डोमिनोज पिज्जा डेलिभरी सेवाले “नाफामुखी क्षमता सुधार गर्न” जापान भरका १७२ स्टोरहरू बन्द गर्ने

-


     जनहित न्युज    
     माघ २७ गते २०८१


अष्ट्रेलियामा मुख्यालय रहेको डोमिनोज पिज्जा इन्टरप्राइजेज लिमिटेडले जापानमा १७२ सहित विश्वभरका २०५ नाफा कमाउन नसकेका आउटलेटहरू बन्द गर्ने बताएको छ।
विश्वव्यापी पिज्जा डेलिभरी चेनको रुपमा कार्य गरिरहेको कम्पनीले आम्दानी सुधार गर्न मद्दत गर्ने क्षेत्रहरूमा लगानीलाई प्राथमिकता दिने योजनाका साथ ती आउटलेट बन्द गर्न लागेको बताइएको छ।
जापानमा रहेका लगभग १,००० स्टोरहरूको लगभग २०% हिस्सा ओगटेको १७२ स्टोरहरू बन्द गर्ने घोषणा गरेको हो। यी मध्ये ५८ वटा फ्रान्चाइज्ड स्टोरहरू छन् र ११४ वटा कम्पनीद्वारा सञ्चालित स्टोरहरू छन्। कम्पनीले यो कदम “आफ्नो बजार केन्द्रिततालाई साँघुरो पार्न र नाफा सुधार गर्न” भनेको छ।
कम्पनीले “जापानमा निर्णायक कारबाही” गर्ने कुरामा जोड दिएको छ। कम्पनीले “हामी हाम्रो स्केल, ब्रान्ड पावर र परिचालन दक्षता बढाउन सक्ने प्रिफेक्चरहरूमा ध्यान केन्द्रित गर्नेछौं।” भनेको छ।
यस अघि पनि धेरैजसो आउटलेटहरू बन्द गरिएका थिए तर कोभिड-१९ महामारीको समयमा मागमा भएको अप्रत्यासित वृद्धिको कारण ती आउटलेटहरु खोलिएका थिए । पछिल्लो समय घट्दो माग र बढ्दो लागतले दबाबमा परेको कम्पनीले आउटलेट बन्द गर्न लागेको हो।
बन्द गरिने पसलहरूको नाम खुलासा गरिएको छैन । तर कम्पनीले “इवाते जस्तै” नगरपालिकाहरूमा व्यापार सहजता अर्थतन्त्र महसुस गर्न गाह्रो भएको छ। “तिनीहरू डोमिनोजको कुशल आपूर्ति श्रृंखला र मार्केटिंग शक्तिको फाइदा लिन असमर्थ रहेका र त्यहाँ धेरै चाँडै धेरै पसलहरू खोलेका क्षेत्रहरू पहिलो प्राथमिकतामा रहेको कम्पनीले जनाएको छ ।
पिज्जा चेनले जापान र अन्यत्र बन्द हुँदा वार्षिक लागत १५.५ मिलियन अस्ट्रेलियाली डलर वा लगभग १.५ अर्ब येनले व्यापारमा फेरबदल आउने अपेक्षा गरेको छ।
पिज्जा चेनको जन्म संयुक्त राज्य अमेरिकामा भए पनि, अष्ट्रेलियाली कम्पनीले फ्रान्चाइजी सम्झौता अन्तर्गत एसिया, ओशिनिया र युरोपमा आफ्नो व्यवसाय विस्तार गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?