प्रमुख समाचार

फेरियो ढोरपाटन, अब गोठमा बस्नु पर्दैन पर्यटक

ढोरपाटन (बागलुङ), १७ माघ एक दशक अगाडिसम्म नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो । अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्ने पशुचौपायाको हुल । जसोतासो ढोरपाटन उपत्यकामा पुगे पनि कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्ता हुन्थ्यो । जनैपूर्णिमाका अवसरमा मात्रै तीर्थयात्रु ढोरबराह मन्दिरमा पूजाअर्चना जाने गर्थे भने अन्य सिजनमा फाट्टफुट्टमात्रै मानिस घुम्न जान्थे । ढोरपाटन पुग्नेहरू गाईभैँसी बाँध्ने गोठमा स्याउला र उनिउँ बिछ्याएर बस्ने गर्थे । खाना खाने र सुत्ने होटलको… पुरा पढौ

गलकोटमा गलकोट समाज जापान कान्तो क्षेत्रीय समितिले बाढ्यो शैक्षिक सामग्री

गलकोट समाज जापान कान्तो क्षेत्रीय समिति टोकियोले गलकोट क्षेत्रका विभिन्न सामुदायिक विद्यालयका १ सय ७८ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ।कान्तो क्षेत्रीय समिति टोकियोले गलकोट क्षेत्रका गलकोट नगरपालिका र तारा गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक गुणस्तरमा सहयोग पुर्याउने उदेश्यले शैक्षिक सामग्री वितरण गरिएको समितिका सचिव दिपक सुवेदीले जानकारी दिए। प्रवासमा रहेर जन्मभूमिको माया र भावी पिँढीलाइ स्वदेशमा नै रहेर सेवा गर्न प्रोत्साहन गराउनका लागि उत्प्रेरित गरोस् भन्ने दीर्घकालीन लक्ष्यका साथ कान्तो क्षेत्रीय समितिले जेहेन्दार तथा विपन्न बालबालिकालाई… पुरा पढौ

मार्च १ मा प्रथम (N.Y.S.C)कप पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदै

नेपाल युथ स्पोर्टस क्लब (NYSC) जापानले आगामी मार्च १ तारिखका दिन प्रथम (N.Y.S.C)कप पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।नेपाली भुमिमा रहेर भलिबल खेलिरहेका भलिबल खेलाडीहरुलाई खेल मैदानमा हुने दुर्घटना पश्चातको उपचार गर्न तथा दिर्घरोगी भलिबल खेलाडीहरुका लागि उपचारार्थ सहयोग गर्ने उद्देश्यले उक्त भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष बसन्त थापाले जानकारी दिए।आफ्नो स्थापनाकालदेखि नै जापानमा हुने अधिकांश भलिबल प्रतियोगिताहरूमा निरन्तर सहभागिता जनाउदै आएको क्लबले पहिलो पटक खेलाडीहरूको उपचारमा सहयोग पुर्याउनका लागि प्रतियोगिता आयोजना गर्न लागेका हौ अध्यक्ष… पुरा पढौ

सडकले मुहार फेरेको निसी गाउँ

मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि यहाँ निकै चहलपहल बढेको छ। गाउँमा आएको परिवर्तनले बूढापाकालाई अचम्मित बनाएको छ। ढोरपाटन (बागलुङ)- छेउमै कलकल बग्ने निसीखोला। माथिपट्टि अग्ला भिर पहरा। बीच भाग हुँदै रुकुम जोडिएको मध्य पहाडी लोकमार्ग। आडमै छ निसी गाउँ। स–साना ढुंगामाटोले बनेका कलात्मक घर। बाक्लो मगर बस्ती। बाहिरबाट यहाँ आइपुग्ने जोकोहीलाई आकर्षित गर्छ। अझ यहाँको भाषा, कला र संस्कृतिले त झन् लोकमार्गमा गुड्ने गाडीलाई एकै छिन ठक्क रोक्ने गर्छ। गाडीमा यात्रा गर्नेले रोकिएर निसी गाउँको अवलोकन गरेर मात्रै आफ्नो गन्तव्यतर्फ लाग्ने गर्छन्।… पुरा पढौ

आईसीसी यू-१९ विश्वकप क्रिकेट: अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा

काठमाडौं, १२ माघ । नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान पक्का गरेको हो।अफगानिस्तानले  दिएको १४६ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्‍यो।नेपालको जितका लागि कप्तान देव खनालले ५८ रनको योगदान दिए। ७ चौका प्रहार गर्दै उनले ५८ रनको योगदान दिएका हुन्।अर्का ब्याटर दीपक बोहराले २७ रन बनाए। ४ चौका प्रहार गरेका दीपकले ४२ बलको सामना गर्दै २७ रन जोडेका थिए।नेपालले… पुरा पढौ

जापानमा नयाँ वर्षको दिन गएको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति

