शैक्षिक ज्ञान महायज्ञ सफल गराउन प्रचारात्मक अभियान तीव्र

-


     जनहित न्युज    
     माघ २१ गते २०८०


गलकोट बहुमुखी क्याम्पस गलकोट नगरपालिका वडा नम्वर ३ ले ।ीमद्भागवत महायज्ञ सफल गराउन प्रचारात्मक अभियान तीव्र बनाएको छ ।
आगामी फागुन ६ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने शैक्षिक ज्ञान महायज्ञ २०८० सफल पार्नको लागि महाय मूल समारोह समितिका संयोजक घनश्याम शर्माको नेतृत्वमा गलकोट नगरपालिका वडा नं ६ को कार्यालयमा जनप्रतिनिधी, टोल विकास संस्थाका अध्यक्ष तथा कर्मचारीहरुसँग अन्तक्रिया तथा कार्यक्रमको बारेमा सहजीकरण गरिएको थियो उक्त टोलीले पार्वती माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं ६ चरौदीका शिक्षक विद्यार्थी सँग अन्तक्रिया गरेको क्याम्पसका सहायक क्याम्पस प्रमुख चूडामणि शर्माले बताउनु भयो । महायज्ञ सफल बनाउन नव युवक आधारभूत विद्यालय गलकोट नगरपालिका वडा नं २ ठानमा समेत भेटघाट कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको छ ।
क्याम्पसको शैक्षिक गुणस्तर बृद्धि, क्याम्पसको स्तरोन्नति तथा दीर्घकालीन व्यवस्थापनको लागि आयोजना गरिएको शैक्षिक ज्ञान महायज्ञ सफल बनाउन क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारीको नेतृत्वमा एक टोली राजधानी काठमाडौं तथा देशका प्रमुख शहरको लागि आजै प्रचार सामग्री सहित प्रस्थान गरेको गरेको छ । महायज्ञ सफल पार्नका लागि मूल समिति तथा २६ वटा उप समितिहरु कार्य विभाजन सहित तयारी तथा प्रचार प्रसारमा जुटेको सूचना तथा सञ्चार उपसमितिका संयोजक वीर बहादुर चोखालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?