प्रमुख समाचार

जापानको ‘इन्डोकरी रेस्टुरेन्ट’ मा नेपाली साम्राज्य!

नेपालीहरू कहिले जापान जान सुरू गरे होला? नेपालीहरू जापान जाने क्रम किन बढ्यो होला? यस्तो जिज्ञासा हुनु स्वाभाविक हो। यस सम्बन्धी अध्ययन गरेका छन् 'द युनिभर्सिटी अफ टोकियो' का उपप्राध्यापक दीपेश खरेलले। उनी सन् २००८ मा जापान पुग्दा बढीमा १० हजारभन्दा नेपाली थिए। अहिले कम्तीमा दुई लाख छन्। https://youtu.be/uoxkc7SMAZ0?si=ifT-sWJhZrWOn2u4 उनले जापानमा रहेको नेपाली आप्रवासी सम्बन्धी विषयमा पिएचडी (विद्यावारिधि) गरेका छन्। दीपेशले नर्वेबाट 'भिजुअल एन्थ्रोपोलोजी' विषयमा एमफिल गरेका हुन्। सन् २००७ मा नेपाल फर्केर, सन् २००८ मा उनी जापान गएर विद्यावारिधि गरे। त्यसपछि विश्वविद्यालयमा… पुरा पढौ

कास्की पोखरा समाज जापानको पहिलो बैठक सम्पन्न, प्रवक्तामा बिष्णु सुबेदी चयन

टोकियो – कास्की पोखरा समाज जापानको २०२५–२७ कार्यसमितिको पहिलो बैठक आइतबार सम्पन्न भएको छ। यस बैठकबाट प्रवक्ताको पदमा बिष्णु सुबेदी निशान चयन भएका छन्। बैठकमा नवनिर्वाचित अध्यक्ष कमल बाँस्तोलाद्धारा प्रस्तावित संस्थाका भावी योजना तथा कार्यक्रमहरूमा छलफल गरिएको थियो। बैठकले कास्की जिल्लाबाट जापानमा आई बसोबास गरिरहेका व्यक्तिहरूलाई एक आपसमा जोड्ने पहल, जापानी समुदायमाझ कास्की–पोखरालाई चिनाउने विभिन्न कार्यक्रमहरू गर्ने, आजीवन तथा साधारण सदस्यहरूको संख्या बढाउने, जापानका विभिन्न क्षेत्रहरूमा क्षेत्रीय समितिहरूको विस्तार गर्ने, जापानमा बसोबास गर्दै आइरहेका कास्केलीहरूका समस्या तथा गुनासो सुन्ने प्रणाली… पुरा पढौ

म्याराथनमा सहभागिताका लागि जापान आएका ११ जना धावकलाई एनआरएनए जापानद्वारा सम्मान

गैरआवासीय नेपाली संघ एनआरएनए जापानले यस वर्षको टोकियो म्याराथनमा सहभागिता जनाउन जापान आईपुगेकाहरूलाई ११ जना धावकलाई सम्मान गरेको छ। एक समारोहका बीच एनआरएनए जापानले विभिन्न देशबाट आईपुगेका ११ जना नेपालीहरूलाई स्वागत तथा सम्मान गरेको हो। समारोहका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले टोकियोमा यस पटक नेपाली खेलाडीहरूको ठुलो सहभागिता हुने भएकोमा खुसी व्यक्त गर्दै सम्मान गर्न पाउदा हर्सित भएको बताउनु भयो।विश्वको जुनसुकै कुनामा रहेपनि नेपालीले मातृभुमीको शिर ठाडो बनाउने काम गर्न सबैलाई अनुरोध गर्नुभयो। जुनस्थानमा हुनुहुन्छ सोही… पुरा पढौ

फुकुओकामा ‘नेपाल फेस्टिभल फुकुओका-२०२५’ हुँदै, प्रीति आले र हेमन्त शर्माको प्रस्तुति रहने

