नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा करिब एक हजार ५०० प्रतिनिधिको सहभागिता जनाउदा प्रवासबाट ३५ प्रतिनिधिले सहभागिता जनाउने भएका छन ।
प्रवास समन्वय समितिको आयोजनामा नेपाली जन प्रगतिशील मञ्चको प्रथम अन्तरराष्ट्रिय भेलाबाट लगाईएको प्रतिनिधिको टुंगोमा पूर्वी एसिया क्षेत्रको जापानबाट मंचका राष्ट्रिय अध्यक्ष भवानी पन्त, मलेसियाबाट रमेश तिवारी, चिनबाट मुक्ति मरासिनीका साथै चूडामणि अधिकारी, र प्रेम पाण्डे प्रतिनिधि चयन भएका छन् भने युरोप क्षेत्रबाट सुरेन्द्र भुसाल, जानुका धमला, तुलप्रसाद छन्त्याल, लोकबहादुर नेपाली, चित्र सुवेदी, वीरमान घर्ती चयन भएका छन ।
यसैगरी दक्षिण एसियाबाट युवराज भण्डारी, चक्रबहादुर विक (मताली), राजेन्द्रबहादुर सुवेदी, प्रकाशबहादुर स्याढा, जगतबहादर सुनार, रामबहादुर खड्का, मोहनबहादुर देवकर, एनबहादुर रावल तथा पश्चिम एसिया क्षेत्रबाट नवराजकुमार ओली (शनिकुमार), शिवराज जैसी, बाबुराम विश्वकर्मा, उमेश बिक, राजेन्द्र देवकोटा, रमेश भट्ट चयन भएका छन् ।
समितिका अनुसार ओसिनिया क्षेत्रबाट शेषमणि शर्मा, मनऋषि धिताल, निरञ्जन गौली, ईश्वर पौडेल सम्मेलनमा सहभागी हुनेछन् ।
पुस ११ गतेदेखि काठमाडौंमा तय भएको राष्ट्रिय सम्मेलनमा अमेरिकाज क्षेत्रबाट खुमबहादुर पाठक र नारायण कँणेल चयन हुँदा भारतमा रहेका राजु पाठक र क्यानडामा रहेका राजेन्द्रप्रसाद पोखरेल पनि प्रतिनिधि चयन भएका छन् । यसैगरी प्रवास समन्वय कार्यालयबाट टेकबहादुर पाठक क्षेत्री र इन्द्रराज भट्टराई प्रतिनिधि चयन भएका छन् ।
आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, आयोग, विभाग तथा प्रदेशबाट एक हजार ५३३ प्रतिनिधिको सहभागिता हुने सो सम्मेलनका लागि प्रवास समन्वय समितिको भर्चुअल माध्यमबाट भएको अन्तर्राष्ट्रिय सम्मेलनमा समितिका अध्यक्ष ओम शर्माले मञ्चका ६ वटै क्षेत्रबाट राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको नामावली पेश गरेका थिए । सोही नामलाई भेलाले टुंगो लगाएसँगै ३५ जना सम्मेलनमा सहभागी हुने निश्चित भएको हो ।
कुन प्रदेशबाट कति प्रतिनिधि ?
सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिष्ट १२५, आयोग ७५, केन्द्रीय विभाग १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधि ८०३ गरी कूल एक हजार ४६० को सहभागिता रहनेछ । यसबाहेक जनयुद्धका घाइते, अपाङ्गता भएका व्यक्ति तथा पूर्वजनमुक्ति सेनाका तर्फबाट पाँच प्रतिशत अर्था्त ७३ जना मनोनीत गरिनेछ ।
सबैभन्दा धेरै बागमती प्रदेशबाट १२८ र कम प्रवास प्रदेश समितिबाट ३५ प्रतिनिधि सहभागी हुनेछन् । प्रदेश नं २ बाट १०६, लुम्बिनीबाट १०५, प्रदेश नं १ बाट ९६, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, गण्डकीबाट ७४, सम्पर्क समन्वय प्रदेशबाट ४३ र उपत्यका विशेष प्रदेशबाट ४२ प्रतिनिधि सहभागी हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
माओवादीको राष्ट्रिय सम्मेलन नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुँदैछ । राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ । सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि राजीतिक वैचारिक प्रतिवेदन पेश गर्ने बताइएको छ ।