कास्की पोखरा समाज जापानको अध्यक्षमा कमल बास्तोला र महासचिवमा जीवन पोखरेल कञ्चन निर्वाचित

-


     जनहित न्युज    
     माघ २८ गते २०८१


कास्की पोखरा समाज जापानको छैठौं अधिवेशनले आगामी कार्यकालको लागि अध्यक्षमा कमल बास्तोला र महासचिवमा जीवन पोखरेल कञ्चनलाई चयन गरेको छ।
आइतबार टोकियोमा सम्पन्न सो अधिवेशन तथा स्मारिका विमोचन कार्यक्रमले आगामी कार्यकालको लागि बास्तोलाको अध्यक्षतामा २७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध रूपमा निर्वाचित भएको निर्वाचन समितिका निर्वाचन समितिले जानकारी दिएको हो । सामाजिक सेवाको उच्च भावलाई कायम राखी लागि कास्की पोखरा क्षेत्रबाट जापान आएका नेपालीहरूको साझा संस्थाको रुपमा रहेको सो समाजको उपाध्यक्षमा विशु भण्डारी, दिपक सुनार, मनोज तिवारी र सरोज कार्की निर्वाचित भएका छन । त्यसै गरि समाजको प्रमुख संरक्षकमा अन्जु भण्डारीलाई चयन गरिएको छ ।
सामाजिक सत्भाव,पारस्परिक सहयोग, आपसी एकता र सहकार्यकोे विकास गरि जन्मभूमिप्रतिको माया, ममता र जागरणलाइ कायमै राखी, सुन्दर, स्वावलम्वी र स्वाभिमानी, समतामुलक समाज निर्माण गर्ने उद्देश्य राखी गठन भएको कास्की पोखरा समाज जापानमार्फत सामाजिक सेवा गर्नका लागि जापानमा क्रियाशील संस्थाहरुका माझमा आफ्नो फरक पहिचान बनाउदै शिक्षा स्वास्थ्य, मानवीय सहयोग सहित भैपरि आउने हरेक कार्यका लागि एकल वा समन्वयात्मक रुपमा कार्य गर्दै आइरहेको समाजको सम्पन्न अधिवेशनबाट महासचिबमा जीवन पोखरेल कञ्चन सचिवमा तोयानाथ ढकाल र गोविन्द पौडेल अनिस कोषाध्यक्षमा कुल प्रसाद बास्तोला, सह कोषाध्यक्षमा सुर्य कडेल र दिलीप पण्डित प्रवक्तामा तारानाथ बराल युवा संयोजकमा सुमन कुँवर महिला संयोजकमा सुनिता बन्जरा सर्वसहमत रूपमा चयन भएका छन ।
समाजको सदस्यमा लक्ष्मी कार्की, कबिता तिवारी, बिजय गुरुङ , खगराज ढुङ्गाना, राम गुरुङ, नगेन्द्र सुबेदी, बिन्दुराज सापकोटा, युबराज सुबेदी, सुन्दर बराल, रुद्र प्रसाद शर्मा, सुर्य लामीछाने, नबिन सुबेदी र उदय सुबेदी निर्वाचित भएका छन ।
नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानमा रहेका नेपालीलाई परेको सहज असहज अवस्था समाज सधैं साथ हुने गरी कार्य गर्न आग्रह गरे।
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष रोबिन शेरचनले कास्की पोखरा समाज जापानले जापानका नेपाली समुदायमा रहेका विभिन्न संघ संस्था र समाजको नेतृत्वदायी र अग्रजको रूपमा भूमिका खेल्नुपर्ने बताए ।
शुभकामना मन्तव्य व्यक्त गर्दै एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जापानमा रहेका हरेक संस्थाले नेपाली समुदायका लागि रचनात्मक ढंगले योजना तय गरि कार्यान्वयन गरिनुपर्ने धारणा राखे ।
नवनिर्वाचित अध्यक्ष कमल बास्तोलाले समाजले राखेका लक्ष्य र उदेश्य पुरा गर्नका लागि सबै सरोकारवाला निकायसँग समन्वय गरेका कार्य सम्पादन गर्ने बताए ।
संस्थाका निवर्तमान अध्यक्ष संदेश अधिकारीले आफ्नो कार्यकालमा समाजले हासिल गरेका उपलब्धिहरूलाई उजागर गर्दै आगामी नेतृत्वलाई निरन्तरता दिन आग्रह गरे। त्यस्तै, वर्तमान उपाध्यक्ष सरोज कार्कीले समाजले जापानमा नेपाली समुदायलाई जोड्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
निर्वाचित कार्यसमितिलाई शुभकामना मन्तव्य राख्ने वक्ताहरूले जापानमा धेरै सामाजिक संस्थाहरू रहेकाले ती सामाजिक संस्थाहरुले उद्देश्य अनुरुप कार्य गरिनु पर्नेमा जोड दिएका थिए।
उद्घाटन समारोहमा सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम, तथा समाजका गतिविधिहरूको झलक प्रस्तुत गरिएको थियो।
कास्की पोखरा समाज जापानलाई निरन्तर सहयोग गर्ने NRNA ICC का उपाध्यक्ष रोबिन शेरचन ज्यु,थकाली सेवा समिती अध्यक्ष बुद्दी गौचन ज्यु , सुरेश लामीछाने लगायतलाई सम्मान गरीएको थियो ।
कार्यक्रममा समाजद्वारा प्रकाशित स्मारिकाको समेत विमोचन गरिएको थियो। औपचारिक कार्यक्रम अध्यक्ष सन्देश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?