लट्टेको साग पाहुनालाई दिंदा अपमानित गरेको ठान्दा रहेछन् । तर त्यही लट्टे अंग्रेजी नाम ‘अमरान्थ’ भनेर ठूला होटलमा मीठो मानेर खाइन्छ । तराई तथा भित्री मधेशमा यसलाई चौलाई वा रामदाना, वा लुँडे पनि भनिन्छ ।
उच्च पहाड, कर्णाली र सुदूरपश्चिमतिर यसलाई ‘मार्से’ भनिन्छ । त्यतातिर लट्टेको तरकारी मात्र नभई दानाको सुप, पीठो, खीर बनाएर खाने चलन छ ।
लट्टेमा सूक्ष्म पोषण, विशेषगरी फलाम प्रचूर मात्रामा पाइन्छ । रगतको कमी भएका महिलालाई लट्टेको साग अति उपयोगी हुन्छ । लट्टेको पात पिसेर आँटामा मिसाई रोटी बनाउन सकिन्छ । दाल वा तरकारीमा लट्टेको पात मिसाई बच्चालाई खुवाउन सकिन्छ ।
संसारमा पाइने विभिन्न पुराना बालीमध्ये एक लट्टे अमेरिकी देशमा परापूर्वकालदेखि खेती गरिन्छ । मेक्सिकोमा यसबाट विभिन्न खाद्य पदार्थ बनाइन्छ । भारतमा पनि महसँग मिलाएर लड्डु बनाइन्छ । लट्टेमा गहुँभन्दा बढी रेसादार र लौहतत्व पाइन्छ ।
साथै भिटामिन ‘ई’, ‘सी’, फोलिक एसिड र क्याल्सियम पनि पाइन्छ । गहुँ पचाउन नसक्नेलेलट्टेको साग पचाउन सक्छन् ।
तर, स्वास्थ्य मन्त्रालयले कुपोषण हटाउन लट्टे जस्ता वनस्पतितर्फ ध्यान दिएको छैन ।
Amaranth leaves and stems are good sources of carotenoids, proteins, including the essential amino acids methionine and lysine, dietary fiber and minerals, such as magnesium, calcium, potassium, copper, phosphorus, zinc, iron, and manganese
Amaranth is a naturally gluten-free, high-protein grain and, like quinoa, a staple of the ancient Aztec diet