प्रमुख समाचार

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद र ३ लाख जरिवाना सुनाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बुधबार उक्त सजाय सुनाएको हो । सन्दीपबाट थप २ लाख रुपैयाँ क्षतिपूर्ति समेत गरी कुल ५ लाख रुपैयाँ भराउने फैसला भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जनाएका छन् । परिवर्तित नाम गौशाला २६ लाई जबरजस्तीकरणी गरेको अभियोगमा सन्दीपलाई दोषी ठहर गरिएको हो ।अब सन्दीपले कारागार चलान नभई उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् । १३ पुसमा जिल्ला… पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च जापानको महाधिवेशनमा सहभागी हुन प्रवास समन्वय समितिका सह इन्चार्ज र अध्यक्ष जापान आउने

नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) को नवौं महाधिवेशनमा सहभागी हुनका लागि प्रवास समन्वय समितिका सह इन्चार्ज र अध्यक्ष जापान आउने भएका छन्।जनवरी २८ तारिकका दिन टोकियोको मुसासिनो स्विङ हलमा हुने उक्त महाधिवेशनलाई सम्बोधन गर्न लागि नेकपा माओवादी समर्थित प्रवास समन्वय समितिका सह इन्चार्ज लक्ष्मण पन्त र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा जापान आउन लागेको मञ्चका राष्ट्रिय समितिका महासचिव बाबुराम पौडेलले जानकारी दिए।प्रवासमा रहेका वर्गीय विचारधारा मिल्ने नेपालीहरुको संगठन नेपाली जनप्रगतिशील मञ्चमा आवद्ध प्रवासी नेपालीहरुलाई नेपालको पछिल्लो राजनीतिक अवस्थाका… पुरा पढौ

हिमालमै छैन हिउँ, पुसमै फुल्यो गुराँस

बाह्रै महिना सेताम्यै हुने यहाँका हिमालमा पनि हिउँ देखिन छोडेको छ। बाह्रै महिना सेताम्ये हुने हिमालमा कालापत्थर देखिन थालेको छ भने फागुन चैतमा फुल्ने लालीगुराँस पुसमै फुलेको छ। केही वर्षयतादेखि मङ्सिर–पुसमै लालीगुराँस फुल्न थालेको हो। केही वर्षअघिसम्म हिउँदमै लालीगुराँस फुलेको कहिल्यै थाह नपाएको भेरी नगरपालिका–२ तिमिलेका ९२ वर्षीय कर्णबहादुर वलीले बताए। उनले केही वर्षयतादेखि हिमालमा हिउँ पनि देखिन छोडेको जानकारी दिए। लालीगुराँस फुल्ने भेरी नगरपालिकाका तिमिले, डिँगा, राङ्सी, मछाइना, कुशेका पाँचकाटीया, समाइला, नलगाडको लहाँ, करुवा, डाँडागाउँ, बारेकोटका रामीडाँडालगायत गाउँमा प्रशस्तमात्रामा… पुरा पढौ

गुल्मेली समाज जापानको ५ औँ अधिवेशन, अध्यक्षमा पुनः महेन्द्र अधिकारी

गुल्मेली समाज जापानको ५ औँ अधिवेशन जनवरी ५ तारिख टोकियोमा सम्पन्न भएको छ ।५ औँ अधिवेशनले पुनः महेन्द्र अधिकारीको अध्यक्षतामा सर्वसम्मतिमा नयाँ कार्यसमिति समेत चयन गरेको छ। समाजको सन २०२४-२०२६ कार्यकालको लागि उपाध्यक्षहरूमा पर्शुराम न्यौपाने ,कृष्ण बाबु पोख्रेल ,कुल बहादुर पोख्रेल ,दिपक कंडेल ,ईन्द्र थापा , ज्योति केसी र महिला उपाध्यक्षमा लक्ष्मी केसी महर्जन महासचिवमा नेत्र प्रसाद पान्डेय ,सचिवहरूमा दीपेन्द्र केसी ,लक्ष्मण बस्नेत ,सुदिप सापकोट , महिला सचिव कामना भन्डारी , त्यस्तै कोषाध्यक्ष निसान जिसी (अर्जुन) सह-कोषाध्यक्ष,निरज कार्की ,तिलक विष्ट,… पुरा पढौ

जापानमा दिपकको सफलता : ‘दिपवे जापान’ को २१ औँ वर्ष प्रवेश सँगै २१ औँ शाखा सञ्चालनमा ल्याउदै

जापानमा नेपालीद्वारा सञ्चालित कम्पनी ‘दिपवे जापान’ को बिसौँ वार्षिकोत्सव सम्पन्न भएको छ । सन् २००३ सालमा स्थापना भएको कम्पनी २० औँ वर्ष पूरा गरी २१ औँ वर्षमा प्रवेश गरेको हो । टोकियोको मिता स्टेशनस्थित आफ्नै रेस्टुरेण्टमा एक कार्यक्रम गरी कम्पनीको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका प्रमुख दीपक सुबेदीले वार्षिकोत्सवको अवसरमा सम्पूर्ण ग्राहक वर्ग, कर्मचारी र शुभेच्छुकलाई धन्यवाद प्रकट गरे । कुक पेशाको रूपमा जापान प्रवेश गरेर निरन्तरको लगन र मेहनतले व्यवसाय स्थापना गरेको कुराको स्मरण गर्दै जापान प्रवेशको… पुरा पढौ

