देश भड्खालोमा जान लाग्यो परिवर्तनकारी शक्ति एक हौ- माधवकुमार नेपाल

-


     जनहित न्युज    
     असार ८ गते २०७८


संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक भै मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउन एमालेका वरिष्ठ नेता माधवकुमारले आह्वान गर्नु भएको छ ।


केपी शर्मा ओलीको सरकारले गरेको मन्त्री नियुक्तिलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतलेफिर्ता बोलाएको केही घण्टापछि सामाजिक संजालमार्फत वरिष्ठ नेता नेपालले सो आह्वान गर्नुभएको हो ।


संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी “नेकपा” बनेको थियो । तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा(एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले यसको असर भोग्न बाध्य हुनुपरेको उल्लेख गर्दै उहाले केपी ओली प्रवृतितर्फ लक्षित गर्दै सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा पुर्याउँदैन र राम्रो परिणाम दिँदैन भन्नुभएको छ ।
सामाजिक संजालमार्फत गरिएको आह्वानमा नेता नेपालले केपी ओलीको नाम उल्लेख नगरि ओलीले गरेका गलत कार्यको खबरदारी गर्दैआइरहेको र ओलीले आफूलाई नसच्याएसम्म विरोध गरिरहने उल्लेख गर्नुभएको छ ।एकताबद्ध पार्टी र आन्दोलन बचाई राख्न सम्पूर्ण पक्षलाई आग्रह समेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?