राष्ट्रिय समाचार

ताराखोलामा खोलाले बगाउँदै गरेको पुरुषको शव फेला

ताराखोखोला गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् । ताराखोला गाउँपालिका वडा नं ४ का ३९ वर्षिय टेक बहादुर खत्री खोलाले बगाउँदै गरेको अवस्थामा मृत फेला परेका छ । मंगलबार बिहान खोलाले बगाउँदै गरेको अवस्थामा उहाँको शव फेला परेको थियो । प्रहरीले शवको पहिचानका लागि अनुरोध गरेपछि परिवारका सदस्यले उहाँको पहिचान गरेको प्रहर।ीले जनाएको छ ।  खेतबारीमा बाँदर धपाउँदै गरेका टेक बहादुर खत्री खोलामा खसेको हुनसक्ने प्रहरीको अनुमान छ । चिप्लिएर खसेपछि खोलाले बगाएर मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय… पुरा पढौ

२० मन्त्री पदमुक्त, काम नगराउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रिपरिषद् पुनर्गठन र विस्तारविरुध्द अन्तरिम आदेश दिएको छ। प्रधानन्यायधीश चोलेन्द्रसमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलाशले यस्तो आदेश जारी गरेसँगै जेठ २१ र २७ गते ओली क्याबिनेटमा थपिएका २१ मन्त्री स्वत: पदमुक्त भएका छन् । १२ दिन अगाडि जसपाका आठ मन्त्री दुइ राज्यमन्त्री, एमालेका दुइ मन्त्री थपेर ओलीले क्याविनेट विस्तार गर्नुभएकाे थियाे । अदालतको आदेशसँगै अब ओलीको क्याबिनेटमा कृष्णगोपाल श्रेष्ठ,लीलानाथ श्रेष्ठ,विष्णु पौडेल र बसन्त नेम्वाङ्ग मात्र रहनेछन् । प्रधानमन्त्री… पुरा पढौ

बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमणबाट यहाँका थप दुई व्यक्तिको ज्यान गएको छ । बडिगाड गाउँपालिका–२ का ६८ वर्षीय र बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको हो ।  ६८ वर्षीयको आज बिहान र ८२ वर्षीयको सोमबार साँझ मुत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत जेठ १९ गते अस्पताल भर्ना भएका बडिगाड–२ का पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो । यस्तै उपचारकै क्रममा ज्यान गुमाएका बागलुङ–२ का पुरुषमा… पुरा पढौ

बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

बागलुङ -बागलुङ नगरपालिका वडा नम्बर ३ रात्माटामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार विहान ध १ च ८३ नम्बरको ट्याक्टर रात्माटामा दुर्घटना हुँदा ट्याक्टरका सहचालक बागलुङ नगरपालिका–१२ का १८ बर्षिय सरोज भन्ने टिका भेटवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुर्घटनामा घाईते भएका भेटवालको धौलगिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरले बताए ।  दुर्घटना पछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ… पुरा पढौ

बियाँको बल

फर्सीका बियाँ, आलस, भाङो, सूर्यमुखी फूलका बियाँ, तिल आदि हामीकहाँ प्रशस्तै पाइन्छन् तर यसमा रहेको पौष्टिकताबारे कतिलाई थाहा छ ? भाङको छोप बनाएर अचार धेरैले खान्छन् । भाङको बीउमा रहेको प्रोटिन उच्च स्तरको हुुन्छ । यसमा पर्याप्त मात्रामा रेशादार तत्व हुुन्छ, खाना पचाउन पनि मदत गर्छ। यसमा रहेको ओमेगा ३ फ्याटी एसिडले स्वास्थ्यमा लाभ पुर्‍याउँछ । ओमेगा ३ को महँगो क्याप्सुुल किनेर खानै पर्दैन् । विभिन्न अध्ययनहरुले भाङका दाना खाए रक्त सञ्चालन र मुटु स्वस्थ राख्न मदत गर्छ भन्ने उल्लेख… पुरा पढौ

धौलागिरि अस्पताल बागलुङमा ,बिना बजेट अक्सिजन प्लान्ट निर्माणकार्यकाको ठेक्का सम्झौता

