प्रमुख समाचार

राष्ट्रपति पौडेलविरुद्ध अदालत जाने सभामुखको चेतावनी

सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध अदालतमा जाने धम्की दिएका छन् । संघीय संसदको महासचिवको सिफारिस कार्यान्वयनबारे बुधबार राष्ट्रपतिसँगको फोन वार्तामा सभामुख घिमिरेले यस्तो चेतावनी दिएका हुन् ।  मंसिर २४ गते आइतबार संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको राजीनामा स्वीकृत नहुँदै सोमबार सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले पद्मप्रसाद पाण्डेयलाई नयाँ महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका थिए ।  घिमिरे र तिमिल्सना आफैँ राष्ट्रपति भवन शीतल निवास पुगेर सो सिफारिस राष्ट्रपतिलाई बुझाएका थिए । राष्ट्रपति कार्यालयले भने… पुरा पढौ

खाँणलाई धरौटीमा छाड्न उच्चले टेकेको नौ आधार : जाहेरी र टेकनारायण पाण्डेले लेखेको चिटमा नाम छैन

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौँ जिल्ला अदलको आदेश बेरितको देखिएको भन्दै उच्च अदालत पाटनले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ। जिल्लाको आदेशविरुद्ध परेको निवेदनमा यस अगाडि आदेश आउँदा दुई न्यायाधीशबिच राय बाझिएपछि न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले बिहीबार उनलाई धरौटीमा रिहा गरेको हो। मंसिर १५ गते न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा राय बाझिएपछि तेस्रो न्यायाधीशकोमा पुगेको थियो। न्यायाधीश पाण्डेले खाँणलाई धरौटीमा रिहा गर्नुपर्ने आदेश गरेका थिए भने… पुरा पढौ

१५ बैंकले हारेको सरकारविरुद्धको मुद्दाका कारण २६ अर्ब राज्य कोषमा थपिँदै

एफपीओ र मर्जर/एक्विजिसनको बार्गेन पर्चेज गेनमा कर लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका १५ वाणिज्य बैङ्कको रिट खारेज भएको छ। सरकारको निर्णयविरुद्ध बैङ्क र बिमा कम्पनीहरूले सामूहिक रूपमा दायर गरेको रिटबारे दुई दिनसम्म सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले बिहीबार रिट खारेज गर्ने फैसला गरेको हो। अब वाणिज्य बैङ्क र बिमाहरूबाट सरकारले २६ अर्ब रकम कमर बापत पाउनेछ। सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मलता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलासले सरकारको पक्षमा फैसला सुनाएको… पुरा पढौ

थमन बिक हत्या प्रकरणमा एमाले सांसद कोइरीलाई सफाइ, सात जनालाई जन्मकैदको सजाय

धनुषा । महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ । बिहीबार न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले विकको हत्या मुद्दामा एमाले सांसद कोइरी र पवन कापरलाई सफाइ दिएको महोत्तरी जिल्ला अदालतकी श्रेस्तेदार नुतन झाले जानकारी दिइन् । लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई भने अदालतले जन्मकैदको सजाय सुनाएको छ । त्यसैगरी अदालतले प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान… पुरा पढौ

तेस्रो मेयर कपको उपाधी बौदीकाली गाउँपालिकालाई

गलकोट नगर खेलकुद विकास समितिको आयोजनामा संचालित तेस्रो मेयर कप खुल्ला अन्तर पालिका स्तरिय पुरुष भलिवल प्रतियोगिता २०८० को उपाधी बौदीकाली गाउँपालिकाले उचाल्न सफल भएको छ । आज भएको फाईनल खेलमा बौदीकाली गाउँपालिकाले गलकोट नगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै उपाधी उचाल्न सफल भएको हो । निकै प्रतिष्पर्धात्मक रुपमा सम्पन्न भएको खेलमा गलकोट नगरपालिकालाई बौदीकाली गाउँपालिकाले पहिलो, चौंथो र पाँचौँ सेटमा क्रमशः २५–१७, २५–२२ र १८–१६ ले पराजित गर्दै उपाधी जितेको हो । गलकोट नगरपालिकाले दास्रो र तेस्रो सेटमा २५–१७… पुरा पढौ

निलुवा समाज जापानको पाँचौँ अधिवेशन डिसेम्बर २७ मा हुने

निलुवा समाज जापानको पाँचौँ अधिवेशन हुने भएको छ । बागलुङ जिल्ला गलकोटको ‘सुन्दर निलुवा हाम्रो सान, पूर्वाधार विकासमा हामी सबैको अभियान’ भन्ने मूल नाराका साथ गठित २०१५ सालमा स्थापना भएको समाज जापानको पॅाचौ अधिवेशन टोकियोको खानागावा केन सिन योकोहामा डिसेम्बर २७ बुधबारका दिन हुने भएको अध्यक्ष मोहन सुवेदीले जानकारी दिए । बागलुङ जिल्लाको गल्कोट नगरपालिका- ४ चमुवाबाट जापानलाई कर्मथलो बनाउदै विभिन्न पेशा व्यवसाय तथा रोजगारीमा संलग्न भएकाहरुको साझा संस्थाको रूपमा रहेको परिचित समाजले सामाजिक सेवाका विभिन्न कार्यहरु गर्दै आएको अध्यक्ष… पुरा पढौ

