तेस्रो मेयर कपको उपाधी बौदीकाली गाउँपालिकालाई

-


     घनश्याम गौतम    
     मंसिर २८ गते २०८०


गलकोट नगर खेलकुद विकास समितिको आयोजनामा संचालित तेस्रो मेयर कप खुल्ला अन्तर पालिका स्तरिय पुरुष भलिवल प्रतियोगिता २०८० को उपाधी बौदीकाली गाउँपालिकाले उचाल्न सफल भएको छ ।

आज भएको फाईनल खेलमा बौदीकाली गाउँपालिकाले गलकोट नगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै उपाधी उचाल्न सफल भएको हो ।

निकै प्रतिष्पर्धात्मक रुपमा सम्पन्न भएको खेलमा गलकोट नगरपालिकालाई बौदीकाली गाउँपालिकाले पहिलो, चौंथो र पाँचौँ सेटमा क्रमशः २५–१७, २५–२२ र १८–१६ ले पराजित गर्दै उपाधी जितेको हो ।

गलकोट नगरपालिकाले दास्रो र तेस्रो सेटमा २५–१७ र २५-२२ को सेटमा जित निकाले पनि अन्तिमसेटमा जित निकाल्न नसक्दा उपाधी बिजेता बन्न सकेन् ।

प्रतियोगितामा बिजेता बनेको नवलपरासिको बौदीकाली गाउँपालिकाले नगद १ लाख ३५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगितामा उपबिजेता बनेको  गलकोट नगरपालिकाले १ लाख, मेडल र प्रमाणपत्र तथा सान्त्वना हुन सफल निसिखोला गाँउपालिका र तमानखोला गाँउपालिकाले समान २०/२० हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
गलकोटको हटियामा संचालित मेयरकप भलिबल प्रतियोगितामा ९ वटा पालिकाले सहभागिता जनाएको गलकोट नगर खेलकुद बिकास समितिका अध्यक्ष योगेश भण्डारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?