बागलुङ-सरकारले गण्डकी प्रदेशको पहिलो काेभिड अस्पताल बागलुङमा काेराेना संक्रमित बिरामीकाे उपचार सहज बनाउन धाैलागिरि अस्पताल बागलुङमा अक्सिजन प्लान्ट बनाउनकाे लागि  घाेषणा गरेकाे बजेट नपठाएपछि काम अलपत्र परेको छ ।सरकारले बजेट दिने घाेषणा गरेपछि अस्पतालले बिज्ञापन प्रकाशित गरि ठेकेदार कम्पनी समेत छनाैट गरिसक्दा समेत बजेटकाे अत्तोपत्तो छैन ।सरकारले धाैलागिरि अस्पताल बागलुङमा सुविधा सम्पन्न अक्सिजन प्लान्ट निर्माण गर्नकाे लागिठेकेदार कम्पनी संग सम्झौता गरेर प्रक्रिया अगाडि बढाएपनि बजेट विनियोजन नहुदा काम अगाडि बढ्न सकेको छैन । काेराेना भाइरस काेभिडकाे नयाँ भेरियन्ट समुदाय स्तरमा फैलिएर काेभिडका… पुरा पढौ

साइबर क्राइम मुद्दामा पक्राउ परेका शिक्षक खड्का धरौटीमा रिहा

बागलुङ नगरपालिका–८ सिगानास्थित भैनडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक रामेन्द्र खड्का प्रहरी हिरासतबाट रिहा भएका छन् । शिक्षक खड्कालाई आइतबार दिउँसो १ बजे ५० हजार धरौटीमा रिहा गरिएको श्रीमती दीपा खड्काले बताइन । सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । शिक्षक खड्काले भने सामाजिक सञ्जालमा भेटिएको टिकटक हेर्ने क्रममा उक्त सामग्री असावधानीवश आफ्नो स्टोरिजमा गएको बताएका छन् । सोही विषयलाई लिएर उनलाई पक्राउ गरी काठमाडौं दरबारमार्गको प्रहरी वृत्तमा राखिएको थियो । शिक्षक खड्कालाई २२ गते जिल्ला… पुरा पढौ

सङ्कटमा फुरेको उद्यमको सोच

बागलुङ- चौध वर्षसम्म मलेसियामा श्रम–पसिना बगाएर फर्कनुभएका भवीन्द्र विक फेरि पनि विदेशै जाने योजनामा हुनुहुन्थ्यो । अझ राम्रो कमाइ हुने देखेर उहाँको मन दुबईतिर मोडिँदै थियो । भिजाको प्रकृया पनि थाल्नुभयो । सोचेझैँ जिन्दगी कहाँ छ र ? दुबईको काम बेलैमा नसल्टिएपछि विक एकाएक भारत हान्निनुभयो । उत्तर प्रदेशको कानपुरमा होटलको काम शुरु गर्नुभयो । विक रोजगारीका लागि छिमेकी देश छिरेको आठ महिना पुग्दा नपुग्दै कोरोना महामारीले विश्व आक्रान्त बन्यो । भारतमा पनि कोरोना सङ्क्रमण डरलाग्दो गरी फैलियो । बन्दाबन्दीको… पुरा पढौ

स्थानीय तहको योजना र बजेट तर्जुमा पद्धति

सिमित स्रोत र साधनबाट अधिकतम लाभ लिनका लागि अपनाईने विस्तृत विवरणलाई योजना भनिन्छ । योजना तर्जुमा गर्दा हामी कहाँ छौ । भविष्यको गन्तव्य के हो । उक्त गन्तव्यमा पुग्न के कति स्रोत र साधन चाहिन्छ । त्यसका लागि अपनाईने क्रियाकलापहरु के के हुन । अनुगमन र मूल्याँकन विधी के कस्तो हुन्छ । अपेक्षित उपलव्धि के हुन्छ । यी लगायतका विषयवस्तुहरु समावेश गरिन्छ । योजनावद्ध विकासबाट नै सकारात्मक परिवर्तन संभव छ । योजनाको विषयवस्तु तथा प्रवृत्तिको आधारमा योजना विभिन्न प्रकारका हुन्छन्… पुरा पढौ

निलुवा समाज चमुवा जापानले विपन्न परिवारलाई राहत प्रदान

निलुवा समाज चमुवा जापानले गलकोट नगरपालिका वडा नम्वर ४ स्थित दलित वस्ति भयरखर्क र चमुवाका गरिव, विपन्न तथा कोभिड संक्रमित ५ घरपरिवारलाई सहयोग गरिएको छ । कोरोना भाईरस कोभिड १९ महामारीको कारण भएको वन्दावन्दिका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गरी आफ्नो दैनिकी चलाउदै आएका विपन्न परिवार र कोभिड संक्रमित परिवारलाई थोरै भएपनि राहात मिलोस् र दैनिकीमा केहि सहज होस् भन्ने उद्देश्यले सहयोग गरेका निलुवा समाज चमुवा जापानका अध्यक्ष थम वहादुर क्षेत्रीले जानकारी दिनुभयो । राहात पारिवारीक संङ्ख्याको आधारमा १ देखि… पुरा पढौ