प्रमुख समाचार

दोस्रो ‘एनआरएनए फुटसल रनिङ कप २०२४’ प्रतियोगितामा ३० टिमको सहभागिता हुने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा हुने दोस्रो 'एनआरएनए फुटसल रनिङ कप २०२४' प्रतियोगितामा ३० टिमको सहभागिता हुने भएको छ।युवाका लागि खेलकूद भन्ने मान्यताका साथ मार्च ३ तारिख हुने उक्त प्रतियोगिताको लागि जापानभर रहेका फुटसल प्रेमीहरू मध्य टिम दर्ता गराएका टिमहरूको आईतवार एक कार्यक्रमका बिच टाई सिट सार्वजनिक गर्दै उक्त जानकारी गराइएको हो । फुटसल प्रतियोगितामा एनआरएनए जापान अन्तर्गतका ६ वटा क्षेत्रीय समिति सहित ३० टिमको सहभागिता हुने निश्चित भै सोहि आधारमा टाई सिट सार्वजनिक गरिएको 'दोस्रो… पुरा पढौ

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ

घर अगाडिको सडकमा सवारी साधन गुडीरहन्छन् । सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन् । सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी देखिन्छ । यो दृश्य पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने दिच्याम गाउँको हो । यहाँका दिच्याम, निस्कोट, रुम, देविस्थानलगायत गाउँमा हिजोआज यस्तो दृश्य देखिन थालेको छ । करिब डेढ दशक अघिसम्म म्याग्दीका यी गाउँहरु रमाइला दखिन्थ्ये । गाउँघरमा वरपर, तल–माथि बस्ती बाक्लो थियो । सबै घरमा मानिस भरिभराउ हुन्थे… पुरा पढौ

गरिबीले विदेश पठायो, युद्धले ज्यान लियो

बागलुङको ताराखोला गाउँपालिका–२ सिले गाउँका ३६ वर्षीय जीतबहादुर विक असोज ११ गते रोजगारीका लागि रुस पुग्नु भयो । रुस पुगेको पाँच महिनामै घरमा मृत्युको खबर आयो । जीतबहादुरको मृत्युको खबरले सिंगो गाउँनै यति बेला दुःखमा छ । सामान्य परिवारका जीतबहादुरले लामो समय गाउँमा गाडी चलाउनु भयो । गाडी चलाउनेबाहेक उहाँसँग अन्य सीप थिएन । व्यवसाय गर्नलाई परिवारको आर्थिक अवस्था नाजुक थियो । गाडी चलाएर परिवार पाल्न नसकेपछि धन कमाउने आश बोकेर जीतबहादुर रुस पुग्नु भएको थियो । रुस पुगेर रुसी… पुरा पढौ

“राष्ट्रिय ध्वजाबहाक जहाजको भाडादर समायोजन गरिने छ ।“ कार्यकारी अध्यक्ष अधिकारी

प्रतिष्पर्धी वायु सेवा कम्पनीको तुलनामा राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्सको सेवामा कुनै कमी आउन नदिने गरि व्यावसायिक सुधार गर्न लागिएको नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बताएका छन्।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको आयोजनामा भएको अन्तरक्रिया सहित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले अन्य प्रतिष्पर्धी वायु सेवा कम्पनीको भन्दा भाडादर महँगो नहुने गरि समायोजन लगायतका सुधारका कार्य गरिन लागेको बताएका हुन्।"राष्ट्रिय ध्वजाबहाक जहाजमा जापानी भाषाको व्यवस्था, अन्तराष्ट्रिय मापदण्डको खानाको व्यवस्थासहित भाडादरमा समेत समायोजन गर्ने गरि आवश्यक… पुरा पढौ

शैक्षिक संस्थाले आफ्नै माटोको माया गर्ने जनशक्ति गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

बागलुङ ६ फागुन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नै माटोको माया गर्ने जनशक्ती बनाउने शिक्षा आजको आवश्यकता भएको बताएका छन् । गलकोट बहुमुखी क्याम्पसको शैक्षिक विकास र संकाय थप गर्ने लक्षले आइतबारदेखि श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञको शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले भनें, ‘अबका शैक्षिक संस्था र शिक्षकले आफ्नै माटोको माया गर्ने जनशक्ती उत्पादन गर्नुपर्छ ।’ पाण्डेले भौतिक पूर्वाधार निर्माणमा स्थानीय र प्रदेश सरकारले साथ दिने भन्दै नैतिक शिक्षा र राष्ट्रभक्ति सिकाउने काम समाजको भएको बताए । ‘विकास निर्माणमा त सरकारले साथ… पुरा पढौ

