एनआरएनएको निर्वाचन कार्यतालिका स्थगित, विवाद समाधानका लागि समिति गठन

-


     जनहित न्युज    
     पौष १ गते २०७८


लण्डन (जीएनएन) — गैरआवासीय नेपाली संघ (एनआरएनए ) १० औं महाधिवेशनका लागि प्रतिनिधि सम्बन्धी विवाद सर्वसम्मतिका आधारमा समाधान गर्नका लागि अध्यक्ष कुमार पन्तले चार सदस्यीय उच्चस्तरीय समिति गठन गरेका छन् ।
उक्त समितिमा संघका सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार डा. यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबि क्षेत्री छन् ।
उक्त समितिको ‘टर्म्स अफ रेफरेंस’ र समयावधि भने सार्वजनिक गरिएको छैन।
अध्यक्ष पन्तद्वारा बुधबार जारी गरिएको वक्तव्यमा संघभित्र देखिएको बिषम परिस्थितिको सर्वसम्मत समाधान खोज्न प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु र आइसीसी सदस्यहरुसँग सल्लाह जारी राखेको उल्लेख छ। उनले संवाद र सहमतिका लागि समिति गठन गरेको पनि जनाएका छन् ।
यसैबीच बुधबार नै निर्वाचन समितिले एक सूचना प्रकाशित गरी निर्वाचनका लागि उपलब्ध हुनु पर्ने मतदाता सूची पूर्ण रुपमा प्राप्त न भैसकेकाले छानबिन प्रक्रिया प्रभावित भै यस अघि प्रकाशित गरिएका निर्वाचन मिति बाहेकका सबै कार्यतालिका स्थगन गरिएको जनाएको छ ।
हेर्नुहोस् अध्यक्ष पन्तको विज्ञप्ति:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?