राष्ट्रिय समाचार

जापानमा कायम आपतकाल यहि २० तारिखबाट हट्ने,औपचारिक निर्णय आउन बाँकी

ओकिनावा, जापान-जापान सरकारले टोकियो, ओसाका सहित ९ प्रान्तमा पूर्व निर्धारित तालिका अनुसार आपतकाल हटाउने भएको छ ।प्रधानमन्त्री योशिहिदे सुगाले बुधवार रात प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरूले सोधेको जवाफ दिंदै आपतकाल बारे सरकारी धारणा सार्वजनिक गरेका हुन् । यसबारेमा प्रधानमन्त्री सुगाले अर्थतन्त्र पुनरुत्थान मन्त्री निशिमुरा तथा स्वास्थ्य मन्त्री तामुरा संगै अन्य सरोकारवालाहरुसंग एक विशेष बैठक गरेका थिए । उक्त बैठक पश्चात सरकारले आपतकालिन् अवस्था हटाउने निर्णयमा पुगेको देखिन्छ । यद्यपी यसबारे भोली विज्ञहरु सम्मेलित बैठकमा प्रस्तुत गरि त्यसबाट प्राप्त हुने सुझावका आधारमा औपचारिक… पुरा पढौ

व्यक्ति देविलाल भण्डारीको मुद्दा एनआरएन हुँदै राजनीतिकरण गरिंदै

जापान- गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष देविलाल भण्डारीमाथि गुन्माकेनमा सडक दुर्घटनामा निधन भएका हृदयेश जिशीको घटनामा आर्थिक घोटाला आरोप थप पेचिलो बन्दै गएको छ । यसै महिनाको १ तारिख एनआरएनए जापानका पूर्व अध्यक्षहरु र जापानबाट एशिया प्यासिफिक तथा आईसिसीमा प्रतिनिधित्व गर्ने व्यक्तिहरुसामु अध्यक्ष भण्डारीले १० दिन भित्र आफु निर्दोश रहेको प्रमाण बुझाउन समय लिएका थिए । आफैंले मागेको समय भन्दा २ दिन ढिलो गरि भण्डारीले तिनै व्यक्तिहरु सामु प्रमाण भन्दै केही कागजात बुझाएका छन् । प्रमाणको रुपमा सडक दुर्घटनामा… पुरा पढौ

नेपालमा अझै भारी वर्षा हुनेसक्ने

हाल देशैभरि मनसुन सक्रय भएको र भारी वर्षा हुनसक्ने अनुमान नेपाल जलवायु पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । टुइटरमार्फत सूचना जारी गर्दै महाशाखाले बाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरुमा मध्यम खालको वर्षा भईरहेको छ र एक दुइ स्थानमा भारि बर्षाको पनि संभावना रहेको जनाएको छ । भने अन्य स्थानहरुमा पनि मध्यम वर्षा हुने संभावना देखिएको पनि जारी सूचनामा जनाइएको छ । हिजोदेखि परेको अविरल वर्षाका कारण देशका बिभिन्न स्थानमा ठूलो जनधानको क्षति भएको छ । पुरा पढौ

उपचार नपाएर तड्पिँदै गुमा

बागलुङ-दुई वर्षदेखि बिस्तारामा थलिनुभएको छ, गुमा परियार । पक्षघातले शरीरको दाहिने हर चल्दैन । खाना खान र शौचालय जान अरुकै सहारा चाहिन्छ । दैनन्दिन रोगले गाल्दैछ । बोली मधुरो र अस्पष्ट हुँदैछ । ३० वर्षीया परियार अहिले जीवनमरणको सङ्घर्षमा छटपटाइरहनु भएको छ । गलकोट नगरपालिका–७ मल्मकी परियारले आफूलाई ‘ब्रेन ट्युमर’ भएको बताउनुभयो । उहाँ अहिले छोरीहरु करिष्मा र करिनासहित माइतीमा बस्नुहुन्छ । श्रीमानले बेवास्ता गरेपछि एक वर्षदेखि आमासँग बस्दै आएको उहाँले सुनाउनुभयो । “म बिरामी परेपछि घरकाले हेर्नै छाडे, श्रीमानले… पुरा पढौ

महाविपतमा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न नेता- कार्यकर्ताहरुमा अध्यक्ष प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पार्टीका कार्यकर्तालाई पनि बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन् । देशका विभिन्न भागमा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले संकटको यो घडीमा पीडितहरुको उद्धारमा जुट्न पार्टीका कार्यकर्तालाई निर्देशन दिएका हुन् । यसैबीच अध्यक्ष प्रचण्डले सरकारलाई पनि तत्काल राहत तथा उद्धार कार्यमा जुट्न आग्रह गरेका छन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’का अनुसार प्रचण्डले बुधबार बिहान उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग टेलिफोन वार्ता गर्दै… पुरा पढौ

बजेट ऐन, कानुन, नीति, निर्देशन, मापदण्ड, विधि-विधान र प्रचलित मूल्य मान्यता विपरीत ‘बजेट तथा कार्यक्रम’

