ताराखोलामा खोलाले बगाउँदै गरेको पुरुषको शव फेला

-


     जनहित न्युज    
     असार ८ गते २०७८


ताराखोखोला गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् । ताराखोला गाउँपालिका वडा नं ४ का ३९ वर्षिय टेक बहादुर खत्री खोलाले बगाउँदै गरेको अवस्थामा मृत फेला परेका छ । 
मंगलबार बिहान खोलाले बगाउँदै गरेको अवस्थामा उहाँको शव फेला परेको थियो । प्रहरीले शवको पहिचानका लागि अनुरोध गरेपछि परिवारका सदस्यले उहाँको पहिचान गरेको प्रहर।ीले जनाएको छ ।  खेतबारीमा बाँदर धपाउँदै गरेका टेक बहादुर खत्री खोलामा खसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

चिप्लिएर खसेपछि खोलाले बगाएर मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय ताराखोलाका प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो । उहाँ खोला खस्नुअघि करिब १० मिनेट अघिसम्म खोला छेउमा रहेको बारीमा बाँदर धपाउँदै गरेको स्थानीयले देखेको थिए ।

बाँदर लखेट्दै गर्दा चिप्लेर खोला परी बगाएर मृत्यु भएको हुनसक्ने न्यौपानेको आशंका छ । खत्रीको शव खोलामा २ ढुंगाको बीचमा अड्किएकोले स्काभेटरको सहायता निकालिएको प्रहरीले जानकारी दिएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?