अब जापानमा लामो कपाल हुनेहरुलाई पनि सेनामा भर्ना लिइने

टोकियो । जापानमा सेनाका जवानहरुको हेयर स्टाइलसम्बन्धी नियम केही खुकुलो पारिएको छ । अब लामो कपाल भएका युवाहरुलाई समेत सेनामा भर्ती लिइने भएको छ । थप युवाहरुलाई सैन्य क्षेत्रतर्फ आकर्षित गर्न यस्तो कदम चालिएको रक्षा मन्त्रालयले बताएको छ । चीन र उत्तर कोरियाबाट खतरा बढिरहेकै समयमा जापानले सेनामा भर्तीका लागि चाहिने जति युवाहरु पाइरहेको छैन । तर अप्रिलदेखि भने लामा कपाल भएका पुरुष र छोटो कपाल भएकी महिलालाई समेत भर्ना लिइनेछ । नयाँ नियम अन्तर्गत पुरुष जवानले शीर अगाडी लामो र… पुरा पढौ

दोस्रो ‘एनआरएनए फुटसल रनिङ कप २०२४’ प्रतियोगिताको तयारी तिव्र

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा हुने दोस्रो 'एनआरएनए फुटसल रनिङ कप २०२४' प्रतियोगिताको तयारी तिव्र गतिमा भइरहेको छ।युवाका लागि खेलकूद भन्ने मान्यताका साथ मार्च ३ तारिख हुने उक्त प्रतियोगिताको लागि जापानभर रहेका फुटसल प्रेमीहरूले टिम दर्ता गराउने क्रम जारी रहेको र टिम दर्ताका लागि फेब्रुअरीको २३ तारिखसम्म अन्तिम म्याद राखिएको कार्यक्रमका संयोजक तथा एनआरएनए जापानमा युवा संयोजक मुक्तिराज रेग्मीले जानकारी दिए।संयोजक रेग्मीका अनुसार जापानमा रहेका नेपाली युवाहरुलाई खेलकुदप्रति सक्रिय बनाइराख्न र खेलकुदका माध्यमबाट सामाजिक क्रियाकलापमा संलग्न… पुरा पढौ

जापानलाई हराउदै इरान एशियन कपको सेमिफाइनलमा

काठमाडौँ, २० माघ । इरान एशियन कपको सेमिफाइनलमा पुगेको छ । शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा इरानले जापानलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । इरानले खेलको ९६औं मिनेटमा पाएको पेनाल्टी गोल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । इरानको जितमा मोहमद मोहेबी र अलिरेजा जहानबख्शले एक एक गोल गरेका थिए । त्यस्तै जापानका लागि हिदेमासा मोरिटाले एक गोल गरेका थिए । अब इरानले सेमिफाइनलमा कतार र उज्बेकिस्तानबीचको विजेतासँग खेल्ने छ । त्यस्तै जापान भने यो हारपछि… पुरा पढौ

शैक्षिक ज्ञान महायज्ञ सफल गराउन प्रचारात्मक अभियान तीव्र

गलकोट बहुमुखी क्याम्पस गलकोट नगरपालिका वडा नम्वर ३ ले ।ीमद्भागवत महायज्ञ सफल गराउन प्रचारात्मक अभियान तीव्र बनाएको छ ।आगामी फागुन ६ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने शैक्षिक ज्ञान महायज्ञ २०८० सफल पार्नको लागि महाय मूल समारोह समितिका संयोजक घनश्याम शर्माको नेतृत्वमा गलकोट नगरपालिका वडा नं ६ को कार्यालयमा जनप्रतिनिधी, टोल विकास संस्थाका अध्यक्ष तथा कर्मचारीहरुसँग अन्तक्रिया तथा कार्यक्रमको बारेमा सहजीकरण गरिएको थियो उक्त टोलीले पार्वती माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं ६ चरौदीका शिक्षक विद्यार्थी सँग अन्तक्रिया गरेको क्याम्पसका सहायक… पुरा पढौ

चैते दशैंको अवसरमा टोकियोमा चैत्राष्टमी मेला २०२४ हुने

बाग्लुङ समाज जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा चैते दशैंको अवसरमा टोकियोमा चैत्राष्टमी मेला २०२४ हुने भएको छ । गण्डकी प्रदेशकै महत्वपूर्ण मेलाको रुपमा बागलुङ जिल्लामा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको चैत्राष्टमी मेलाको झल्को दिनेगरी अप्रिल १४ तारिख आईतवार टोकियोमा संयुक्त रुपमा कार्यक्रम गर्नेगरी तयारी थालिएको बिहुँकोट समाज जापानका अध्यक्ष दिपक कंडेलले जानकारी दिनुभयो । कार्यक्रम सम्पन्न गर्नकोलागी बाग्लुङ समाजका अध्यक्ष यमकान्त कंडेलको संयोजकत्वमा मुल आयोजक समिती गठन गरी तयारी थालिएको छ । समितिको सदस्यहरुमा बिहुँकोट समाजका उपाध्यक्ष फडिन्द्र शर्मा… पुरा पढौ