टोकियो – जापानको फुकुओका शहरमा हरेक वर्ष झैँ यस वर्ष पनि ‘नेपाल फेस्टिभल’ हुने भएको छ । फुकुओका नेपाल सोसाइटी (फुनेसो)को अग्रसरतामा नेपाली समुदायको उत्साहजनक सहभागितामा ‘नेपाल फेस्टिभल फुकुओका-२०२५’ आयोजना हुने भएको हो फुनेसोका अध्यक्ष इन्द्र प्रसाद घलेको संयोजकत्वमा क्युशु क्षेत्रका विभिन्न नेपाली संघसंस्था र जापानी निकायहरूको सहकार्यमा अप्रिल १२ र १३ का दिन फुकुओकाको तेन्जीन सेन्ट्रल पार्कमा फेस्टिभल सम्पन्न गरिने तय भएको छ । नेपाल फेस्टिभल फुकुओका नेपाली कला, संस्कृति, भेषभूषा तथा पर्यटन प्रवर्द्धनका लागि एउटा विशेष मञ्च बनिसकेको… पुरा पढौ

जापानका प्रत्येक ६ जना नागरिकमध्ये एक जनासँग मात्र राहदानी

जापानका प्रत्येक छ जना नागरिकमध्ये एक जनासँग मात्र वैध राहदानी रहेको सरकारको पछिल्लो तथ्याङ्कले देखाएको छ । पछिल्लो दर राहदानी भएका अमेरिकीको आधाभन्दा निकै कम छ तर सन् १९९० को करिब पाँच प्रतिशतबाट बढेको छ ।छिमेकी मुलुक दक्षिण कोरियामा यो सङ्ख्या ६० प्रतिशतको हाराहारीमा रहेको सियोलले जनाएको छ । सन् २०२४ को डिसेम्बरसम्ममा दुई करोड १६ लाख वैध जापानी राहदानी प्रचलनमा रहेको र यो कुल जनसङ्ख्याको करिब १७.५ प्रतिशत रहेको परराष्ट्र मन्त्रालयले बिहीबार जनाएको छ । कोभिड–१९ महामारीअघि करिब एक… पुरा पढौ

‘जापान नेपालको हितैषी र विकासको सहयात्री’

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जापान नेपालको हितैषी मित्र र दिगो विकासको सहयात्री भएको बताउनुभएको छ ।  नेपाल जाइका अलमनाई एसोसियसन (जान)को ५१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको विकास प्रयासमा जापानले गरेको योगदानको उच्च मूल्याङ्कन गर्नुभयो ।  “नेपाल र जापानबीच ‘एसियाका ज्योति’ भगवान बुद्धको शिक्षाबाट प्रभावित युगौँ पुरानो सामाजिक–साँस्कृतिक सम्बन्ध छ”, उपराष्ट्रपतिले भन्नुभयो, “समय–समयमा दुई देशबीच हुने गरेका उच्चस्तरीय भ्रमण तथा विचार आदानप्रदानले हाम्रो सम्बन्धलाई थप मजबुत बनाएको छ ।”  उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा… पुरा पढौ

जेलेन्स्कीले सके जति गरे ! सक्नेभन्दा अलि बढ़ी नै गरे !

काल पल्कियो भने हामी पनि अजर अमर छैनौं ! तीन दिनमा सकिने अनुमान गरिएको विदेशी आक्रमणलाई विश्वभर रोई कराई तीन वर्ष लम्ब्याए ! भारतविरुद्ध सुरुङ्ग युद्ध लड्ने भन्दै सेन्टिमेन्ट उराल्ने हामीले युक्रेन र जेलेन्स्कीलाई अर्तिउपदेश दिनु बेकार छ । जेलेन्स्की सन् २०१९ मा राष्ट्रपति बनेका हुन् । रसियाले त्यसभन्दा पाँच वर्षअघि नै सन् २०१४ मैं क्रिमिया कब्जा गरेको थियो ! डोनबासमा सेना पठाएर पूर्वी क्षेत्र कब्जा गरेको थियो !जेलेन्स्की निर्वाचित भएपछिको युद्ध होइन यो । बरु उनले रसियासित युद्धविराम गरेका… पुरा पढौ