हरेक वर्ष असार १ गते प्रदेश सरकारले प्रदेश सभामा बजेट तथा कार्यक्रम पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएअनुसार गण्डकी प्रदेशमा पनि नेपाली काङ्ग्रेसको नेतृत्वको गठबन्धन सरकारले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८/७९को बजेट तथा कार्यक्रम पेश गर्ने नाममा बजेट तर्जुमा सम्बन्धी कुनै पनि ऐन कानुन, नीति, निर्देशन, मापदण्ड, विधि-विधान र प्रचलित मूल्यमान्यता विपरीत 'बजेट तथा कार्यक्रम' नै नभएको 'बजेट वक्तव्य'को लिखित भाषण पेश गर्नुभयो । संघ-संस्थाको वार्षिक साधारणसभामा पेश हुने वार्षिक आय र खर्च तथा प्रगति विवरण जस्तो पनि नलाग्ने प्रदेश… पुरा पढौ

मेलम्ची बजार बन्यो बगर, घरका छतबाट गुहार माग्दै स्थानीय फोटो फिचरसहित

बाढी-पहिरोले हेलम्बु र मेलम्चीमा ठूलो क्षति पुर्‍याएको छ ।  मेलम्ची बसपार्कमा रहेका दर्जनौ होटल  बगाएकाे र केही घर डुबानमा परेकाले ठूलो मानविय क्षति भएको अनुमान गर्न सकिन्छ । यद्यपी, बाढी-पहिरोमा परेर मृत्यु भएका र बेपत्ता हुनेको यकिन संख्या अझै पत्ता लागेको छैन । मेलम्चीघ्याङ माथिको नामसाङसाङ डाँडो पहिरो बनेर आएपछि मेलम्ची खोला केहीबेर थुनिएको थियो । यही मेलम्ची खोलाले यहाँ विध्वंस गरेको हो । अबिरल वर्षाले गएको पहिरोसँगै आएको भीषण बाढीले सुरुमा नाकोतेको नवनिर्मित पुल बगायो । पुलसहित आएको बाढीले हेलम्बुदेखि… पुरा पढौ

हार्दिक श्रद्धाञ्जली !पूर्णबहादुर दाइ

पृय थबाङ तिम्रो धिरता ,तिम्रो खुबी - तेम्रो बीरता संगैतिम्रो आगनमा जनमुक्ति सेनाबन्दुकसंग परेट खेलिरहेका हुन्थे ।मधुर उज्यालो मझेरीमाआटो र भात पाकिरहेकै हुन्थ्यो ।तिम्रो छानो देखि अलि माथी नांगो डाडोमाजनवादी स्कूलजहाँ कमरेड क ´र खम्बाख´ भनेर पढ्नेनयाँ युग बोक्ने खम्बासिंहहरु जुर्मुरिदै थिए ।स्कूल वरिपरि स्याउ बगान हुर्किदै थियो ।मिलिसिया चिर्को दाइहरुहरियो बगान भित्र सुरुङ खनिरहेका हुन्थे ।शिखर दाइहरु बर्को बुनिरहन्थे ।सम्झना दिदिहरु जेरी पकाउनु हुन्थ्यो ।लाबाङ , गुनाम र गुराँसेमा जनसेनाकाभिमकाय किल्लाहरु थिए ।त्यसैले तिमी अजम्बरी गाउँ थियौ ।त्यति मात्र… पुरा पढौ

दुर्लभ फोटा: जुन बेला बटौलीबाट नुन बोकिन्थ्यो

अहिले गाउँ गाउँमा बाटो पुग्यो । सेवा सुविधा घरदैलोमा पुगिसकेको कारण बिगतमा हाम्रा बाबा हजुरबाहरुले तराईका विभिन्न बजारहरुबाट अत्यावश्यक नुन महिनौ लगाएर पहाडका आफना वस्तिहरुमा पुराउँथे । गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका मानिसहरु बुटवल (बटौली)  देखि नुन बोकेर गाउँ आउँदा बाटोमा खाना पकाएर खाने र विश्राम गर्ने चलन थियो ।त्यो जमानाको दुर्लभ तस्वीरको एक झलक यहाँ प्रस्तुत गरिएको छ । घरदेखि हिँड्थे नुन,बटौली जानी भन्दै।खर्च पर्च डोकोमा बोकी,सबै मिली जाऊ भन्दै।। बास बस्थे बटुवाहरु,पाटी पौवा चौतारीमा।बटौली पुगी फर्किन्थे घरमा,दश… पुरा पढौ

एमालेको असार २ गते बोलाईएको स्थायी समितिको बैठकलाई नेपाल खनाल समूहले गुटको संज्ञा दियो

काठमाडौ-नेकपा एमालेको असार २ गते बोलाईएको स्थायी समितिको बैठकलाई नेपाल खनाल समूहले बालुवाटारवाला गुटको बैठकको संज्ञा दिएको छ। मंगलबार राती अबेर आफ़नो फेसबुकमार्फ़त सो समूहकी नेत्री रामकुमारी झाक्रीले आफ़नो समूहले उठाएका विषयहरुको सम्बोधन नभएकोले सो बैठकलाई बालुवाटारवाला गुटको मात्र बैठक हुन लागेको बताएकी हुन । “हामीले आजसम्म उठाएका विषयहरूको सम्बोधन सहित नेकपा एमाले २०७५ जेठ २ गतेको अबस्थामा नफर्किदासम्म आत्मसमर्पण गरेर हाम्रो तर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरूले भाग लिने कुरै आउँदैन’’ झाक्रीले स्पष्ट परेकी छन। एमालेमा एकताको पहल तिव्र… पुरा पढौ