमा ५ हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको गरिएको समितिका अध्यक्ष रमेशकुमार खत्रीले जानकारी गराए ।“गलकोट क्षेत्रका बालबालिकामा शिक्षाप्रति अभिरुचि जगाई राख्न र समृद्ध गलकोटको अवधारणालाई समेत केहि टेवा पुगोस भन्ने हेतुले समितिले… पुरा पढौ

एनआरएनएको महाधिवेशन तथा चुनाव छिटो गर्न आचार्यको माग

लन्डन । सन् २०२१-२३ कार्यकालका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले हाल रोकिएको संघको दशौँ महाधिवेशन तथा चुनाव तत्काल गर्न माग गरेका छन् । तिहार, नेपाल संवत्, छठ तथा ल्होसारको अवसरमा टिम कुलद्वारा शुभकामना आदानप्रदान गर्न शुक्रबार भर्चुएल माध्यमद्वारा आयोजित खुला डबली विशेषलाई सम्बोधन गर्दै आचार्यले भने, "आफुले गर्नु पर्ने काम नगरेर, अरुलाई दोष लगाउन खोज्दा चुनाव अनिश्चित बन्न पुगेको छ। जति सक्दो चांडो दशौँ महाधिवेशन र चुनाव गराउनु पर्छ भन्ने हाम्रो माग छ,’… पुरा पढौ