प्रमुख समाचार

इजरायलमा नेपाली मूलका बैंकरले बाले  मैनबत्ती, बिपिन जोशीको सुरक्षित मुक्तिका लागि गरे अपिल

इजरायल – न्यू योर्कमा कार्यरत नेपाली मूलका बैंकर तथा समाजसेवीप्रवेश रिजालले गत  अक्टोबर २०२३ मा हमासको आक्रमणमा परीमारिएका १० नेपाली विद्यार्थीहरूको सम्झनामा इजरायलको एककिब्बुजमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन्। गत मंगलबार  इजरायलको दक्षिणी क्षेत्रमा रहेको किब्बुज अलुमिममाआयोजित एक स्मृति कार्यक्रममा न्युयोर्कस्थित क्रस रिभर बैंकको क्वान्टिटेटीभ स्ट्राटेजीज विभागको प्रमुख समेत रहेका रिजाललेप्यालेस्टिनी उग्रवादी समूह हमासले  अपहरण गरेका नेपाली नागरिकबिपिन जोशीको सुरक्षित मुक्तिका लागि पनि आग्रह गरे। नेपाली लगायत हमास आक्रमणमा मारिएका सबै व्यक्तिहरूकोसम्झनामा आयोजित उक्त कार्यक्रममा बोल्दै रिजालले भने, “त्यही ठाउँमाउभिनु जहाँ हाम्रा १० नेपाली दाजुभाइहरूले ज्यान गुमाएका थिए, अत्यन्तपीडादायक अनुभूति हो। तर यो क्षण नेपाल र इजरायलबीचको सहानुभूतिर ऐक्यबद्धताको प्रतीक पनि हो।” रिजालले थपे, "हामीले गुमाएका आफन्तहरूको सम्झनामा श्रद्धाञ्जलीअर्पण गर्दा मेरो मन अझै भारी छ। किनकि अझै पनि थुप्रै निर्दोष नागरिकहमासको कब्जामा छन्, जसमा नेपाली नागरिक बिपिन जोशी पनि छन्।उनी इजरायल आइपुगेको केही हप्तामै १५ जना नेपालीहरूलाई बचाउनेप्रयासका क्रममा अपहरणमा परे। उनको सुरक्षित फिर्तीका लागि हामीप्रार्थना गर्छौं र सबै निर्दोष बन्धकहरूको रिहाइका लागि विश्व समुदायलेऐक्यबद्धता जनाउनुपर्छ।” रिजालले हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीविद्यार्थीहरूलाई स्मरण गर्दै भने, “नेपाली युवा विद्यार्थी यहाँ अध्ययन, प्रगति, र भविष्य निर्माण गर्ने आशासहित आएका थिए। उनीहरूको सपनाएक क्षणमै ध्वस्त पारियो। तर आज यी मैनबत्तीहरू बालेर हामी सुनिश्चितगर्न चाहन्छौं कि उनीहरूको सम्झना कहिल्यै मेटिने छैन। उनीहरूकापरिवारहरूको हृदयमा र शान्ति तथा सहनशीलताप्रतिको हाम्रोप्रतिबद्धतामा उनीहरू सदैव जीवित रहनेछन्।” "आज हामी दुःखमा एकसाथ उभिएको छौं, तर आशाका लागि पनिउभिनुपर्छ। हिंसाले कसैको ज्यान नलिओस्, युवाहरूले शान्तिपूर्ण रूपमाआफ्ना सपनाहरू पूरा गर्न सकून्, र उज्यालोले सधैं अन्धकारलाईजितोस्। दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दछु। उनीहरूकापरिवारजनले धैर्य र शक्ति प्राप्त गरून्,” आफ्नो मन्तव्यमा रिजालले भने।  रिजालसँग कुराकानी गर्दै किब्बुजमा नेपाली विद्यार्थीहरूसंगै बसेका रकाम गरेका इजरायली नागरिकहरूले उनलाई घटनाको विवरणसुनाउनुका साथै मृतक विद्यार्थीहरूको सम्झना गरेका थिए।  उनीहरुलेअन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बिपिन जोशीप्रति थप ध्यान दिनुपर्ने मागपनि गरे। अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी कम्तीमा १० जना नेपालीविद्यार्थी मारिएका थिए भने केही घाइते भएका थिए। नेपाल सरकारलेइजरायल सरकार तथा अन्तर्राष्ट्रिय समुदायलाई हाल बन्धक अवस्थामैरहेका ठानिएका बिपिन जोशीको सुरक्षित रिहाइका लागि सहयोग गर्नआग्रह गरिरहेको छ। पुरा पढौ

‘लाज शरणम्’मा रहेको बालेनको गीतले बनायो रेकर्ड

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीतले नयाँ रेकर्ड बनाएको छ। युट्युबमा यो गीतले रेकर्ड बनाएको हो।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो। युट्युब ट्रेन्डिङमा सबैभन्दा चाँडो एक नम्बरमा आउने गीतको रेकर्ड यो गीतले बनाएको छ।२४ घण्टा नपुग्दै ‘नेपाल हाँसेको’ बोलको गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको एक नम्बरमा पुग्ने चलचित्रको पहिलो गीत बनेको छ। भ्युज पनि यो गीतले उल्लेख्य पाएको छ।यो गीत नेपाल बाहेक अस्ट्रेलियामा, युएई, कतार , माल्टामा र कुवेत गरी… पुरा पढौ

जापान पठाउने भनिएका २० हजार ‘केयर गिभर’ स्वास्थ्यकर्मी नै हुनुपर्ने हो ?

