प्रमुख निर्वाचन आयुक्त पौडेलले दिए राजीनामा, निर्वाचन कार्यपालिकामा हेरफेर गर्दै उम्मेदवार मनोनयन १६ तारिक

-


     जनहित न्युज    
     मंसिर २४ गते २०७८


गैर आवासीय नेपाली संघमा डेलिगेट्स छनोटमा अनियमितता भएको पाईएपछि निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेलले आफ्नो पदबाट राजीनामा दिएका लगत्तै अध्यक्ष कुमार पन्तले स्विकृत गरिदिएका छन् ।

निर्वाचन आयुक्तमा नेपाल बार एसोसिएसनका महासचिव अधिवक्ता लिलामणी पौडेल थिए ।

पौडेलले आज नेपाल बार एसोसिएसनले सर्बोच्च अदालतका प्रमुख न्यायधिश चोलेन्द्र शमशेर राणाबिरुद्दको आन्दोलन चर्काउनुपर्ने र अत्यन्त ब्यस्तताका कारण एनआरएनए निर्वाचन आयुक्तकारुपमा समय दिन नसकेको कारण देखाउँदै राजिनामा दिएको एनआरएनए अध्यक्ष कुमार पन्तले बताए ।

उनले भने “पौडेलजीले नेपाल बार एसोसिएसनको आन्दोलनमा धेरै समय दिनुपर्ने भयो । मैले एकातिरबाट हट्नुपर्ने भयो । दुइतिर समय दिन नसक्ने भएँ। त्यसैले एनआरएनए निर्वाचन आयुक्तबाट छोड्नुपर्ने भयो भनेपछि स्विकार गरेका हौं । उहाँको राजिनामा स्विकृत भएको छ ।”

तर निर्वाचन समितिको विश्वस्त सूत्रका अनुसार अधिवक्ता पौडेलले कामचलाउ अध्यक्ष कुमार पन्तलाई केन्द्रले उपलब्ध गराएको मतदाता नामावली विरुद्ध निकै उजुरी परेकाले आफुले सोही विवादित नामावलीको आधारमा चुनाव गराउन नसक्ने जानकारी दिएका थिए। नेपाल बार एसोसियसनका महासचिव पनि रहेका पौडेलले संघमा सुनियोजित रुपमा धांधली गर्ने योजनालाइ कार्यान्वयन गर्न आफुलाई माध्यम बनाउन लागिएको समितिकै सदस्यहरुलाई बताएका थिए।

पौडेलले राजिनामा दिएलगत्तै कार्यवाहक निर्वाचन आयुक्तकारुप्मा राम प्रताप थापालाई जिम्मेवारी दिईएको छ । थापालेनै अर्को आयुक्त नियुक्त नभएसम्मका लागि कार्यवाहक निर्वाचन आयुक्तको भूमिका निर्वाह गर्ने छन् ।

पन्त नेतृत्वको कार्यसमितिले विना कुनै सहमति जबर्जस्ती चुनावको कार्यक्रमलाई अगाडी बढाउन दबाब दिए पछि निर्वाचन समितिका बहुसंख्यक सदस्यहरुले राजिनामा गर्न लागेको विश्वस्त सूत्रले जानकारी दिएको छ। निर्वाचन आयुक्त डा. गणेश गुरुङले पनि आफ़्नो पदबाट राजीनामा दिएका छन्।

यता निर्वाचन कार्यपालिकामा समेत हेरफेर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?