जापान-जापानका विभिन्न चार प्रकारका भिषा हुनेहरुका लागि नेपालबाट जापानमा यही जुन २४ तारिख नेपाल एयरलाइन्सको उडानमार्फत यात्रा गर्न सकिने भएको छ ।
नेपाल एयरलाइन्सले नेपाल जापान सिधा हवाई उडान स्थगीत भएको करिब २ महिनापछि काठमाडौंदेखि नारिताको लागि यात्रा गर्न ‘एईजु’ बाहक, जापानी नागरिकसँग विवाह गरेका नेपाली महिला वा पुरुष, तिनका सन्तान बालबालिका र जापानी नागरिक रहेका छन । यसबाहेक मानबीय विशेष अवस्थामा जापानमा नै उपचार गर्दै आएका, मृत्युका कारण अन्तिम क्रियाकर्ममा आऊनै पर्ने ब्यक्तिहरुलाई अनुमति प्रदान गर्न लागेको इसुमेघ टुर एण्ड ट्राभल्सले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
उडान तालिका अनुसार काठमाडौंबाट नारीताको लागि जुन २४ तारिख शुक्रबार रात ११ बजे बिमान उड्ने छ भने जापान नारिता काठमाडौ जुन २५ तारिख बिहान ११ बजे नेपालको लागि यात्रा तय गर्नेछ । नेपाल एयरलाइन्सले जापानको लागि उडान खुलाएपनि जापानले नेपालमाथि लगाएको प्रतिबन्ध यथावत राखेको छ । जसका कारण नेपाल एयरलाइन्सको जापान उडान खुलेपनि यात्रा सहजता हुने छैन ।
जापानमा आउदा सरकारले तोकेको मापदण्ड अनुसार १० दिन क्वारेण्टिन र १४ दिनसम्म होम क्वारेण्टिनमा अनिवार्य बस्नुपर्ने छ । भने जापानबाट नेपालमा जानेले नेपाल सरकारले तोकिएको १० दिन क्वारेण्टिनमा बस्नुपर्ने छ र १० दिन पछि मात्र आफÞनो गन्तव्यमा जानुपर्ने नियम पालना गर्न अनिवार्य बनाईएको छ । त्यस्तै किरियापुत्रीको हकÞमा भने मृत्यु प्रमाणपत्र पेश गरेमा उक्त नियम पालना गर्नु नपर्ने बताईएको छ । यसको लागि नेपाल सरकारले पर्यटन बोर्ड मार्फत तोकेका ६० होटल मध्ये कुनैमा बस्नुपर्नेछ ।
९ औं दिनमा गरिएको पिसिआर परीक्षण रिपोर्ट नकारात्मक आएमा मात्र दशौं दिनमा आफ्नो घर जान पाइनेछ । नेपाल उड्नु पहिले नै प्लेनको टिकट लिनुअघि आँफैले सरकारले तोकेको होटलमा कोठा ‘बुकिङ’ गराएको कागज ट्राभल एजेन्सिमा पेश गर्नुपर्नेछ । यसमा ट्राभल एजेन्सिको सहयोगमा पनि होटल बुकिङ गराउन सकिन्छ ।
नेपाल सरकारले हालको अवस्थामा जापान सरकारले तोकेको जुनसुकै ल्याबबाट यसअघी जस्तैगरि पीसीआर परीक्षण गराउन सकिन्छ । सरकारले पीसीआर रिपोर्टको साथमा ‘वारकोड’ लगायत आवस्यक रहेको बताएपनि जापानमा क्लिनिक तथा अस्पतालहरुले पीसीआर रिपोर्टको साथमा ति कागजात उपलब्ध गराउने नगरेकाले तत्काल आवश्यक नरहनेगरी नेपाल सरकारलाई जानकारी गराइएको नेपाली राजदूतावासका द्वितिय सचिव प्रेम बरालले जानकारी दिनुभयो । नेपालबाट जापान आउने सबै यात्रीले जापान सरकारले तोकेको स्थानमा १० दिन र बाँकी ४ दिन आफ्नो बासस्थानमा ‘सेल्फ क्वारिन्टिन’ बस्नुपर्नेछ । जापान सरकारले तोकेको स्थानमा बस्दा लाग्ने खर्च ब्यक्ती आँफैले ब्यहोर्नुपर्नेछ । नेपालबाट आउँदा यसअघी जस्तै ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट कोभिड संक्रमण नभएको आवश्यक पर्नेछ ।
हालको लागि तोकिएका व्यक्तिलाई अनुमति दिइएपनि त्यो संख्या जापानमा निकै न्यून रहेको छ । पहिलो पटक भिषा पाएकादेखि जापान प्रवेशको स्वीकृति पत्रपछि भिषा आवेदन दिएर उडान स्वीकृतिको पर्खेको संख्या १० हजÞार बढि रहेको बताइन्छ । यसका लागि नेपाली राजदूतावासले कूटनीतिक प्रयास मार्फÞत पहल थाल्नुपर्ने देखिन्छ ।