जापानले नयाँ वर्षमा गएको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी गराएको छ । जापानको राजधानी टोकियोमा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा गएको भूकम्पमा परी कम्तीमा २३६ जनाको मृत्यु भएको र भौतिक क्षतिको लागत १७ अर्ब ६० करोड अमेरिकी डलर पुग्ने एक सरकारी अधिकारीले शुक्रबार बताएका छन् । इशिकावा प्रान्तमा केन्द्रविन्दू रहेको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिका पराकम्पनले जापानको समुद्री तटमा रहेको उक्त क्षेत्रको केही भाग ध्वस्त पार्नुका साथै भवनहरू भत्किएका छन्, सडकहरू भत्किएका छन्… पुरा पढौ

दार्चुलाका विष्णु भट्ट यसरी पुगे जापानस्थित नेपाली स्कुल ‘एभरेस्ट इन्टरनेसनल’को नेतृत्वमा

सुदूरपश्चिम प्रदेशको दार्चुलाको एक गाउँमा चार दशकअघि जन्मिएका विष्णु भट्ट कालो पाटीमा कमेरोलाई कलम बनाएर लेख्दै हुर्के । सानैदेखि पढाइमा उनको औधी रुचि थियो । विष्णुले कक्षा १० सम्मको अध्ययन स्थानीय स्कुलबाटै पूरा गरे, १२ सम्मको अध्ययन भारतको पिथौरागढ जिल्लाको झुलाघाटबाट गरे । त्यसपछि कञ्चनपुरमा रहेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतकै सिद्धनाथ विज्ञान क्याम्पसबाट बीएस्सी पूरा गरे र केही समय स्थानीय एक विद्यालयमा शिक्षण गरे । अध्ययन गर्ने उनको चाहना सकिएकै थिएन । केही समयपछि थप अध्ययनका निम्ति काठमाडौं प्रवेश गरे । २०५९ सालमा त्रिभुवन विश्वविद्यालयबाट… पुरा पढौ

गत वर्ष जापानको व्यापार घाटा ६३ अर्ब डलर

जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९.२९ ट्रिलियन येन अर्थात् करिब ६३ अर्ब अमेरिकी डलरमा झरेको सरकारी तथ्याङ्कले देखाएको छ । कूल निर्यात २.८ प्रतिशतले वृद्धि भइ पहिलोपटक १००.८९ ट्रिलियन येनभन्दा बढी पुगेको छ । निर्यात वृद्धि सन् १९७९ देखि रेकर्ड राख्न थालिएपछिकोे सबैभन्दा उच्च स्तर हो ।  कार वा चार पाङ्ग्रे अल्का साधनको निर्यात ३२.७ प्रतिशतले बढेको छ भने निर्माण तथा खानी मेसिनरीको निर्यात १६.२ प्रतिशतले बढेको छ । यसैबीच, तेल र ग्यासको… पुरा पढौ

जापानमा काम गर्ने शैली र जीवनयापनका नियमहरु

जापानमा गएर नयाँ जीवन शैली सुरुवात गर्दा, विदेशी नागरिकहरुलाई थाहा नभएका कस्तो प्रकारका नियम कानुनहरु छन होलान । जुन देशमा पनि काम र जीवनशैलीका हिसाबले त्यही देशको नियम र शिष्टचार हुने गर्दछ । ती कुराहरुलाई संस्कृतीको एक भागको रुपमा स्वीकार गर्न सकेमा काम र जीवन सहज रुपमा अगाडी बढाउँन सकिन्छ । जापानी नागरिकले समेत याद गर्न गाह्रो हुने जापानको कार्यशैली र जीवन शैलीका नियमहरुका सन्दर्भमा, जापानमा काम गरेको अनुभव आधारमा यो जानकारी राखिएको हो । कार्यस्थलमा काम गर्ने तरिका :… पुरा पढौ

हत्या र आगजनीको आरोपमा जापानमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय

चर्चित क्योतो एनिमेसन स्टुडियोमा सन् २०१९ मा आगजनी गरेको आरोपमा जापानको अदालतले एक ४५ वर्षीय पुरुषलाई मृत्युदण्डको सजाय सुनाएको छ । जापानमा २० वर्ष यताकै सबैभन्दा ठुलो सामूहिक हत्याकाण्डको यो घटनामा ३६ जनाको मृत्यु भएको थियो । एनएचकेका अनुसार सिन्जी आओबामाथि प्रहरीले हत्या र आगजनीको मुद्दा दायर गरेको थियो । आओबाले स्टुडियोमाथि आफ्नो काम चोरी गरेको आरोप लगाउँदै आफूले इन्धन छर्केर स्टुडियोमा आगजनी गरेको प्रहरीसमक्ष बयान दिएका थिए । उनलाई क्योटो जिल्ला अदालतले बिहीबार दोषी करार गरेको हो ।  आगलागीको… पुरा पढौ