जापानमा मार्चमा २,००० भन्दा बढी खाद्य तथा पेय पदार्थको मूल्य औसतमा १६% ले बढ्ने

टोकियो -- जापानमा २ हजार ३४३ ट्र्याक गरिएका खाद्य तथा पेय पदार्थहरूको मूल्य मार्चमा औसत १६% ले बढ्ने तय भएको तेइकोकु डाटाबैंक लिमिटेडले शुक्रबार घोषणा गरेको छ।१९५ प्रमुख खाद्य उत्पादकहरूको सर्वेक्षण गर्ने तेइकोकु डाटाबैंकले "खाद्य तथा पेय पदार्थको मूल्य वृद्धिको गति अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बलियो भएको" रिपोर्ट सार्वजनिक गरेको हो।प्रशोधित खाद्य पदार्थको मूल्य वृद्धि १,००० वस्तुभन्दा बढी भएको ११ महिना भइसकेको छ। वृद्धि देखिएका अन्य वर्गहरूमा "मादक पेय पदार्थ र अन्य पेय पदार्थ" ५३४ वस्तुहरू र "दुग्ध उत्पादनहरू"… पुरा पढौ

यस वर्ष जापानमा साकुरा सिजन धेरै लामो हुने चेरी ब्लजमको पूर्वानुमान, साकुरा कहाँ कहिले फुल्दै छ सम्पूर्ण जानकारीसहित

नक्सा र अनुमानित मितिहरूले जापानको एक छेउदेखि अर्को छेउसम्म चेरी फूल अर्थात् साकुराको बारेमा जान्न खोज्नेहरुका लागि आवश्यक जानकारी यहाँ प्रस्तुत गरिएको छ । यस वर्ष २०२५ को चेरी फूल जापानमा देखा पर्ने अपेक्षा गरिनका लागि अब एक महिनाभन्दा कम समय बाँकी छ , जसको अर्थ साकुरा कहिले फुल्नेछ र कहिले पूर्ण रूपमा फुल्नेछ भन्ने अनुमानित भविष्यवाणी गर्ने अयोग्य विज्ञान बढ्दो रूपमा विश्वसनीय हुँदै गइरहेको छ। जापानी मौसम विज्ञान सेवा विभागको समाचारले भर्खरै आफ्नो पछिल्लो पूर्वानुमान जारी गरेको छ, त्यसैलाई आधार मानेर हामीले… पुरा पढौ

जापानमा जन्मदर इतिहासकै न्यून, के “आवासको साँघुरोपन” प्रमुख कारक हो?

टोकियो । जापानमा युवाहरूले विवाह गर्न ढिलाइ गर्दै गर्दा र वृद्ध जनसङ्ख्या बढ्दै जाँदा लगातार नवौँ वर्ष घट्दै गएर सन् २०२४ मा जन्मदर फेरि रेकर्ड न्यूनस्तरमा पुगेको बिहीबार सरकारी तथ्याङ्कले देखाएको छ । यी आँकडाहरूले विश्वको चौथो ठूलो अर्थतन्त्रले सामना गर्दै गरेको नाटकीय जनसाङ्ख्यिकीय चुनौतीहरूलाई उजागर गर्छन् । जापानमा घट्दो श्रमशक्तिले बढ्दो वृद्ध जनसङ्ख्याको हेरचाहको लागत वहन गर्नुपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्याङ्क अनुसार सन् २०२४ मा विदेशी नागरिकहरू सहित जापानमा सात लाख २० हजार नौ सय ८८… पुरा पढौ