गलकोट समाज जापानले नयाँ वर्ष २०२४ मा नेपालका चर्चित कलाकारको खेम, रेशम र अमृताको प्रस्तुति रहने गरि साँगीतिक धमाका-२०२४ कार्यक्रम गर्ने

गलकोट समाज जापानले नयाँ वर्ष २०२४ मा नेपालका चर्चित कालकारको प्रस्तुति रहने गरि साँगीतिक धमाका-२०२४ कार्यक्रम गर्ने भएको छ।समाजको स्थापनाकाल देखि नै अङ्ग्रेजी नयाँ वर्षको अवसरमा साँगीतिक कार्यक्रम गर्दै आएको समाजले नयाँ वर्ष २०२४ को अवसरमा पछिल्लो समय नेपालमा चर्चित कलाकार खेम सेन्चुरी, लाइभ दोहोरीमा जमेका रेशम निर्दोश र अर्की चर्चित कलाकार अमृता नेपालीको प्रस्तुति रहने गरि साँगीतिक धमाका-२०२४ गरिन लागेको महासचिव लक्ष्मण कार्कीले जानकारी दिए ।“हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी सम्वृद्ध गराऔ” भन्ने भावनाका साथ हरेक वर्ष गर्दै… पुरा पढौ

पर्यटकको रोजाइमा गाजा दह, सडक बिग्रिँदा भने पुग्नै मुस्किल

बागलुङको गाजाको दह गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा छ । हरेक वर्ष यहाँ हजारौं पर्यटक पुग्छन् । जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको सीमानामा पर्ने गाजाको दह उच्च पहाडमा रहेको हुँदा आन्तरिक पर्यटकको रोजाइमा पर्छ । तर, यहाँ पुग्नका लागि राम्रो सडकको पहुँच नहुँदा यहाँ पुग्ने पर्यटक तथा स्थानीयले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् ।   बागलुङको सिङ्गो दक्षिण भेगलाई जोड्ने गरी निर्माण भएको बागलुङ–सिगाना–बरेङ सडकको ट्रयाक खुलेको एक दशक बितिसक्दा पनि स्तरोन्नति हुन सकेको छैन । यस सडकलाई… पुरा पढौ

जापानको सबैभन्दा वृद्ध व्यक्ति ११६ वर्षीया फुसा तात्सुमीको निधन

जापानको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता प्राप्त रहेकी ११६ वर्षीया फुसा तात्सुमीको मंगलबार वृद्धावस्थाका कारण निधन भएको ओसाका प्रिफेक्चरको काशिवारा शहरका अधिकारीले बताएका छन्।२५ अप्रिल १९०७ मा जन्मेकी तात्सुमीले हाल काशिवाराको नर्सिङ होममा आफ्नो अधिकांश दिन ओछ्यानमा बिताउँदै आएको र केहि दिनदेखि उनको स्वास्थ्यमा उतारचढाव आएको उनको हेरचाह गर्दै आएका कर्मचारीले बताएका छन्।गत वर्ष अप्रिलमा फुकुओकामा ११९ वर्षीया महिलाको मृत्यु भएपछि उनी जापानमा सबैभन्दा बढी बाँच्ने व्यक्ति बनेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ।यस वर्षको जनवरीसम्ममा विश्वको सबैभन्दा वृद्ध… पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च जापानको नवौं महाधिवेशन २०२४ जनवरी २८ तारिख टोकियोमा हुने

नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) को नवौं महाधिवेशन २०२४ जनवरी २८ तारिकका दिन टोकियोमा हुने भएको छ।आइतबार प्रवास समन्वय समितिका सह इन्चार्च लक्ष्मण पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न र मञ्चको राष्ट्रिय समितिको पूर्ण बैठकले नवौं महाधिवेशन जनवरी २८ तारिख आईतबारका दिन जापानको टोकियोमा गर्ने निर्णय गरेको महासचिव बाबुराम पौडेलले जानकारी दिए।“प्रवासी नेपालीहरुमा आपसी सद्भाव, भाइचारा र एकताको अभियान ! ज्ञान , सिप र पुँजीको लगानी सहित समृद्ध नेपालको लागि नवौँ अधिवेशन"! भन्ने नाराका साथ हुन लागेको महाधिवेशनमा प्रवास समन्वय समितिका… पुरा पढौ