काठमाडौं । नेपालले ‘नेपाल–जापान सेवा आदान–प्रदान कार्यक्रम’अन्तर्गत २० हजार ‘केयर गिभर’ जापान पठाउने भएको छ । त्यसका निम्ति मंगलबार नेपाल र जापानका सम्बन्धित कम्पनी तथा निकायहरूबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालका तर्फबाट सन्दिपनी ग्रुप अफ एजुकेसनले जापान पठाउने प्रक्रिया अघि बढाउनेछ । जापानका तर्फबाट जेन्काउ रिसर्च इन्स्टिच्युट, कोजाइ कोसन कर्पोरेसन प्रोग्रेसिभ स्टाफ एजेन्सी र नेपालका तर्फबाट काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स र सन्दिपनी ग्रुप अफ एजुकेसनका प्रतिनिधिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।  सन्दिपनी ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नरेश ओझाका… पुरा पढौ

गायिका एलिना चौहान र विष्णु सापकोटाबिच कानुनीरुपमा सम्बन्धविच्छेद, यस्तो छ आधिकारिक रूपमा सम्बन्ध बिच्छेद पश्चात् आफ़नो फेसबुकमा एलिनाले लेखेको स्टाटस

काठमाडौँ । गायिका एलिना चौहान र विष्णु सापकोटाबिच कानुनीरुपमा सम्बन्धविच्छेद भएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतले उनीहरुबिचको सम्बन्धबिच्छेदको मुद्दा टुंगो लगाएको हो ।  न्यायाधीश मोना सिंहको इजलासमा अंश र मानाचामल नलिने गरी सम्बन्धबिच्छेद भएको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए । अदालतमा विष्णु सापकोटाका बुबा वारेसको रूपमा उपस्थित भएका थिए । माघ दोस्रो साता चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । उनले काठमाडौँ जिल्ला अदालतमा वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी थिइन् ।  एलिनाले गत वैशाखमा बागलुङ… पुरा पढौ

२०२४ मा जापानको कुल ऋण १,३१७ ट्रिलियन येन पुग्यो

टोकियो/ २०२४ को अन्त्यमा जापानको वित्तीय स्वास्थ्य अझ बिग्रिएको अर्थ मन्त्रालयको तथ्याङ्कले सोमबार देखाएको छ, कुल ऋण बढेर १,३१७.६४ ट्रिलियन येन पुगेको छ। आंशिक रूपमा सामाजिक सुरक्षा र राष्ट्रिय रक्षा लागतमा भएको वृद्धिको कारणले गर्दा कुल ऋण जापानको अर्थतन्त्रको आकारभन्दा दोब्बरभन्दा बढी छ र विकसित अर्थतन्त्रहरूमध्ये सबैभन्दा ठूलो हो । एक वर्ष अघिको तुलनामा ३१.१८ ट्रिलियन येनले बढेको ऋणमा सरकारी बन्ड, निजी बैंकहरूबाट ऋण र वित्तपोषण बिलहरू समावेश छन्। मन्त्रालयका अनुसार डिसेम्बरको अन्त्यसम्ममा राज्यको ऋणमा १,१७३.५६ ट्रिलियन येन बन्ड, ४६.८८… पुरा पढौ

जापानमा सुनको मूल्य बढेसँगै तस्करी बढ्यो

कोभिड-१९ महामारीपछि बहुमूल्य धातु सुनको बढ्दो मूल्य र विदेशी पर्यटकहरूको पुनरुत्थानका कारण जापानमा सुन तस्करीका घटनाहरू बढ्दै गएका छन्।कपडामा धुलो सुन लुकाउने जस्ता तस्करीका तरिकाहरू परिष्कृत हुँदै गएपछि भन्सार अधिकारीहरूले सीमा नियन्त्रण कडा पार्न उपायहरू बढाइरहेका बताएका छन्।गत सेप्टेम्बरमा हङकङबाट आएका दुई चिनियाँ नागरिकहरूले टोकियोको हानेदा विमानस्थलमा लगभग २.६ किलोग्राम धुलो सुन लुकाएको फेला पारेका थिए।चीन र हङकङका सामाजिक सञ्जालहरूमा सुन तस्करी गर्ने योजनाहरूको व्यापक प्रचार गरिएको छ। भन्सारले लगाएको धातुमा आयात करबाट व्यक्तिहरूले बच्न सके ठूलो नाफा कमाउन सकिने… पुरा पढौ

