राष्ट्रिय समाचार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिनुभयो। मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्नुभएको थियो। नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गर्नुभएको थियो ।। गुरुङले जनता समाजवादी पार्टीको प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसक्नुभएका… पुरा पढौ

बागलुङमा एक शिक्षिकाको निधन

बागलुङ नगरपालिका वडा नम्बर ६ लहरेपिपलमा ट्याक्टरले ठक्कर दिदा एक शिक्षिकाको निधन भएको छ । ग १ त ६३०३ नम्बरको ट्याक्टरले ठक्कर दिदाँ बागलुङ नगरपालिका वडा नम्वर ४ पाखाथर निवासी ५२ वर्षीया कमला कुमारी शर्माको मृत्यु भएको वडा सचिव रुद्र केसीले जानकारी दिनुभयो ।ट्याक्टर सिकाउने क्रममा ट्याक्टर अनियन्त्रित भई शर्मालाई ठक्कर दिदा उहाँको घटनास्थलमै मृत्यु भएको वडा सचिव केसीको भनाई छ ।काफलठूटा आधारभूत विद्यालयकी शिक्षिका समेत रहनुभएकी शर्माको शनिबार बिहान ट्याक्टरको ठक्करबाट मुत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टर… पुरा पढौ

एनआरएनए नागोयामा लफडा, समानान्तर समिति गठन

नागोया-एनआरएनए जापान नै भष्ट्रचार अनि अनियमिताको दलदलमा फसेको बेला क्षेत्रीय समितिको र्निवाचनलाई लिएर लफडा उत्पन्न भएको छ। यस अघि नै र्निवाचन गर्नका लागी एनआरएनए जापानका सल्लाहकार बिमल अधिकारी संयोजक रहने गरि ३ सदस्यीय निर्वाचन कमिटी समेत गठन गरिएको थियो। अन्य सदस्यहरु एनआरएनए जापानका पूर्व महासचिव डा सुदिप अधिकारी र डा विश्वराज कँडेल रहेका छन्। क्षेत्रीय समिति नागोयामा संयोजकमा ३ जनाको उमेदवारी परेकोमा मनोजवम मल्लको उमेदवारीलाई लिएर विवाद भएको हो । उनी विरुद्ध निर्वाचन समितिमा उजुरी समेत परेको छ। उनी विरुद्ध… पुरा पढौ

औसत भन्दा बढि वर्षा हुने, बाढी–पहिरोसहितको जोखिम विगतको भन्दा उच्च

काठमाडौँ – पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको यो वर्षको मनसुनी गतिविधि सक्रिय हुने क्रम जारी रहँदा देशभर बदली भएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा वर्षा समेत भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यो वर्षको मनसुन शुक्रबार दिउँसोदेखि नेपाल प्रवेश गरेको र अहिले देशभर फैलिने क्रममा रहेको मौसमविले बताएका छन् । देशको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भू–भागमा पश्चिमी वायु र स्थानीय… पुरा पढौ

गिरफ्तारीमा परेका शिक्षकको रिहाइको माग

बागलुङ-एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङले राजनैतिक आस्थाका आधारमा प्रहरीद्वारा गिरप्mतार गरिएका संगठनका पूर्व जिल्ला सदस्यको रिहाएको माग गर्दै आज प्रेस विज्ञप्ति प्रकाशन गरेको छ । शिक्षक संगठनका जिल्ला अध्यक्ष जीतबहादुर थापा र सचिव वीरबहादुर चोखालद्वारा हस्तारित विज्ञप्तिमा “गण्डकी प्रदेश, बागलुङ जिल्ला, बागलुङ नगरपालिका वडा नं ८ स्थित भैण्डाडा आधारभूत विद्यालय सिगानाका प्रधानाध्यापक तथा एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङका पूर्व जिल्ला सदस्य रामेन्द्र खडकालाई मिति २०७८÷०२÷२७ गते जिल्ला प्रशासन कार्यालय बागलुङबाट खटिएका प्रहरीले… पुरा पढौ

अब ओलीजीको भूमिका कस्तो हुन्छ, त्यसैमा हाम्रो रणनीति तय हुन्छ : भीम रावल

सर्वोच्च अदालतको आदेशलेप्रकाश ज्वालासहित कर्णाली प्रदेशमा एमालेका चार सांसद पुनर्वहाली भएका छन् । ओलीले २८ फागुनमा बनाएको १०औँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता दिन पनि अदालतले अस्वीकार गरेको छ । यसले एमालेमा के फरक पर्छ ?  २३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलाविपरीत ओलीले २८ फागुनमा जुन निर्णय गर्नुभयो, त्यो अवैध छ भन्दै आएका छौँ । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनविपरीत, पार्टी विधानविपरीत र सर्वोच्चको फैसलाविपरीत भएका कारण त्यो अवैध छ भन्ने थियो । ओलीजीले नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग गरेर कथित दशौँ राष्ट्रिय महाधिवेशन… पुरा पढौ

गण्डकीमा ढल्यो एमालेको सरकार, मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएका छन् ।   बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन सकेनन् । विश्वासको मत नपाएसँगै मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री गुरुङको विश्वासको प्रस्तावको पक्षमा बैठकमा उपस्थित ५८ सांसदमध्ये २७ मत पर्‍यो । यस्तै, विश्वासको प्रस्तावको विपक्षमा ३० मत पर्‍यो । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसे भने खेलकुदमन्त्री दीपक मनाङे (राजिव गुरुङ) अनुपस्थित रहे ।   मुख्यमन्त्री गुरुङलाई सरकार टिकाइराख्न ३१ मत कायम राख्नु पर्दथ्यो । तर, उनका… पुरा पढौ

नागरिकता अध्यादेशमा सरकारलाई झट‍्का, कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

नागरिकता अध्यादेश जारी गरेको सरकारलाई झट्‍का लागेको छ। सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो। पुरा पढौ

ज्वालाको बृहत खेलमैदान बन्दै

गलकोट नगरपालिका वडा नम्वर ६ रहेको ज्वाला क्लवको खेलमैदान निर्माणको कार्यले तिब्रता पाएको छ ।  साबिकको हरिचौर गाबिस वडा नम्वर ८ र ९ लाई सेवा क्षेत्रको रुपमा बिक्रम संवद २०४५ सालमा समाजमा सकारात्मक तथा श्रृजनात्मक कार्यक्रम, सास्कृतिक तथा खेलकुदका क्षेत्रमा महत्वपूर्ण योगदान दिन युवाहरुलाई संगठित गर्ने योजना बनाएर तत्कालिन समयमा सास्कृतिक मञ्चको स्थापना गरिएको सस्थापक अध्यक्ष घनश्याम पाठकले जानकारी दिनभुयो ।  हामीले हरिचौर ८ र ९ वडामा खेलकुद तथा सास्कृतिक कार्यक्रम मार्फत समुदायमा सकारात्मक कार्यक्रम गर्ने योजना अनुसार मञ्चको स्थापना… पुरा पढौ

भेरोसेलको पहिलो मात्रा आजदेखि लगाउन सुरु

नोबेल कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा आजदेखि लगाउन सुरु गरिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको खोप शाखा प्रमुख डा झलक गौतमका अनुसार काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाउन सुरु गरिएको हो । नेपालमा ६० देखि ६४ वर्षको साढे आठ लाख जनसङ्ख्या रहेको छ । हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने गौतमले जानकारी दिनुभयो । पुरा पढौ