पारिवारिक भेटघाटका लागि जापान आएका नेपाली दम्पतीको ओकिनवामा कारको ठक्करबाट निधन

जापानमा रहेका आफ्ना छोरा/बुहारी तथा नातीसंगको भेटघाट तथा भ्रमणमा आएका नेपाली दम्पतीको ओकिनवामा कारको ठक्करबाट दुखद निधन भएको छ। नेपाल रुकुम पश्चिम घर भएका ६२ वर्षका पदम बिष्ट र ५६ वर्षका बिष्ट लालसरीको मृत्यु भएको प्रहरीलाइ उद्दृत गर्दै एनएचकेले जनाएको छ। बिष्ट दम्पती ओकिनवामा बस्दै आएका आफ्ना छोरा भुपाल विष्ट तथा बुहारी र भर्खरै जन्मिएका नातीको मुख हेर्न २ महिना अघि मात्रै जापानको ओकिनवा आइपुगेका थिए। जापानी समाचारहरुका अनुसार,शनिबार साँझ करिब ५ः२० बजे उरासो सहरको मियागीस्थित राष्ट्रिय रुट ५८ मा… पुरा पढौ

२६ औं लाङ्घाली साँझका लागि चर्चित कलाकार श्याम राना मगर र सम्झना लामिछाने मगर जापानमा

टोकियोमा नेपाल मगर संघ जापानले माघे सक्रान्ति विशेष २६औँ लाङ्घाली साँझ २०२४ संगीतिक कार्यक्रमका लागि चर्चित कलाकार श्याम राना मगर सम्झना लामिछाने मगर लगायतको प्रस्तुति हुने भएको छ। नेपाल मगर संघ जापान केन्द्रिय समितिद्वारा आयोजित नेपालीहरुको राष्ट्रिय पर्व तथा मगरहरुको विशेष चाड माघे सक्रान्तिको उपलक्ष्यमा माघे सक्रान्ति विशेष २६औँ लाङ्घाली साँझ २०२४ लाई साँगीतिक मय बनाउनका लागि मगर द्वयको साथमा चेतन घर्ती मगर दिपन थापा मगरसहित दर्जन बढी स्थानीय कलाकारको विविध प्रस्तुति रहने सङ्घका महासचिव भिक्टर ठाडा मगरले जानकारी दिए।… पुरा पढौ

लोक कलाकारसंगै झुमे जापानबासी नेपाली

साँगीतिक धमाका २०२४ कार्यक्रमका लागि गलकोट समाज जापानको आमन्त्रणमा जापानमा रहेका गायक खेम सेञ्चुरी, रेशम निर्दोश र अमृता नेपालीले आइतवार ओसाका सोमबार नागोया र मंगलबार टोकियोमा आयोजित साँगीतिक कार्यक्रममा कलाकारहरु सँग दर्शक मज्जाले झुमेका थिए।लाखौं नेपालीका ढुकढुकी बन्न सफल कलाकार सेन्चुरी निर्दोश र नेपालीलाई आफ्नै आँखा अगाडि भेट्न पाउँदा जापानबासी हजारौं नेपाली हर्षले विभोर हुँदै उनीहरुका प्रस्तुतिमा कम्मर मर्काई मर्काई नाचेका थिए। नेपाली लोक कलाकारहरुको प्रस्तुति सँगै फेरिएको माहौल र उनीहरूप्रति देखिएको क्रेज साँच्चिकै हेर्नलायक थियो । सँगै नाच्ने गाउने… पुरा पढौ

सबै क्षेत्रलाई समेटेर एनआरएनए जापानले गर्यों सल्लाहकार, मानार्थ सदस्य, विशेषज्ञ समिति सदस्यसहित विभिन्न विभागहरुमा मनोतित

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले सल्लाहकार, मानार्थ सदस्य, विशेषज्ञ समिति सदस्यसहित विभिन्न विभागहरुमा मनोतित गरेको छ।एनआरएनए जापानको सातौं पूर्ण बैठकको निर्णय अनुसार विधान २०२१ को संशोधन सहितको विधान २०२३ को परिच्छेद ५ को दफा १० को १०.९ बमोजिम सल्लाहकार, मानार्थ सदस्य तथा विशेषज्ञ समिति सदस्य र सोहि विधानको परिच्छेद ५ को दफा २ को २.३ बमोजिम विभिन्न १४ वटा विभागका संयोजक सदस्य सचिव र सदस्यसहित प्रेस सल्लाहकार मनोनित गरिएको एनआरएनए जापानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।एनआरएनए जापानका प्रवक्ता… पुरा पढौ

गल्कोट नुवाकोट समाज जापानको चौथो अधिबेशन सम्पन्न, अध्यक्षमा झंक बहादुर खड्का र सचिवमा इश्वर गैरे निर्वाचित

बागलुङ जिल्लाको गल्कोट नुवाकोट जन्मभूमि भइ बिभिन्न पेसा तथा रोजगारीको सिलसिलामा जापानलाई कर्म थलों बनाएका गल्कोट नुवाकोटबासीको साझा संस्था गल्कोट नुवाकोट समाज जापानको हालै सम्पन्न चौथो अधिवेशनले झंकबहादुर खड्काको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।अधिवेशनले वरिष्ठ उपाध्यक्षमा छम बहादुर विश्वकर्मा, उपाध्यक्षमा प्रदिप गैरे, लिलामणि न्यौपाने र सञ्जय साहनी सचिबमा इश्वर गैरे, सह सचिवमा तुलबहादुर केसी, सुसान साहनी, कोषाध्यक्षमा प्रेम थापा र सह कोषाध्यक्षमा होमबहादुर खत्री चयन गरेको छ ।समाजको लेखा समितिमा सयोजक सूर्य भण्डारी उपसयोजक कुलबहादुर खड्का, सास्कृतिक… पुरा पढौ