मानसिक स्वास्थमा भोजनको प्रभाव

चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा मानसिक रूपमा स्वस्थ रहन हाम्रो भोजनले ठूलो भूमिका खेल्छ । डा शर्माका विचार “सामान्य शारीरिक स्वास्थ्यको अवस्था मानसिक स्वास्थ्यको पूर्वाधार भएकाले जस्तो खानपिनले शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, त्यो मानसिक स्वास्थ्यको लागि पनि उपयुक्त हुन्छ भन्ने कुरा सामान्य स्थापित मान्यता हो । केही खाद्य वस्तुको विशेष भूमिका रहन्छ ।” सुक्ष्म पोषण तत्वसहित रेशादार पदार्थ प्रचुर मात्रामा भएको खाना विशेषरूपले मानसिक स्वास्थ्य सबल पार्न मद्दत गर्छ । जति सक्यो कम प्रशोधन… पुरा पढौ

कास्की पोखरा समाज जापानको अध्यक्षमा कमल बास्तोला र महासचिवमा जीवन पोखरेल कञ्चन निर्वाचित

कास्की पोखरा समाज जापानको छैठौं अधिवेशनले आगामी कार्यकालको लागि अध्यक्षमा कमल बास्तोला र महासचिवमा जीवन पोखरेल कञ्चनलाई चयन गरेको छ।आइतबार टोकियोमा सम्पन्न सो अधिवेशन तथा स्मारिका विमोचन कार्यक्रमले आगामी कार्यकालको लागि बास्तोलाको अध्यक्षतामा २७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध रूपमा निर्वाचित भएको निर्वाचन समितिका निर्वाचन समितिले जानकारी दिएको हो । सामाजिक सेवाको उच्च भावलाई कायम राखी लागि कास्की पोखरा क्षेत्रबाट जापान आएका नेपालीहरूको साझा संस्थाको रुपमा रहेको सो समाजको उपाध्यक्षमा विशु भण्डारी, दिपक सुनार, मनोज तिवारी र सरोज कार्की निर्वाचित भएका… पुरा पढौ

‘डोनाल्ड ट्रम्प र हाम्रो केमेस्ट्री मिलेजस्तो लाग्यो’ जापानी प्रधानमन्त्री सिगेरु इसिबा

डोनाल्ड ट्रम्पले भर्खर अमेरिकाको निकट सहयोगी क्यानडालाई २५ प्रतिशत भन्सार लगाएका थिए। जापानी प्रधानमन्त्री सिगेरु इसिबा उनै ट्रम्पसँग भेट्न जाँदै थियो। त्यो पनि पहिलोपटक। त्यसैले टोकियोमा चिन्ताको माहौल थियो। तर, ट्रम्पसँगको भेटपछि जापानी प्रधानमन्त्री इसिबा शुक्रबार प्रफुल्ल मुद्रामा घर फर्किए। ट्रम्पसँग उनले न्यानो सम्बन्ध बनाए, सुरक्षा गठबन्धन कायम रहने सुनिश्चित गरे र अझ गहिरो आर्थिक सम्बन्धको मार्गचित्र पनि तय गरे। ‘हाम्रो केमेस्ट्री मिलेजस्तो लाग्यो,’ जापान फर्केपछि आइतबार इसिबाले भने।  अहिले इसिबाको भ्रमणलाई निकै सफल मानिँदै छ। ट्रम्पसँग कसरी वार्ता गर्ने, जापानी प्रधानमन्त्रीबाट… पुरा पढौ

डोमिनोज पिज्जा डेलिभरी सेवाले “नाफामुखी क्षमता सुधार गर्न” जापान भरका १७२ स्टोरहरू बन्द गर्ने

अष्ट्रेलियामा मुख्यालय रहेको डोमिनोज पिज्जा इन्टरप्राइजेज लिमिटेडले जापानमा १७२ सहित विश्वभरका २०५ नाफा कमाउन नसकेका आउटलेटहरू बन्द गर्ने बताएको छ।विश्वव्यापी पिज्जा डेलिभरी चेनको रुपमा कार्य गरिरहेको कम्पनीले आम्दानी सुधार गर्न मद्दत गर्ने क्षेत्रहरूमा लगानीलाई प्राथमिकता दिने योजनाका साथ ती आउटलेट बन्द गर्न लागेको बताइएको छ।जापानमा रहेका लगभग १,००० स्टोरहरूको लगभग २०% हिस्सा ओगटेको १७२ स्टोरहरू बन्द गर्ने घोषणा गरेको हो। यी मध्ये ५८ वटा फ्रान्चाइज्ड स्टोरहरू छन् र ११४ वटा कम्पनीद्वारा सञ्चालित स्टोरहरू छन्। कम्पनीले यो कदम "आफ्नो बजार केन्द्रिततालाई… पुरा पढौ