जापानको सबैभन्दा वृद्ध व्यक्ति ११६ वर्षीया फुसा तात्सुमीको निधन

-


     जनहित न्युज    
     मंसिर २६ गते २०८०


जापानको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता प्राप्त रहेकी ११६ वर्षीया फुसा तात्सुमीको मंगलबार वृद्धावस्थाका कारण निधन भएको ओसाका प्रिफेक्चरको काशिवारा शहरका अधिकारीले बताएका छन्।
२५ अप्रिल १९०७ मा जन्मेकी तात्सुमीले हाल काशिवाराको नर्सिङ होममा आफ्नो अधिकांश दिन ओछ्यानमा बिताउँदै आएको र केहि दिनदेखि उनको स्वास्थ्यमा उतारचढाव आएको उनको हेरचाह गर्दै आएका कर्मचारीले बताएका छन्।
गत वर्ष अप्रिलमा फुकुओकामा ११९ वर्षीया महिलाको मृत्यु भएपछि उनी जापानमा सबैभन्दा बढी बाँच्ने व्यक्ति बनेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ।
यस वर्षको जनवरीसम्ममा विश्वको सबैभन्दा वृद्ध महिला स्पेनकी मारिया ब्रान्यास मोरेरा हुन्, जो अहिले ११६ वर्षकी भइसकेकी छिन्।उनको जन्म मार्च ४, १९०७ मा भएको गिनिज वल्र्ड रेकर्डमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?